Saturday , November 18 2017
Breaking News

बुवाको सम्झनामा रोएको त्यो रात,, स्वर्गबाटै सत्यको लागी आर्शिबाद भिडियो सहित

तिज नजिकिदै गर्दा सबै त्यतै तिर ब्यस्त । म पनि रेडियो पत्रकारिता तिर ध्यान दिदाँ दिदै यी सब कुराहरु याद नै भएको थिएन । तर जब भाद्र ४ गते खाना खाईवरी सुत्ने तरखर गदै थिए मेरो एकाएक ध्यान गयो पात्रोमा । हेरे भोली त कुशे औशी अर्थात बुवाको मुख हेर्ने दिन म एकछिन रोकिए र नियालेर पात्रो हेरे । श्रीमती अनि १० महिनाको छोरा भरखर निद्रामा परदै थिए । त्यस पछि मेरो मनमा एकएक कुराहरु खेल्न थाले जो चिज अर्थात जुन बस्तु आफुसंग हुन्छ त्यसको खासै महत्व हुदैन रे मलाई पनि त्यसै भान हुन थाल्यो । सम्झे बिगतका दिनहरुलाई बिगतमा पनि त बुवाको मुख हेर्ने दिन आयो गयो खासै महत्व भएन । हुन त एकपटक टाढैबाट भए पनि फोन गर्थे अनि बुवाको आर्शिवाद थाप्थे । खै किन किन यसपालीदेखी यस्तो मौका मलाई अब कहिल्यै मिल्ने छैन । किनकी मेरो बुवा अहिले मेरो साथमा हुनुहुन्न अर्थात उहाँको २०७४ साल बैशाख १५गते स्वर्गवास हुनु भयो । त्यस पछि मेरो मनमा एकाएक बज्रपात भएको जस्तो लाग्यो । आँखाबाट आँशु खस्न थाले । सोचे हाम्रो बाबाले त्यो समय अर्थात ६४ बर्षको उमेरमा निरन्तर संघर्ष गर्नुभयो । उहाँको त्याग तपस्या हाम्रो लागी कति थियो थियो यहाँ उल्लेख गरेर शब्दको नै अपमान हुन्छ ।
जीन्दगीमा कहिल्लै पनि निराश नबनाइ प्रगती पथमा उन्मुख गर्न सधै प्रयासरत सर्बोच्च देवता एक छन त त्यो हो बुवा । त्यस राती बुवालाई सम्झीदै सुते । अचानक राती बुवालाई सपनिमा देखे । उहाँले मलाई सपनि मै आर्शिवाद दिनुभयो र भन्नु भयो सधै प्रगतिको पथमा कदम अगाडी बढाउनु । कहिल्यै असत्य नगुर्न सत्यको सधै ढिलै भए पनि जित हुन्छ । म त हेरेको हेरै भए बाबा संग कुरा गर्ने खोज्दै थिए मेरो त बोली नै फुटेन । अनि एक्कासि राती २ बजे तिर बिउझिए । अलि अलि खुसी पनि लाग्यो यसरी सपनामा भए पनि बुवाले देखे र आर्शिवाद थाप्न सफल भए, जो त्यहीले कहाँ पाउछन र आप्ःनो बुवा स्पर्गबास भएर पनि यसी आर्शिवाद । अनि सुत्ने प्रयास गरे र यो मनले सोच्यो आजभोली रगतको नाता पनि कति कच्चा छन है । भोली दिनभरि फेसबुकका भित्ता भरि सबैका बुवाको फोटोहरु झुण्डाईने छ । अनि लेखिने छ हेप्पी फाद्रर्श डे । खयर अब अरु अरु के लेखौ र बाबा तपाईलाई पनि हेप्पी फाद्रर्श डे । अनि मेरो जन्म दिने बुवा अहिले मेरो साथमा नरहे पनि कर्मदिने बुवा गुल्मी छापहिलेमा हुनुहुन्छ उहाँलाई पनि हेप्पी फाद्रर्श डे , आज बिहानै कर्मदिने बुवालाई फोन गरे र उहाँबाट पनि मैले आर्शिवाद थापे टाढैबाट भए पनि ।
बढ्दो आधुनिकतासंगै बुवा आमाहरुलाई बृद्धाश्रममा राख्ने, समय र श्रोतका अभावमा हेला गर्ने अनि झर्को फर्को मान्ने चलनहरु बढेर गइरहेको छ तर बुवालाई हेलागर्ने र चित्त नपुर्याउने कर्म जगतलाई पक्कै मान्य छैन, हामी पनि एकदिन वूवा या आमा हुन्छौं तसर्थ हामीले जे गर्छाैं त्यहीनै आफ्ना भावी सन्ततीबाट पछि प्राप्त गर्दछौं, आउँदा पुस्ताहरुमा पनि पितृमोहका भावना अझ प्रगाढ पार्न आजका पुस्ताले पितृप्रतिको दायित्व पुरा गर्नुपर्ने महत्व र आवश्यक्ता झन बढ्दैगएको छ । “यी छोराछोरी बढ्लान, कमाई गर्लान, दूधभात देलान मलाई“ भनेर हरेक आमाबावुले आफ्ना छोराछोरीसँग अपेक्षा राखेका हुन्छन, सानामा आफूले थाङ्गना धोएर, को खाई को खाई गरेर खुवाएर, रुँदा फकाएर, माया गरेर हुर्काएको छोराछोरीहरुले पछि हुर्किएर आफूलाई दूधभात अर्थात् मिठो पोषिलो खानेकुरा देलान, माया गरेर राख्लान भन्ने आशा हुन्छ । एउटा सामान्य मानव जीवन आधा राम्रो छोराछोरी बन्ने उत्कट चाहना र आधा राम्रो बुवा(आमा बन्ने अभ्यासमैं बित्छ, कर्तब्यको यो जीवन स्वरुपमा बुवा(आमाको महत्व धेरै हुन्छ । एउटा बच्चाले सफा र फोहोर जान्दैन, लगाएको लूगामै पनि दिशापिशाब गरिदिन्छ र ति सबै फोहोरहरुलाई सफा गर्दै बुवा(आमाले छोराछोरीहरुलाई नुहाइधुवाई पुनः सफा कपडा लगाइदिन्छन् र त्यसरी हुर्केको बच्चाले भविष्यमा ठूलो भएर आफ्ना बुवाआमाको ख्याल राख्दछ, माया दिन्छ अनि सम्मान पनि । हाम्रो संस्कारले हाम्रो जिम्मेवारीलाई एकदम्मै सहज र सरल तरिकाले ब्याख्या गरिदिएको छ । हाम्रो मातापिता प्रतिको जिम्मेवारी हामीले वहाँहरूको हामीप्रतिको लगाव र प्रेमले झन प्रगाढ बनाउँदछ ।
बुवाको माया गर्न धर्मले पक्कै बाँधेको छैन, समयले छेकेको छैन् अनि भूगोलले स्नेह र सम्झनालाई कैद गर्न सक्दैन, हिउँको कठ्यांग्रीदो चिसो ठन्डीमा हुनुहुन्छ, हावा हुरि बतासमा हुनुहुन्छ, मरुभुमीको गर्मीमा हुनुहुन्छ, समुन्द्र तटमा हुनुहुन्छ या नेपालमै अवसरहरुसँग पैंठेजोरी खेल्दैहुनुहुन्छ, जन्म दिने बुवालाई एकफेर खुशीसाथ स्मरण गरौं, वहाँलाई आफूले माया गरेको कुरा आफ्ना अनन्यहरूलाई जानकारी दिउँ र एकफेर वाल्यकालका यादहरु सम्झेर मुस्काऔं न, हुँदैन र र?
संसारमा हरेक बिहान विस्तारै गएर एउटा साँझमा रुपान्तरित हुन्छ, उदाएका सूर्य अस्ताउँने रित छ र यिनै दिन र साँझको क्रमसँगै जीवन बढ्दै गएर कहिले बुवा त कहिले छोरा , कहिले आमा त कहिले छोरीको भुमिका निर्वाह गर्ने क्रम चलिरहन्छ । सामाजिकिकरण, सभ्यता र संस्कारको यो चक्रमा मान्छे कहिले अभिभावक हुन्छ, असल छोराछोरी र असल बुवाआमा बन्न सकौं, सबैलाई शुभेच्छा ।
हाम्रो पात्रोको लागी सुयोग ढकालले लेखेको लेखमा महेश बोहराको आप्ःनो बास्तबिक लेख

Leave a Reply