Tuesday , September 26 2017
Breaking News

स्कटलैण्डको ईडनवरामा नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको कार्यक्रम चर्चित लोक दोहरी गायिका श्रीदेबी देवकोटाका साथ भब्य रुपमा सम्पन्न।।।

नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको कार्यक्रम २०१७ अगस्ट, २0 तारिक आईतबार का दिन स्कटलैण्डको ईडनवरामा नेपालकी चर्चित लोक दोहरी गायिका श्रीदेबी देवकोटाका साथ बिबिध कार्यक्रम तथा नाचगाना गरी तिज कार्यक्रम भब्य रुपमा सम्पन्न भयो ।
नेपाल स्कटल्याण्ड एसोसिएसन द्वारा प्रत्येक बर्ष आयोजना गरिने कार्यक्रम यस बर्ष हरेक बर्ष भन्दा केही फरक ढंगबाट आयोजित हरितालिका तीज कार्यक्रम नेपालमा हालै आएको बाढी तथा डुबानमा परि घरबार बिहिन परिवारजनहरुको लागि थोरै मात्रामा भए पनि राहत पुर्याउने उदेश्यले गरिएका थिए।
साथै कार्यक्रमबाट बचत सम्पूर्ण रकम नेपालमा बाढीपिडितलाई उद्धार कार्यको लागि पठाउने जानकारी दिदै उपस्थित सम्पूर्ण वर्गहरुलाइ सक्दो सहयोगको कार्यक्रम थियो |

कर्यक्रममा तीजका रंगी बिरंगी पोशाक र छड्के तिलरी लगाएर सजिएका नेपाली चेलीबेटीहरु तीजका गीतहरुमा कम्मर भाची भाची नाचगान गरेका थिए। कार्यक्रममा नेपालकी चर्चित लोक दोहरी गायिका श्रीदेबी देवकोटाको धमाकेदार तिज गानाका प्रस्तुतिले कार्यक्रममा अझ रौनक बनाएको थियो। साथै उक्त कार्यक्रममा उत्कृस्त नाच नाच्ने तथा उत्कृस्त पहिरन लगाउने चेली छनौट गरि पूरस्कृत पनी गरिएको थियो।

कर्यक्रममा विभिन्न नेपाली स्वादिस्त खानाका परिकारहरु को ब्यबस्था गरिएको थियो। साथै नेपाल देखि आउनुभएका अथितिहरूले बिदेशमा रहेर पनि तिज पर्वलाई यसरि मनाएको देख्दा आफुहरु धेरै खुशी भएको भावना ब्यक्त गर्नु भएको थियो।

हामी नेपालीहरु प्रवासी भूमिमा जहाँ जसरी रहे पनि आपत बिपत र दुखका बेला सक्दो सहयोग गर्नु हामी सबैको मानवीय धर्म हो भन्ने कुरालाई जोड दिदै सहयोग संकलन कार्यक्रममा विभिन्न क्षेत्र तथा व्यवसायमा रहनुभएका महानुभाबहरुले सहयोग गर्नु भएको थियो। उक्त सहयोग संकलन अभियानमा धेरै राम्रो सहयोग मिलेको र उठेको आर्थिक संकलनलाई सम्बन्धित ठाउमा पुर्याउने र उक्त रकमले पिडितहरुलाई केहि राहत मिल्ने कुरा बताउनु भएको थियो।
कार्यक्रम निकै हर्षोल्लासका साथ सम्पन्न भएको थियो। अन्त्यमा नेपाल स्कटल्याण्ड एसोसिएसनका अधक्ष्य निशान रीजालले कार्यक्रमलाई सफलता प्रदान गर्नु हुने सबैलाई बिशेष धन्यबाद दिदै कार्यक्रम समापन गरेका थिए।

बिजय डंगोल
ईडेनवरा, स्कटल्याण्ड।।।

Leave a Reply