Wednesday , April 25 2018
Breaking News

चर्चित गायक युवराज आर्चाय किन हराए (भिडियो सहित)

आफ्नै मन घाइते गराउछु, बाजा बजाउदा जस्ता चर्चित गितहरु गाएर सबैको मनमा बस्न सफल चर्चित लोक तथा दोहोरी गायक युवराज आर्चाय किन हराए कता हराए भन्ने कौतुहलता सबै दर्शक श्रोताको मनमा रहेको छ । सो कौतुहलता मेटाउने प्रयास गर्दै आके नेपालको विशेष प्रस्तुती ओके नेपाल बहसमा कुराकानी गर्ने प्रयास गरिएको छ । विदेशमा रहेर पनि नेपाली गित संगित लाई अनवरत रुपमा माया गरिरहेका चर्चित गायक आर्चाय नेपालमा गित गाएर बाच्न गाह्रो छ । आफु विदेशमा बसे पनि नेपाली गित संगितलाई माया नमारेको र सधै निरन्तरता दिने जानकारी गराए । विदेशिनुको पनि आफ्नै बाध्यताहरु हुन्छन् भन्ने कुरा पनि उनले बताए । सरकारले कलाकारहरुलाई हेर्ने नजरमा परिवर्तन ल्यायो भने नेपाली गित संगितले फड्को मार्ने कुरा पनि उनले बताए । साथै विचविचमा गित पनि गाएर सुनाए । त्यसैगरि केही कलाकारहरुको बारेमा पनि बालेका थिए । चर्चित गायक युवराज आर्चायले कुन कुन कलाकारको विषयमा के के बोले जान्नको लागि भिडियो हेर्नुहोस् ।

Leave a Reply