Wednesday , April 25 2018
Breaking News

दशैको मुखमा “पागलबनी हिड्छु होला म” किन भन्दै छन यी दुई जोडीले

महेश बोहरा
बुटवल भाद्र १९ सोमबार
नेपालीहरुको महान पर्ब बडा दशै हाम्रो घर आँगनमा आउनलाई पर्खेर बसेको छ । अब एक महिना पनि छैन दशैं भित्रिन । यसै बिचमा सञ्चारकर्मी तथा लोकदोहोरी गायक तिलक मगर र निरा छन्त्यालले भने पागल बनी मर्छु होला म लोक गीतीसंग्रह बजारमा लिएर आएका छन । सञ्चारकर्मी मगर र छन्त्यालको स्वर रहेको यो गीतमा किशोर खत्रीले लय सिर्जना गरेका छन । जसको शब्द भने तिलक मगर आफैले लेखेका छन । रुपन्देही र पाल्पाका बिभिन्न ठाँउमा सुटिङ गरिएको यस गीतमा राजन बिशुकर्मा र राधा पोखरेल र मनिशाा पुनले अभिनय गरेका छन । जुन गीतको निर्देशन सफल सहयोगी लम्सालले गरेका हुन भने छायंकन पे्रम बहादुर अर्यालले गरेका छन । जनता डिजिटलबाट बजारमा आएको यस गीतको दृश्य निमार्ण बुटवल टि.भी. नेपालले गरेको हो । बिशेष गरी माया प्रेममा आधारित यस गीतले धेरै दर्शक श्रोताको मन जित्न सक्ने आशा गरेका छन तिलक मगरले । उता निर्देशक सफल सहयोगी लम्सालले पनि यस गीतमा आफुले धेरै मेहनत गरेकोले सबैले मन पराउने कुरामा ढुक्क छन । आउनुहोस हेरौ सोही गीतको म्यजिक भिडियो ।

Leave a Reply