Tuesday , September 26 2017
Breaking News

रननगरका ९ दलका प्रनिनिधि भन्दछन् : नगरमा एकलौटी काम रोक, बाढी पिडितलाई एकिकृत सम्पत्तिमा छुट दिऔँ

पूर्वी चितवनको रत्ननगर नगरपालिकाको कार्यशैली प्रति स्थानिय ९ दलहरुले असन्तुष्टि जनाएका छन् ।
स्थानिय सरकारको रुपमा स्थानिय निकाय भएपनि रत्ननगर नगरपालिकामा मेयर नारायण वनले एकलौटी ढंगबाट गरेका विभिन्न कामहरु ९ दहरुले असन्तुष्टि जनाएका हुन् ।
उनीहरु रत्ननगरका विभिन्न वडाहरुसहित मुलुकै तेश्रो पर्यटकीय नगरी सौराहा बाढीकोे डुवानमा पर्दा तत्कालै गर्न सक्ने राहत प्याकेज समेत घोषण नगरेको प्रति गम्भीर ध्यार्कषण जनाउदै ज्ञापनपत्र समेत बुझाएका छन् ।
नेकपा माओवादी केन्द्र रत्ननगर कमिटीकी ईन्चार्ज कञ्चन खनालको नेतृत्व वसेको बैठकले निर्णय गरेको ३ बुदेँ माग पत्र दहरुले मेयर नारायण वन र उपमेयर विमला दवाडीलाई बुझाएका हुन् ।
नेपाली काग्रेसका नगर सभापति रुपनराज घिमिरे, माओवादी केन्द्रका ईन्चार्ज कञ्चन खनाल, राप्रपा नगर अध्यक्ष टिकाराम तामाङ्ग, नेपाल लोकतान्त्रीक फोरम नगर अधयक्ष कृष्ण चौधरी, नेकपा मालेका नगर सचिव रामहरि लम्साल, राष्टिृय जनमोर्चका नगर अध्यक्ष मेघराज ढकाल, मजदुर किसान पार्टीका प्रनिनिधि विष्णु शर्मा, नेकपा माओवादी क्रान्तिकारीका मोदनाथ मरहठ्ठा र नयाँ शक्तिका नगर प्रतिनिधि नारायण रेग्मीसहितको टोलीले नगरका बाढी पिडितहरुलाई एकिृकत सम्पत्ति करमा छुट दिन माग समेत गरेका छन् ।
साथै नगरमा मतदाता संकलनमा समेत आफु निकटकालाई मात्रै सहज रुपमा मतदाता फोटोसहित नामावाली संकलन गरेकोमा यस्तो कार्य नगर्न समेत सजग गराएको नेपाली काग्रेसका नगर सभापति रुपनराज घिमिरे बताए ।
उनीहरुले नगरमा छिटो भन्दा छिटो बैज्ञानिक र पारदर्शी ढंगबाट राहत वितरण गर्न आग्रह पनि गरे ।
हामीले जनप्रतिनिधि आएपछि सहजै रुपमा लिए सहकार्य गर्न खोजेका थियौँ माओवादी केन्द्रका नगर संयोजक राजु अम्गाई सुवोधले भने, तर उहाँहरु खोईन् सधै एकलौटी ढंगबाट काम गरिरहनुभएको छ ।
हिजो सबै सर्वदलिय हुदाँ मिल्न हुने आज जनप्रतिनिधि भएर आएपछि एक्लौटी किन उनको प्रश्न थियो । सो अवसरमा बोल्दै नगर प्रमुख नारायण दहलहरुको माग प्रति आफु गम्भीर भएर लाग्ने भन्दै जायन मागको तत्कालै सम्बोधन गर्ने बताए । कार्यक्रममा बोल्दै नगर उप प्रमुख विमला दुवाडी आफुहरुले निष्पक्ष तवर काम गरिरहेको बताईन् । उनले आफुहरु सधै सहकार्यमा रहेको स्पष्ट समेत पारिन् ।​

Leave a Reply