Tuesday , September 26 2017
Breaking News

बाढी पीडित वस्तीमा स्वास्थ्य शिविर र राहत सामाग्री

साउन ३२ गते । बाढीबाट प्रभावित क्षेत्रमा भरतपुर अस्पतालले बुधवार स्वास्थ्य शिविर गरी स्थानीयको स्वास्थ्य जाँच गरेको छ । वाढी पश्चात हुन सक्ने रोगको महामारीलाई मध्यनजर गर्दै जिल्ला दैवि प्रकोप उद्धार समितिको निर्देशनमा भरतपुर अस्पतालले रत्ननगरका वाढी प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर आयोजना गरेको हो । भरतपुर अस्पतालका डाक्टर कृष्ण पौडेलको नेतृत्वमा रत्ननगर ८ स्थित सुकुमवासी वस्ती रहेको रमाईलो टोल र वगर टोलका वाढी प्रभावित मानिसको स्वास्थ्य जाँच गरेको थियो । स्वास्थ्य जाँचको क्रममा उनीहरु केहीमा ज्वरो आउने,झाडापखला लाग्ने,टाउको दुख्ने समस्या देखिएको डाक्टर पौडेलले वताए । मंगलवार रत्ननगरका वाढी प्रभावितहरुको स्वास्थ्य परिक्षणका लागि स्वास्थ्यकर्मीको टोली आएपनि सम्वन्धीत क्षेत्रमै नपुगी फर्किएको थियो । बाढी प्रभावित क्षेत्रका वासिन्दाको स्वास्थ्य जाँच र अवस्था वुझ्न आएको टोली त्यसै फर्किएपछि बुधवार कायाकैरन दैनिकमा समाचार प्रकासित भएको थियो । बुधवार स्वास्थ्य जाँच पछि निशुल्क औषधी समेत वितरण गरिएको डाक्टर पौडेलले वताए । वाढीका कारण वगर टोल र रमाईलो टोलका स्थानीय विरामी परेका छन् । सोही दुई वटा टोलमा भरतपुर अस्पताल,शहिद स्मृती प्रतिष्ठान नेपाल,मन्जु श्री असहायक संरक्षण केन्द्र र मानव अधिकार संरक्षण मंचले स्वास्थ्य जाँचसंगै राहत सामाग्री वितरण गरेका छन् । टोलीले वाढी पीडितलाई भुजा,चाउचाउ,झुल,महिलालाई सेनेटरी प्याड लगायतका सामाग्री वितरण गरिएको शहिद स्मृती प्रतिष्ठान नेपालका अध्यक्ष संगिता भट्टराईले जानकारी दिईन् । २० घरपरिवार रहेको सो टोल शनिवार राती आएको वाढीबाट प्रभावित भएको थियो । ३ घर पुर्ण रुपमा नष्ट भएको र वाँकी घरमा आशिंक क्षती भएको थियो ।

वाढी पीडितलाई लुमन्तीको सहयोग

साउन ३२ गते । रत्ननगरका वाढी पीडित सुकुम्वासीहरुलाई लुमन्ती आवासका लागि सहयोग समुहले सहयोग प्रदान गरेको छ । समुहले वाढिबाट प्रभावित भएका रत्ननगर ७ र ८ का सुकुम्वासी समुदायमा बुधवार राहत स्वरुप सहयोग प्रदान गरेको हो । वडा नम्वर ७ सिसवार स्थित मुसहर वस्तीका १० घरपरिवार र वडा नम्वर ८ को वगर टोल स्थित १८ घरपरिवारलाई सहयोग प्रदान गरिएको लुमन्ती आवासका लागि सहयोग समुह रत्ननगरका कार्यक्षेत्र संयोजक सिंहवहादुर लामाले जानकारी दिए । वडा नम्वर ७ का वडा सदस्य भगन्तीया माझी र पत्रकारको रोहवरमा खाद्यान्नसहितको सहयोग प्रदान गरिएको हो । उनीहरुलाई प्रतिपरिवार एक बोरा चामल,दुई किलो दाल,२ लिटर तेल,सोयविन ४ पोका,सावुन २ थान ,झुल १ थान र भ्याट २ मिटर प्रदान गरिएको लामाले वताए । त्यस्तै रत्ननगर ८ वगर टोलका वाढी पीडित १८ परिवारलाई पनि खाद्यान्नसहित सोही सामाग्री प्रदान गरिएको थियो । वडा नम्वर ८ का वडा सदस्य नेत्रलाल गिरी र गोकर्णकुमारी महतो ,नेपाल सुकुमवासी सुधार समितिका अध्यक्ष फुलमान तामाङ,तथा पत्रकारको रोहवरमा वितरण गरिएको हो ।

चार लायन्सले गरे सहयोग

साउन ३२ गते । रत्ननगरमा क्रियाशिल चार वटा लायन्स क्लवहरुले वाडी पीडित १५ घरपरिवारलाई राहत वितरण गरेको छ । लायन्स क्लव अफ रत्ननगर,लायन्स क्लव अफ रत्ननगर मिड नेपाल,लायन्स क्लव अफ पिस र लायन्स क्लव अफ रत्ननगर समृद्धीले सयुक्त रुपमा बुधवार रत्ननगर ८ लालपर्साका वाढि पीडितलाई राहत वितरण गरेका हुन् । लालपर्सा स्थित कुमाल टोलका वाढी पीडितलाई प्रति परिवार १ बोरा चामल,२ मिटर म्याट,दाल,चिउरा,चाउचाउ,तेल,आलु,भुजा,सोयविन वितरण गरिएको लायन्स क्लव अफ रत्ननगर पिसका अध्यक्ष सविन रेग्मीले जानकारी दिए । लायन्स क्लव अफ रत्ननगरका अध्यक्ष ओमप्रकास गुप्ता,मिडका अध्यक्ष जगदिशचन्द्र शर्मा,पिसका अध्यक्ष सविन रेग्मी,समृद्धीका अध्यक्ष गंगा सुवेदीसहितको क्लवका पदाधिकारी र सदस्यहरु तथा लायन्स क्लव अफ इन्टरनेशनल ३२५ वि टुका पुर्व अध्यक्षहरु घनश्याम भट्टराई,प्रभातकुमार जोशीको विषेश उपस्थितीमा राहत सामाग्री वितरण गरिएको थियो ।

बाढी पीडितहरुको लागि राहत संकलन

साउन ३२ गते । रत्ननगर उद्योग संघले बाढी पीडितका लागि राहात संकलन गरेको छ । संघले रत्ननगरका व्यवसायीबाट ७५ हजार ४६ रुपैया संकलन गरिएको संघका अध्यक्ष राजाराम रेग्मीले जानकारी दिए । संकलन गरिएको राहात स्थानीय सरकारको रुपमा रहेको रत्ननगर नगरपालिकालाई हस्तान्तरण गरिने संघका अध्यक्ष रेग्मीले बताए । संघले अविरल वर्षाका कारण आएको बाढीका कारण बस्ने ठाउ“ तथा खाना लाउन समेत समस्या परेको हुनाले यसलाई सहजताका लागि राहत संकलनमा जुटेको हो । संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै संघ र यस क्षेत्रका निजी क्षेत्रहरु प्राकृतिक विपत्तिका बेला सदैव खुला ह्दयले सहयोग गर्दै आईरहेकोमा यस पटक पनि सहयोग गर्ने अभियानमा रहेको छ । अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुवानका कारण हालसम्म सयौं नागरिकको मृत्यु हुनुका साथैं यस क्षेत्रमा रहेका पर्यटन व्यवसाय, कृषिजन्य (पोल्ट्री, मत्स्य, केरा) लगायतका व्यवसायीहरुमा ठूला क्षती पुग्न गएको हु“दा को पहलमा बाढिमा परेर समस्यामा परेकाहरुको सहयोगका लागि राहत संकलन गरिएको संघले जानएको छ ।

Leave a Reply