Monday , October 23 2017
Breaking News

आखिर किन रुवाउन चाहन्छन् बद्री पंगेनी आमाहरुलाई ? (भिडियो)

महोत्सवको मौसम सुरु भएको छ । बिशेषत देश भरीका बिभिन्न ठाउँहरुमा असोज देखी बैशाख सम्म कुनै न कुनै मेला महोत्सव हुने गर्छ । मेला महोत्सवमा बाल उद्यान, खानका परीकार, हास्यव्यंग्य, पप कन्सर्टका साथमा स्थानीय तथा राष्टिय लोक तथा दोहोरी कलाकारहरुको प्रस्तुती रहन्छन् । अबका केही महिना कलाकारहरुका लागि कमाउने महिना पनि हो । महोत्सवमा गएर आफ्ना गीत प्रस्तुत गरेबापत, आफ्ना प्रतिभा देखाएबापत कलाकारहरुले पैसा लिने गर्छन् । गत बर्षका बिभिन्न मेला महोत्सवमा केन्द्रमा नाम चलेका कलाकारहरु व्यस्त रहे यो बर्ष त्यसले निरन्तरता नपाउला भन्न सकिदैन् । मेला महोत्सवमा व्यस्त हुने कलाकारहरुको सुची लामो भएपनि बद्री पंगेनी पहिलो नम्बरमा आउछन् । उनी जब कुनै न कुनै मेलामा जान्छन् उनी एउटै गीतले कार्यक्रममा पहिला गाउंछन् त्यस पछि भने उनले अन्य गीत गाउंछन् ? उनले सुरुमै गाउने गीत होे, आमा बिदा पाउँदिन । बिशष्ोतः दशैलाई समेटेर बनाईएको उक्त मार्मीक गीत उनी स्टेज छोडेर आमा बुबा भएको ठाउंमा गएर गाउंदा सबै आमाहरु रुन्छन् । आखिर किन सबै आमाहरुलाई रुवाउन चाहन्छन् बद्री ?

Leave a Reply