Monday , October 23 2017
Breaking News

नबिराउनु नडराउनु ,परिश्रम गरेपछि पारिश्रमिक लिनै पर्छ : सुवास ढकाल ,नर्थ क्यारोलिना

आज फेरी केहि लेख्न मन लाग्यो l तर आफ्नो कुरा होइन अरुकै कुरा l अमेरिकाको विभिन्न शहरहरुमा महापुराण सम्पन्न भयो l चौतर्फी रुपमा चर्चित महा पुराण चन्दा संकलन अनि ईनेप्लिज डटकमले पैसा प्राप्त गरेको कुरा l

यसै परिपेक्षमा म ईनेप्लिजर पुराण वाचक दिनबन्धु शर्मालाइ आफुलाई लागेका केहि कुराहरु राख्न चाहन्छु |

शुरुमा ईनेप्लिजलाई :

म ईनेप्लिज मा बेला बेलामा लेख्ने गर्छु र मैले ईनेप्लिन का विजय थापा बाहेक अरु कसैलाई चिनेको छैन l वहाँलाइ म धेरै अगाडी देखि चिन्छु, विराटनगर हुँदैंदेखि अनि म वहाँलाई दाइ भन्छु l त्यसैले म ईनेप्लिज लाई भन्दापनि विजय लाई लाई नै केहि कुराहरु राख्न चाहन्छु l विजय दाई ,यदि तपाईंले पुराणका समाचारहरु प्रशारण गरेर पारिश्रमिक लिनु भएको हो भने एकदम सहि गर्नु भएको हो l

परिश्रम गरेपछि पारिश्रमिक लिनै पर्छ l जसले पनि लिन्छन अनि जसले पनि लिनु पर्छ l तर सबैकुरा पारदर्शी हुनुपर्छ l आय गर्नुस ,अनि आय वापत तिर्नु पर्ने करहरु तिर्नुस, सबै प्रक्रिया पुरा गर्नुस अनि सबै चिज पारदर्शी गर्नुस l तपाईंलाई कार्य संचालन पुजी पनि चाहिन्छ, स्थिर पुजी पनि चाहिन्छ l त्यसैले पारिश्रमिक लिनै पर्छ, लिनुस, सधैं लिनुस, सबैसंग लिनुस l

जहिले शनिवार र आइतवार शुट, टाइमा ठटिएर हिड्ने विजय दाइ लाई मैले एकदिन सोधे – होइन यो यस्तो गरि परिवारलाई दिने समय अरुलाई दिएर हिड्नु हुन्छ केहि कमाई पनि हुन्छ कि समाज सेवा हो ? वहाँले भन्नुभो के को हुनु नी ? समाज सेवा हो l एकदिन वहाँले मलाई कार्यक्रम प्रशारण गरिदिनु भनेर भन्नु भो मैले वहाँलाई प्रश्न गरे मलाई कति पारिश्रमिक दिनु हुन्छ ? कहिलेकाहीं मनमा लागेको लेख्नु अलगै कुरा हो तर प्रशारणनै गर्ने हो भने त म बिना पारिश्रमिक गर्दिन |

त्यस पछि वहाँ चुप हुनुभयो | अहिले वहाँहरुले पारिश्रमिक लिएको हो होइन मैले सोधेको छैन तर लिएको हो भने एकदम सहि गर्नु भो l म त एकदम खुशी छु यो कुराले l अझ यी च्याउ उम्रेसरी उम्रेका संस्थाका नेताहरु छन् नि तिनीहरुको अन्तर्वार्ता लिदापनि शुल्क लिनुस अनि मात्र गर्नुस | तर सबैकुरा पारदर्शी रुपमा गर्नुस अनि नियम बमोजिम गर्नुस l नबिराउनुस नडराउनुस l

अब पुराण वाचक दिनबन्धु शर्मालाइ

शर्माजी तपाईंले ६० लाख लिएको होइन भने तपाईंले एकदम गलत गर्नु भो l तपाईंले वाचन गरेको पुराणले १५ करोड कमाउँछ भने ६० लाख होइन २ करोड अझ त्यो भन्दा बढी तपाईंले लिनु पर्ने हो | एकदम गलत गर्नु भएछ शर्माजी l त्यो पुराणको कमाइमा ५०% योगदान तपाईंको छ तर सामाजिक कार्यको लागि गरेकोले ५०% नै माग्नु हुदैन, एउटा निश्चित रकम मज्जाले माग्नुस |

तर सबैकुरा पारदर्शी गर्नुहोस, नियम बमोजिम गर्नुहोस, कुन कुन देशलाई कर तिर्नु पर्ने हो तिर्नुस, यदि देशको नियमले नमिल्ने कुरा हो भने नगर्नुहोस l त्यस्तो काम, कसैको केहि बिग्रिदैन तपाईंनै कालो सुचीमा पर्नु हुन्छ | म पनि तपाईंजस्तै अध्यात्मिक परिवारबाट भएको हुँदा गहिरो सहानुभूति छ मलाई तपाईंप्रति | म ज्योतिष परिवारसंग सम्बन्ध राख्छु, मेरो बुवा ज्योतिषमा पीएचडी गर्ने पहिलो व्यक्ति हुनुहुन्छ अनि हाम्रो पुर्खा पृथ्वी नारायण शाहको दरवारमा राज ज्योतिष हुनु हुन्थ्यो |

त्यसैले अध्यात्म, ज्योतिष प्रति मेरो गहिरो रुचि छ र मैले धेरै अध्ययन पनि गरेको छु | त्यसैले तपाईंका बारेमा यी कुराहरु आउँदा मलाई एकदम नराम्रो लाग्यो l तर शर्माजी मैले भन्नु पर्दाखेरि तपाईंबाट पनि केहि त्रुटी भएका होलान| माफ गर्नु होला यी मेरा व्यक्तिगत सोचाई हुन्, कसैसंग मिल्न गएमा संयोग हुनेछ |

श्रोतालाइ पैसा दिन प्रेरित गर्ने, यति दिनु भो भनेर माइकमा भन्ने तपाईंको काम होइन नि शर्माजी l त्यो आयोजकको काम हो, उसको काम तपाईं किन गर्नुहुन्छ l आज तपाई चल्नु भाको छ तपाईंलाई श्रोताले सुन्छन आयोजकले तपाईंलाइ बोलाऊछन् | भोलि तपाईंभन्दा पनि अर्को प्रखर वक्ता पाए भने तपाईंलाइ कसैले बोलाउदैन | र यो कुनै गलत कार्य होइन तपाईंनै आयोजक हुनु भो भने पनि यहि गर्नुहुन्छ |

म पनि एकदिन तपाईंको पुराण हेर्न गएको थिए, श्रोताहरुलाइ मण्डपमा जान्थे तपाईंसंग के के कुरा गर्थे अनि फलानोले यति दिनु भो भनेर तपाईंले भनेको सुन्थे, अचम्म लाग्थो मलाई किन यो विवाद निम्त्याएको होला भन्ने लाग्थो, नभन्दै तपाईं लाई विवादित पर्ने कोसिस गरिएछ l अनि अर्को मलाई भन्न मन लागेको कुरा तपाईं नेपालमा कुनै सामाजिक संस्था खोल्न लाइ ५ डलर भन्दा माथि दान गर्नु होला, रसिद काटेर लिनु होला भनेर पनि भनिरहेको हुनुहुन्थो |

एउटा त एउटै कार्यक्रममा दोहोरो चन्दा संकलन भैरहेको अनि ५ डलर भन्दा बढी दिन पर्ने | यो पनि अचम्म लाग्यो जसले जति सक्छत्यति दिनुस, इच्छा भए मात्र दिनुस भनेर भन्दा अझ राम्रो हुने हैन त ?

शर्माजी तपाईंले एकदमै पुण्यको काम गरेर हिड्नु भएको छ, यो महान कार्य हो, आफ्नो महानताको प्रतिशत कम नगर्नु होला l म त तपाईंसंग अनुरोध गर्छु आफ्नो पारिश्रमिक तोक्नुस, न्युनतम यति अनि यति प्रतिशत भनेर तोक्नुस | र आफ्नो पुराणवाचनमा, आफ्नो क्षमता अभिवृद्धिमा लाग्नुस् | को संग कति माग्ने त्यो आयोजकले गर्छन तपाईं आफ्नो काम गर्नुस l

आफ्ना कार्यक्रमलाई व्यवस्थित गर्नुस पारदर्शी बनाउनुस l आफ्नो समूहका मान्छेहरुको क्षमता अभिवृद्धिमा लाग्नुस् l आफ्नो समूहमा लेखापाल, वकिललाइ राख्नुस, आफ्नो प्रवक्ता नियुक्त गर्नुस l नियममा चल्नुस, कमाउनुस, कर तिर्नुस, धेरै जनालाई रोजगारी दिनुस, परिवारलाई समय दिनुस, समाजलाई गर्नुस |

धनिका मात्र होइन गरिबका बस्तिमा गएर पनि आफ्नो ज्ञान बाड्नुस, त्यहाँ पारिश्रमिक नलिनुस | अनि आफुले नगरेको कुरा भन्न कोठामा कसैलाई बोलाएर मोबाइलले खिचेर प्रशारण गर्न पर्दैन, नेपालका ठुला ठुला मिडियालाई बोलाएर आफ्नो अन्तर्वार्ता दिनुस | तपाईंले बोलाउंदा नेपाल टेलिभिजन, कान्तिपुर जस्ता मिडियापनि आउछन तपाईंका कुरा राखिदिनलाइ l

आफ्नो महत्व बुझ्नुस शर्माजी l काम गरेको पारिश्रमिक लिनुस, तोकेर लिनुस l सबै कुरा पारदर्शी गर्नुस l नबिराउनुस, नडराउनुस l

Leave a Reply