Monday , December 11 2017
Breaking News

हामीलाई एनजीओको राहत चाहिँदैन भन्दै सप्तरी तिलाठीका जनताले गरे यस्तो उद्घोष

सप्तरीको तिलाठी चर्चित ठाउँ हो । जहाँका स्थानीयले अघिल्लो वर्ष भारतीय पक्षले एकलौटी हिसावमा लगाएको बाँधका विरुद्ध प्रतिवाद गरेका थिए । दशगजामा नेपाली र भारतीय पक्षको झडप परेको थियो ।

सोही कारणले सिंगो नेपालको ध्यान पनि त्यतै मोडिएको थियो । यसपालीको बाढीमा पनि तिलाठी गाउँ चुर्लुम्म डुब्यो । त्यहाँका १५ सयभन्दा ढबी घर डुबेको स्थानीयहरु बताउँछन् ।

सरकार तथा विभिन्न संघ संस्थाले बाढी प्रभावित क्षेत्रमा राहत बाँडिरहेका छन् । तर चर्चित तिलाठी गाउँका सर्वसाधरणले भ्रष्ट्रचारीहरुले बाँडेको राहत लिन अस्वीकार गरेका छन् । गाउँमा टाठाबाठाहरुले एनजिओ तथा आइएनजिओहरुको राहत नचाहिने भनेर गाउँको प्रवेशद्वारबाटै फर्काएका छन् । तर सर्वसाधारणले भने भोकसँग संघर्ष गरिरहनु परेको छ ।

तिलाठी गाविसका पूर्वअध्यक्ष दिनेश्वर मिश्रका अनुसार तिलाठी गाउँले राहत अस्वीकार गरेको छ । तिलाठीले सरकारी राहत लिएको भएपनि विभिन्न एनजिओ तथा आइएनजिओका कर्मचारीले बाँडेको राहत अस्वीकार गरेको उनले बताए । तर सरकारले दिने राहत भने लिने उनले बताए ।

‘राहतका नाममा अनियमिता भएका खबरहरु आएका छन्,’ उनलेभ भने, ‘त्यसो हो भने तिलाठीवासीलाई त्यस्तो भ्रट्राचारीहरुको रकम चाहिँदैन ।’ उनले तिलाठीका स्थानीयलाई राहत रकम खासै आवश्यकता नभएको समेत बताए ।
न्युज २४

५ भदौ २०७४

Leave a Reply

%d bloggers like this: