Tuesday , September 26 2017
Breaking News

नर्स निदाए,रातभर छट्पटाउदै बितिन् राधिका

लुम्बिनी अञ्चल अस्पतालको कथा- नर्स निदाए,डाक्टर आएनन,तोकिएको समयमा अप्रेशन पनि भएन,अनि बितिन- आफन्त

अस्पतालमा आफन्तको रुवाबासी। तस्बिर दीपक ज्ञवाली

दीपक ज्ञवाली,बुटवल

सुबिधा सम्पन्न बुटवल शहरको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारमा भएको बेवास्ता र लापरबाहीले सुत्केरी हुन भर्ना भएकी एक गर्भवती महिला र शिशुको मृत्यु भएको छ ।
सामान्य सुत्केरी वेथा सुरु भएपछि सोमबार बिहान अस्पताल भर्ना भएकी स्याड्जा वालिड. घर भै बुटवलको बेलवासमा बस्ने २८ वर्षे राधिका पाण्डे दिक्षाको मंगलबार बिहान मृत्यु भएको हो । पाठेघर नखुलेपछि राधिकालाई हिजो बिहान १० बजे चिकित्सकहरुले शल्यक्रिया गर्ने भन्दै आफन्तको मन्जुरी लिएका थिए । अस्पतालमा पालो नपाएको भन्दै दिउसोबाट भने नर्शहरुले वेथा लाग्ने सूई तथा औषधी दिएर राखेका थिए । यसपछि लगातार वेथा सहेकी उनी राति १२ बजेदेखि आत्तिएकी थिइन् । वेथासंगै अत्यधिक रक्तश्राव र कम्पन सुरु भएपनि नर्शहरुले भने सामान्य अवस्था छ भनेर बेवास्था गर्दा बिरामीको मृत्यु भएको आफन्तहरुले गुनासो गरेका छन् । आमा र सासुसंग अस्पताल बसेकी महिलाले बिहान करिब ३ बजे सहन गाह्रो भएको र नर्शहरु नभेटिएको भन्दै आफन्तलाई फोन गरेर बोलाएकी थिइन् । आफन्तले खोजी गरेपछि मात्र बिहान ५ बजे नर्शहरु उठेर बिरामी छेउ आएका थिए । लगत्तै महिलाको पाठेघरबाट ठूलो आवाज निकाल्दै महिला बेहोस भएकी थिइन । महिला बेहोस भएपछि मात्रै स्त्री तथा प्रसुति रोग विशेषज्ञ विवी राउतको टोली पुगेको थियो । चिकित्सकले बिहान साढे ६ बजे मृत घोषणा गरेका थिए । यता अस्पतालले भने बिरामीको रगत र पानी सकिएर तथा एक्कासी फोक्सो र मुटुले काम नगर्दा गर्भवतीको मृत्यु भएको बताएको छ ।  – Lumbinireview

Leave a Reply