Wednesday , November 22 2017
Breaking News

भीष्म अर्यालको पन्चेबाजा “सम्झना पल पलको ” सार्वजनिक

पछिल्लो समयमा स्टेज कार्यक्रममा ब्यस्त देखिने रुपन्देहि सैनामैना १२ का लोक तथा दोहोरी गायक भीष्म अर्याल र बाग्लुंगे गायीका सिता केसिको आवाजमा रहेको बद्रि पौडेलको पन्चेबाजाको गीत “सम्झना पल पलको ” म्युजिक भिडियो सार्वजनिक भएको छ l पेशाले शिक्षक भएता पनि दोस्रो पेशाको रुपमा गीत संगीत अँगालेका अर्याल बि. स. २०६६ साल देखि गीत संगीतमा होमीएपछि अर्यालले कुन्नि किन हो , बिछोड पत्रमा , देशको हालत , पाल्पा तिरकी, मनको कुरो हो, सुनन ए काली, मायालुले लगएत्का गीतहरुमा स्वर दिई सकेका छ्न् l एक दर्जन जति गीतमा आफ्नो स्वर दीइसकेका गायक अर्यालले पहिलो पटक पन्चेबाजाको गीतमा स्वर दिएका हुन् l बर्तमान् समाजमा घटेका घटनालाई गीत मर्फत दर्शक, श्रोता माझ पूर्याउने गरेको गायक अर्यालको भनाई रहेको छ l उक्त गीतमा लय तथा शब्द संकलन पनि स्वयम् अर्यालकै रहेको छ गायक अर्यालले लेखेका गीतहरुमध्य यो गीत सबै भन्दा उत्क्रीस्ट भएको र सम्पूर्ण दर्शक ,श्रोताहरुले मन पराउनेमा उनी बिस्वस्त छ्न् l बुटवलमा छायांकन गरिएको उक्त भिडियोमा बिष्णु भट्टराईले निर्देशन गरेका छ्न् भने बुटवलकै कलाकार सबिन बराल र रोशनि ज्ञवालीले मुख्य भुमिका निर्बाह गरेका छ्न् भने लक्ष्मन पन्थि , कल्पना पान्डे , चिरन बराल , नबिन मरासिनि , शिवदेव अर्याल, किशोर पौडेल , बिरेन्द्र अर्याल, सागर् घिमिरे लगाएतका कलाकारको भुमिका रहेको उक्त भिडियोको छायांकन राम चन्द्र भट्टराईले गरेका हुन् l अबिरल् फिल्म्स् प्रा. लि. ले बजार् ब्यबस्थापनका गरेको गीतको भिडियोमा बिभिन्न परिस्थितिको कारण छुटिएका प्रेमी प्रेमिका बिबाहमा भेट भएर आफ्नो अतितलाइ सम्झिएको बिषय बस्तुलाई समेटीएको छ l अबिरल् फिल्म्स् प्रा. लि. ले बजार् ब्यबस्थापन गरेको भिडियो अबिरल् फिलिम्सकै आधिकारिक युटुब च्यानल देखि सार्वजनिक गरिएको छ l हेरौ सार्वजनिक भिडियो

Leave a Reply