Tuesday , October 17 2017
Breaking News

माफियाले चलाएको छ देश भन्दा कति पनि फरक नपर्ला, फेरी सेनाको मेजरबाट आयो ४३ लाख ! हेर्नुहोस सनसनी यो रविको प्रस्तुति

प्रिन्सिपलले नै बालिकाहरुमाथि यौन दुर्व्यवहार गरेको यो भिडियो हेर्दा कसको मन रुदैन होला । नेपाली सेनामा हुने चलखेलबारे गम्भीर खुलासा ।

छि ”लाज पनि अब लज्जित भैसक्यो” जुन देशमा सत्ताधारी दल नै भ्रष्टचार प्रमाणित भै सजाय पाएका ब्यक्तिहरुले पनि संसदको चुनाब लड्न पाउनु पर्छ भन्दै संसदमा प्रस्ताव नै दर्ता गराएर दुनियाको अघि नै नेपाललाई लज्जित बनाएको छ ।

शरीर भरि नै लुगा लगाएका तर कुनै इज्जत नै नभएका राष्ट्र लुटेराहरुले यो देश लुट्नलाई कुनै कसर बाँकि नराख्ने भए राष्ट्रको सबै निकायहरुमा अपराधीहरुले नै ओगटेका छन् भन्दै रविले तिन करोड नेपालीको आवाजलाई यसरी राखे ” यो देश लुटेरा माफियाहरुले चलाएको नै हो सरकार ? भन्दै कठोर प्रति प्रश्न गरेका छन् सीधाकुरा जनतासंगमा ।

बहुचर्चित सिधाकुरा जनतासंग आजको भाग खास रहेको जानकारी फेसबुक लाइभबाटै रबि लामिछानेले दिएका छन् ।
सिधाकुराको टिमले विगत लामो समय देखि फलोअप गर्दै आएको नेपाली सेनासंग सम्बन्धित भ्रष्टचारको समाचारलाई आज प्रमाणसहित रबि लामिछानेको टिमले नगद ४३ लाखसहित फेला पारेको छ ।

त्यही बिषयलाई नेपाली सेनामा भएको चलखेलबारे विशेष तथा ऐतिहासिक खुलासा भन्दै रवि उद्घोष नै गरेका छन् ।

प्रिन्सिपल अर्थात् एक गुरुले गरेको अमानविय क्रियाकलापले गर्दा खेरि राष्ट्र कै मार्गदर्शक मानिने शिक्षक समुदाय माथि नै लाग्यो गम्भीर प्रश्न । यी प्रिन्सिपलले देखाएको अनैतिकताले धर्ति नै हलियो भन्दा पनि हुन्छ ।

अब कसरी अनि कसको बिश्वाश गर्नु जब स्कुलका संस्थापक प्रिन्सिपल नै यस्तो गर्छ भने ? हो यहि गम्भीर बिषयलाई रबि लामिछाने आफै स्कुलमा पुगेर निरीक्षण गरे पछि सिधाकुरामा हेर्न अनुरोध गर्दै फेसबुक ब्रेकिंग न्युज नै दिए ।

प्रिन्सिपलबाटै साना – साना बालिकाहरुमाथि भैरहेको यौन दुर्व्यवहार । स्कुल भित्रै प्रिन्सिपलले ८,९, र १० कक्षका बालिकाहरुको संबेदनशील अंगमा छुने र काखमा राख्ने जस्ता कार्य भैरहेको खुलाशा भएका छन् ।

यस घटनाहरुलाई प्रतक्ष्य हेर्नुहोस् आजको कार्यक्रम सिधा कुरा जनता संग ।

आजको कार्यक्रम विशेष र अत्यन्त संबेदनशिल भएकाले बाढि पिडीतलाई सहयोग गर्ने महानुभावहरुको नामावली प्रशारण गर्न सकिएन। त्यसकालागि क्षमा चाहन्छौ- रबि लामिछाने ।

रविको टिमले खोजेपछि सेनाका मेजरले लुकाएर दिए ४३ लाख नगद । छात्राहरु माथि बर्षाै देखि यौन दुर्व्यवहारको भिडियो आजको भागमा

Leave a Reply