Saturday , November 18 2017
Breaking News

चितवन अन्तराष्ट्रिय युवा समुह द्वारा चितवनका बिभिन्न ठाउमा बाढि पिडितलाई राहत वितरण

निमकन्त पाण्डे , साउन ३१ सौराहा । बैदेशिक रोजगारीमा बिदेशमा रहेका चितवनबासीहरुले बाढीको चपेटामा परेका जिल्ला बासीको सहयोग स्वरुप रत्ननगर नगरपालिका वडा नम्बर ५ को टरौली, झुवानी को मगर टोल का बाढिपीड़ित ५० घर परिवारलाई भरतपुर १२ मा रहेको आफ्नो साझा सस्था चितवन युवा समूह अन्तराष्टिय समन्वय समिति मार्फत राहत वितरण गरेको छ।
चितवन युवा समुहका तर्फबाट अध्यक्ष मुक्ति प्रसाद अधिकारी, वरिष्ठ उपाध्यक्ष बुद्धि राज अर्याल साथै चितवन समाज युएई का संम्रक्षक निमकान्त पाण्डे सहितको टिम बाढिपीडित रहेका घर टोलमा पुगेका थिए ।
प्रबासमा रहेका चितवन बासी दाजु भाई तथा दिदि बैनिहरुले सहयोग स्वरुप केहि आपतकालीन राहत सहयोग गरेको चितवन युवा समुह अन्तराष्टियका अध्यक्ष मुक्ति अधिकारीले जानकारी गराउनु भएको थियो।
जनप्रतिनिधि वडा नम्बर ५ का वडा अध्यक्षको रहोबरमा पीडितहरुला उनीहरु कै घरमा पुगेर राहत वितरण गरिएको थियो ।
हाम्रा चितवनका दाजु भाई दिदि बैनिहरुले बिदेशबाट दुखमा साथ दिन यसरी आपतको बेला हामीलाई सम्झनु भएकोमा हामीले उहा हरुलाई ह्रिदय देखी धन्यबाद दिन चाहन्छौ पिडितहरु भाबुक हुदै दुई हात जोडिरहेका थिए। यस मगर टोलमा राप्ती खोलाको बाढि पसेर घरका समान सबै बगाएको थियो।
चितवन युवा समुह अन्तरास्ट्रियले पश्चिम चितवनको साझापुर स्कुल मा खाना,रत्ननगर ८ मा राहत तथा आबश्यक भाडाकुडा,म्याड वितरण,माडी तथा चितवन का बिभिन्न ठाउहरुमा आपतकालीन राहत वितरण गर्दै आई रहेको छ।

Leave a Reply