Saturday , September 23 2017
Breaking News

मेस्सीलाई उछिन्दै रोनाल्डोले चौथो पटक जिते बालोन डि’ओर अवार्ड

काठमाडौं, २८ मंसिर । रियल म्याड्रिडका स्ट्राइकर एवं पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले प्रतिष्ठित बालोन डि’ओर अवार्ड जितेका छन् । ३१ वर्षीय रोनाल्डोले यो अवार्ड जितेको चौथोपटक हो । उनले आफ्नो मुख्य प्रतिद्वन्द्वी बार्सिलोनाका फरवार्ड लियोनल मेसीलाई पछि पारे । यद्यपी दोस्रो स्थानमा रहेका मेसीले बालोन डि’ओर उपाधि हालसम्म पाँच पटक जितिसकेका छन् ।
बालोन डि’ओरमा एथ्लेटिको मड्रिडका फ्रान्सेली स्ट्राइकर एन्टोनी ग्रिजम्यान तेस्रो स्थानमा रहे । रोनाल्डोले आफ्नो क्लब रियललाई च्याम्पियन्स लिगको उपाधि जिताएका थिए भने पोर्चुगललाई यूरो–२०१६ को च्याम्पियन बनाए । यूरोपमा उनले तीन गोल समेत गरेका थिए । रोनाल्डोले सन् २००८, ०१३, ०१४ र ०१६ मा अवार्ड जितेका हुन् ।

Leave a Reply