Monday , October 23 2017
Breaking News

“यो संसार मा भगवान नै छन भने जन्म दिने मेरी आमा हुन्।”

पछिल्लो समयमा चर्चामा आएको तीज कोशेली ” नमुना जोडी ” को बास्तबिक कुरा निर्माण पक्षले सार्बजनिक गरेको छ l शितल शर्माको पनि जहाजले दर्शकको राम्रो साथ् पाए संगै आफु सांगीतिक छेत्रमा अझै चासो दिएर लागेको बताउने शितल शर्माको तीज कोशेली “नमुना जोडी ” केहि दिन पहिले मात्रै सार्बजनिक भएको हो l बिन्ध्यबासिनी म्युजिकले बजार ब्यबस्थापन गरेको गीतको भिडियो बुटवलमा अविरल फिल्मस्ले निर्माण गरेको हो , भिडियो सार्बजनिक संगै दर्शकले राम्रो प्रतिक्रिया दिएको निर्माण पक्षले बताउछ l यो भिडियोमा नृत्य गर्ने बिनिता साहीको बास्तबिकता अहिले मात्रै सार्बजनिक भएको छ l

बिनिता साही सारी लगाएर महिलाको भेषमा नृत्य गरेको यो भिडियोमा देख्न सकिन्छ , उनि तेस्रो लिंगीहुन् l बिनिता बुटवल तथा पश्चिमांचल क्षेत्रकी राम्रो डान्सर समेत हुन्,त्यो पनि अत्यधिक महँगो डान्सर l स्टेज या अन्य सांगीतिक शोहरुमा उनलाई महँगो रकम खर्चेर लैजानेहरुको कमि हुदैन साथै नमुना जोडी उनको डेब्यु भिडियो समेत हो जुन भिडियोलाई निर्देशक बिष्णु भात्तरैले निर्देशन गरेकाछन l बिनिता लाइ आफु तेस्रो लिंगी भएकोमा कुनै संकोच छैन उनि निर्धक्क महिलाको भेष भुषामा हिड्न रुचाउछन l झट्ट हेर्दा नेपाली सिने जगतमा अभिनय गर्ने हेरोइन भन्दा कम देखिन्नन् उनि , साथै आफ्नो यो पहिलो भिडियो भएकोले पनि मिडियाले आफुलाई प्रचार प्रसारमा सहयोग गरेर अघि बढाए हुन्थियो भन्ने उनको भनाइ छ l शितल शर्मा र पुरुस्सोतम गैरेको स्वर, पुरुसोत्तम गैरेको लय तथा राजेन्द्र भण्डारीको शब्द रहेको गीतमा बिष्णु भट्टराईको निर्देशन सम्पादन तथा छायांकन रहेको छ भने सगुन शर्माको श्रीन्गार रहेको छ साथै बिनिता साही, राज केसी , मिनुज़ र शितल को अभिनय रहेको भिडियोमा मिनुज़ रानाको कोरियोग्राफी रहेको छ l हेरौ भिडियो

Leave a Reply