Tuesday , October 24 2017
Breaking News

आज वि.सं. २०७४ भाद्र २० गते मङ्गलबार तदनुसार ई. सं. २०१७ सेप्टेम्बर ०५ तारिख

आज वि.सं. २०७४ भाद्र २० गते मङ्गलबार तदनुसार ई. सं. २०१७ सेप्टेम्बर ०५ तारिख

आज को चाडपर्व र उत्सव : पूर्णिमा व्रत, अनन्त चतुर्दशी व्रत, कुमारी जात्रा, इन्द्रजात्रा, स्वाँछाय, मष्टोपूजा (लङ्कु, ढँडार), सद्गुरु श्री देवचन्द्र जी महाराजको धामगमन (कृष्णप्रणामी)

भाद्रपद शुक्लपक्षको चतुर्दशी तिथि, दिउँसो ११:५७ बजेसम्म, त्यसपछि पूर्णिमा तिथि,
धनिष्ठा नक्षत्र, दिउँसो १२:५० बजेसम्म, त्यसपछि शतभिषा नक्षत्र,
आज को चन्द्रमा कुम्भ राशिमा (अहोरात्र व्याप्त),
सुकर्मा योग, मध्यरात्रीपछि ०३:३० बजेसम्म, त्यसपछि धृति योग,
सुरुमा वणिज करण दिउँसो ११:५७ बजेसम्म, त्यसपछि विष्टि (भद्रा) करण मध्यरात्रीपछि १२:०४ बजेसम्म, अन्तिममा बब करण,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:४४ बजे र सूर्यास्त : साँझ ०६:१९ बजे

आज को राहु काल, यमघण्ट र गुलिक काल :–
राहु काल : दिउँसो ०३:११ देखि ०४:४५ सम्म
यमघण्ट : बिहान ०८:५३ देखि १०:२७ सम्म
गुलिक काल : दिउँसो १२:०२ देखि ०१:३६ सम्म

आज को वारवेला :–
रोग वारवेला : बिहान ०५:४४ देखि ०७:१८ सम्म, साँझ ०४:४६ देखि ०७:४५ सम्म र मध्यरात्रीपछि ०४:१८ देखि ०५:४४ सम्म
काल वारवेला : दिउँसो ०१:३६ देखि ०३:११ सम्म र बेलुका ०७:४५ देखि ०९:११ सम्म
लाभ वारवेला : बिहान १०:२७ देखि १२:०२ सम्म र बेलुका ०९:११ देखि १०:३६ सम्म
उद्वेग वारवेला : बिहान ०७:१८ देखि ०८:५३ सम्म र बेलुका १०:३६ देखि १२:०२ सम्म
शुभ वारवेला : दिउँसो ०३:११ देखि ०४:४५ सम्म र मध्यरात्रीपछि १२:०२ देखि ०१:२७ सम्म
अमृत वारवेला : दिउँसो १२:०२ देखि ०१:३६ सम्म र मध्यरात्रीपछि ०१:२७ देखि ०२:५३ सम्म
चर वारवेला : बिहान ०८:५३ देखि १०:२७ सम्म र मध्यरात्रीपछि ०२:५३ देखि ०४:१८ सम्म

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन् । साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नु पर्नेछ र त्यसबाट प्रशंसित हुने अवसर प्राप्त हुनेछ । समाजसेवाबाट वा साथीभाइको विचारलाई अनुसरण गर्दा लाभ हुनेछ । ज्ञानविज्ञान र चिन्तनमननमा समय बित्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मातापिता र अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहने र महत्त्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ । कर्मचारीले प्रशंसा पाउने छन् । घरायसी काममा दिलचस्पी बढ्ने छ । कर्मसिद्धिको समय छ । कर्मप्राप्तिका लागि गरिएका प्रयास सफल हुनेछन् । व्यवसायिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ, तर चिन्तनमूलक काममा समय दिने फुर्सत पाउनु हुन्न ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
धार्मिक/सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । पारिवारिक समस्याहरू हल हुनेछन् । घरायसी र दाम्पत्य सम्बन्धमा सुमधुरता आउने छ । पहिले गरेका क्रियाकलापको मूल्याङ्कन र प्रशंसा हुनेछ । रोकिएका काम सुरु गर्ने वातावरण बन्नेछ । सामाजिक कार्यमा महत्वपूर्ण उपलब्धी हासिल हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
छोटो दूरीको निरर्थक यात्रा हुने योग छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । गुप्त र मानसिक रोगले सताउन सक्छ । झिनामसिना घरायसी कामको चाप बढ्ने छ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ । आन्तरिक समस्या वा मानसिक खिन्नताले सताउन सक्छ । भनेको कुराले विपरीत अर्थ दिनसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
गरिएको प्रयास सफल हुन सक्छ । तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइने छ । दिन भाग्यशाली भएर देखा पर्नेछ । दिउँसोबाट प्रणयसुखका लागि अनुकूल समय बन्नेछ । प्रेमसम्बन्ध र दाम्पत्य जीवन सुखमय रहनेछ । सोच्दै नसोचेका कामहरू सजिलै सम्पन्न हुनेछन् । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न उपलब्धीहरू हासिल हुनेछन् । कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक भई निर्णय दिन बाध्य हुनु पर्नेछ । दिन छिप्पिंदै जाँदा आर्थिक तथा शारीरिक शक्तिमा ह्रास आउने छ । छटपटी र असन्तुष्टि बढ्ने छ । स्वास्थ्यमा हलुका असर पर्ने सम्भावना छ, खानपान र आहारविहारमा सतर्क हुनुपर्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
भाइबहिनी वा सन्ततिका समस्यामा केन्द्रित हुनुपर्ने छ, सन्ततिका लागि केही धनराशि खर्च हुने सम्भावना छ । पारिवारिक वातावरण अनुकूल नहुनाले दिक्क लाग्न सक्छ । आर्थिक मामिलामा नराम्रो छैन । बौद्धिक र सृजनात्मक क्षमता ह्रास आएको अनुभूति भए पनि पठनपाठन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ, आजको चिन्तनले थोरबहुत काम गर्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सानातिना पारिवारिक समस्यामा रुमल्लिनु पर्ने छ । शरीरमा थकानको अनुभूति हुनसक्छ तथापि घरपरिवार, पारिवारिक सुख, मान्यजनको सेवासुश्रुषामा समय बितेको पत्तो पाउनुहुन्न । विदेश वा प्रवासमा बसेर कामधन्दा र व्यवसाय गर्नेहरूले राम्रो लाभ प्राप्त गर्नसक्छन् । यता घरैमा बस्नेले समेत सरलताको अनुभूति गर्नेछन् । काममा विविध चुनौतीको सामना गर्नु पर्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । छोटो यात्रा सफल नै हुन्छ, तर लामो यात्राबाट हानि हुनसक्छ । झैझगडा र मुद्दामामिलाबाट टाढिनु नै जाति हुन्छ । राज्यपक्षका अप्ठ्यारा र गैरकानुनी काममा हात नहाल्नु होला । समाजमा कुरा काट्नेको सङ्ख्या बढे पनि दाजुभाइ र सँगीसाथीले राम्रो सहयोग गर्नेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
बोलीको कदर हुने दिन हो, महत्वपूर्ण स्थानमा बोली बिक्नेछ । पारिवारिक खुसी मिल्नेछ । दिदीबहिनी र करकुटुम्बले राम्रो सहयोग गर्ने छन् । स्वास्थ्य सबल छ । नोकरी र व्यवसायिक क्षेत्रमा तपाईंको वाणि र व्यवहारप्रति विपरीतलिङ्गीको आकर्षण बढ्नेछ । भौतिक सम्पत्तिको जोहो हुनसक्छ । विभिन्न सामाग्री किनमेल गर्न आजको दिन राम्रो छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मनोरञ्जनात्मक क्रियाकलापले अध्ययन–अध्यापन र पेसा/व्यवसायको क्षेत्रमा प्रभाव पार्नेछ । मन उत्सुक र आशावादी बन्नेछ । महत्वाकाङ्क्षा र इच्छा जाग्नेछन्, तर इच्छा पूर्ण गर्न लगनशीलताका साथमा मिहिनेत गर्नु राम्रो हुनेछ । झिनामसिना र बेकामे वस्तुको किनमेलमा धनखर्च हुनेछ । नरमाइलो दिक्कलाग्दो यात्राको सम्भावना छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
दिउँसोका तुलनामा बिहानको समय बढी सकारात्मक देखिन्छ । त्यसपछि खर्च स्थानमा चन्द्रमाको प्रवेश हुनेछ । यद्यपि शरीरमा स्फूर्ति, उत्साह र उमङ्ग नै देखिनेछ । छरछिमेकी वा साथीभाइले काममा सहयोग गर्नेछन् । अप्ठ्यारामा परेका व्यक्तिको सहयोग गर्दा धन खर्च हुनेछ । शुभकार्य वा दानपुण्यमा मन आकर्षित हुनेछ । रमाइलो र सार्थक यात्राको योग छ ।

ज्योतिष कृष्णप्रसाद कोइरालाद्रारा लिखित राशिफल र साथमा बिबिध जानकारीको सम्पर्क नम्बर ९८५२०५९७६४/९८१४३४८१११  www.jyotishsathi.com

Leave a Reply