Sunday , November 19 2017
Breaking News

चर्चित गायक भागिरथ चलाउने र शान्ति सुनारको आवाजमा आयो मर्मस्पर्शी दशैँ गीत (भिडियो सहित )

चर्चित गायक भागिरथ चलाउने र शान्ति सुनारको स्वरमा यस वर्षको दशैँ गीत बजारमा आएको छ। सार्वजनिक भएको दुई दिनमै एक लाख पैचालिस हजार भन्दा धेरैले हेरको उत्कृष्ट शव्द र लय सिर्जना समेत रहेको भागीरथ चलाउने र शान्ती सुनारको आवाजको दशैं गीत दशैं आएर सार्वजनिक भएको छोटो समयमै सबैको तालि पाएको छ ।
यसो त बाबुराम बोहोराका हरेक सिर्जना र अभिनय समेत उत्कृष्ट हुने गर्दछन । यो पटकको सिर्जना समेत उत्कृष्टनै छ ।
अरुको भन्दा भिन्न आवाज रहेका गायक भागीरथ चलाउने र लोकप्रिय गायीका शान्ती सुनारको आवाजमा रहेको सो गीतको सबैले खुलेर प्रशंसा गरेका छन ।
तिर्सना म्युजिकले बजार व्यवस्थापन गरेको सो गीतमा शव्द बाबुराम बोहोरा र लय सिर्जना भागीरथ चलाउनेले गरेका छन ।
गीतमा बाबुराम बोहोरा र रञ्जिता गुरुङले मनमोहक अभिनय रहेको छ ।
गीतको म्युजिक भिडियो निर्देशन गरेका छन बाबुराम बोहोरालेनै ।
गीतको म्युजिक भिडियो हेर्नुहोस ।

Leave a Reply