Monday , October 23 2017
Breaking News

नेपाल आइडलमा बिबादित गायक रामकृष्ण ढकाललाइ क्याप्टेन विजय लामाका ७ टिप्स (भिडियो सहित )

एपी वान टेलीभिजनबाट प्रसारण भइरहेको रियालिटी शो ‘नेपाल आइडल’ को अहिले जताजतै चर्चा भइरहेको छ । जति जति फाइनल नजिकिँदै छ त्यती नै यसको चर्चा पनि चुलिँदै गएको छ ।नेपाल आइडलमा अब ४ जना प्रतिस्प्रधीहरु बाकी रहेका छन् । अब ४ जना मध्ये ३ जना बाहिरिएपछि नेपालले आफ्नो आइडल पाउने छ । गत शुक्रबारअतिथी निर्णायकका रुपमा आइडलमा पुगेका रामकृष्ण ढकालले व्यक्त गरेको धारणाले अहिले तरङ्ग ल्याएको छ ।

उनले नेपाल आइडलका प्रतिस्पर्धी निशान भट्टराई र प्रताप दासको पक्षमा बोलेर बुद्ध लामा र सागर आलेलाई पक्षपात गरेका भन्दै उनको विरोध सम्पूर्णले गरिरहेका छन् ।यस्तै क्याप्टेन विजय लामाले समेत आफ्नो धारणा सार्वजनिक गरेका छन् । लामा आफै पनि राम्रा गायक तथा नायक हुन् । उनले रामकृष्ण ढकालले आइडलमा दिएको प्रतिक्रियाले एक किसिमको तरंग ल्याएको बताएका छन् । उनले रामकृष्ण ढकाललाई एउटा जजमा हुनु पर्ने ७ वटा टिप्स पनि दिएका छन् । उक्त टिप्सहरु तल भिडियोमा प्रस्तुत गरिएको छ ।

भिडियोमा हेर्नका लागि यहाँ :

Leave a Reply