Monday , October 23 2017
Breaking News

अष्ट्रेलियाको ब्यस्त जिबनयापनमा पनि आफुलाई सामुदायिक गतिबिधीमा अग्रसर गर्दै म्युजिक भिडियो

अष्ट्रेलियाको ब्यस्त जिबनयापनमा पनि आफुलाई सामुदायिक गतिबिधीमा अग्रसर गर्दै आइरहेका समाजसेबी एबम गीतकार राम रुवालीको शब्द “तिमी फुल बगैचाको म रस खोजी हिंड्ने भमरा” बोलको बिल्कुलै नौलो र नयाँ म्युजिक भिडियोलाई M.J Entertainment ले यूट्यूब च्यानल मार्फत् सार्वजनिक गरेको छ ।

यस गीतलाई नेपाली सांगीतिक क्षेत्रमा निकै लामो समय काम गरी सकेका र अष्ट्रेलियाबाट सबै भन्दा बढी संगीत भरेका गायक तथा संगीतकार किरण भण्डारीले संगीत भरेका छन साथै संगीत सम्योजन पनि उनै भण्डारीको रहेको छ ।सानै देखी गायनमा रुची राख्ने र सबै बिधाको गीत संगीत गाउन खप्पिस युवा गायक बिकास उप्रेतीको सुमधुर स्वर रहेको छ ।

म्युजिक जोए मिडिया र डाइनामिक मिडियाको संयुक्त ब्यानरमा रहेको उक्त म्युजिक भिडियोमा मनोज बिष्टको निर्देशन रहेको छ भने पुष्प र नम्रताको बेजोड अभिनय रहेको छ ।ज्ञानेद्र शर्माको छायांंकन्र रहेको उक्त म्युजिक भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन ।
सिड्नीमा रहेको थन्डरस्ट्रोम रेकर्डसमा रेकर्ड गरिएको गीतमा नृत्य निर्देशन सन्तोष राजवाहकको रहेको छ । पछिल्लो समयमा अष्ट्रेलियाबाट नेपाली गीत संगीतको क्षेत्रमा योगदान दिने क्रमको नयाँ कडीका रुपमा राम रुवाली उभिएका छन् । उनले आफ्ना सिर्जनाहरुमार्फत नेपाली गीतसंगीत क्षेत्रलाई अझ बढी सम्बृद्ध तुल्याउने आफ्नो योजना रहेको बताएका छन् ।

Leave a Reply