Tuesday , September 26 2017
Breaking News

आज वि.सं. २०७४ भाद्र ०५ गते सोमबार तदनुसार ई. सं. २०१७ अगस्ट २१ तारिख

ज्योतिष कृष्णप्रसाद कोइराला

आज वि.सं. २०७४ भाद्र ०५ गते सोमबार तदनुसार ई. सं. २०१७ अगस्ट २१ तारिख
भाद्रपद कृष्ण अमावस्या, अश्लेषा नक्षत्र, कर्कट राशिको चन्द्रमा, वरीयान् योग, चतुष्पाद र नाग करण
आजको चाडपर्व र उत्सव ः सोमवती अमावस्या (सोमबारे औंसी), पितृसम्मान दिवस (बावुको मुख हेर्ने दिन), कुसे औंसी, मोती जयन्ती, हलो तथा निशि बार्ने दिन, गोकर्ण स्नान, मन्वादि
भोलिको चाडपर्व र उत्सव ः डोलेश्वर उत्सव, गुँला धर्म समाप्ति (बौद्ध नेवारहरूको पर्व)

आजका लागि अशुभ समय ः–
राहु काल ः बिहान ०७ः१४ देखि ०८ः५१ सम्म
यमघण्ट ः बिहान १०ः२९ देखि १२ः०६ सम्म
गुलिक काल ः दिउँसो ०१ः४३ देखि ०३ः२१ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय ः–
अमृत वारवेला ः बिहान ०५ः३७ देखि ०७ः१४ सम्म र साँझ ०४ः५८ देखि ०७ः५८ सम्म
लाभ वारवेला ः दिउँसो ०३ः२१ देखि ०४ः५८ सम्म
शुभ वारवेला ः बिहान ०८ः५१ देखि १०ः२९ सम्म

पञ्चाङ्ग, वारवेला, चाडपर्व र मुहूर्तको विस्तृत जानकारीका लागि यहाँ क्लिक् गर्नुहोस् ।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
चौथो चन्द्रमा भए पनि शुभ ग्रहको दृष्टिले घरपरिवारमा आनन्दको वातावरण सिर्जना हुनेछ । स्वास्थ्य सबल रहने छ । शरीर फुर्तिलो रहने छ । चिताएका काम बन्नेछन् । प्रणयसम्बन्ध र दाम्पत्य जीवनमा रमाइलोपन देखिने छ । मान्यजन र अभिभावक वर्गबाट आशीर्वाद र सुझाव प्राप्त हुनेछ । घरपरिवारमा खुसीको वातावरण आउने छ । बन्धुवान्धव र छर–छिमेकीले सहयोग पुर्याउने छन् । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । बेलुकी दार्शनिक र आध्यात्मिक महत्त्वको सूचना पाउनु हुनेछ, मन ज्ञानविज्ञानका मार्गमा रमाउने छ । अध्ययन क्षेत्रमा पनि सफल छ ।
शुभरङ्ग ः रातो वा पहेंलो
शुभअङ्क ः ४
शुभदिशा ः उत्तर
इष्टदेवता ः भगवती दुर्गा
अशुभ रङ्ग ः गाढा नीलो
अशुभ अङ्क ः २
अशुभ दिशा ः पश्चिम
कार्यसिद्धि मन्त्र ः ॐ नमश्चण्डिकायै
न्यूनतम जापसङ्ख्या ः ११
के गर्ने ः पति÷पत्नी, प्रेमी÷प्रेमिका वा छोराछोरीको चाहना पूरा गर्ने
के नगर्ने ः घरपरिवारका कुरामा बेवास्ता

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
राम्रो÷नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । आम्दानीमा कमी आउने छैन । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक दिन हुनेछ । परोपकारी काम र समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने समय छ । भाइबहिनीका क्रियाकलापले हर्षित बनाउने छ । यात्राको सम्भावना छ । बेलुका घरायसी समस्याहरू देखापर्न सक्छन् । पतिपत्नी वा प्रेमी÷प्रेमिकाका बीचमा मनोमालिन्य हुनसक्छ । मातापिता वा परिवारको ज्येष्ठ सदस्यको स्वास्थ्य चिन्ताको विषय बन्नसक्छ, तर डराउनु पर्दैन, समय तपाईंको पक्षमा नै रहने छ ।
शुभरङ्ग ः गाढा नीलो
शुभअङ्क ः ३
शुभदिशा ः पश्चिम
इष्टदेवता ः गणेश
अशुभ रङ्ग ः गुलाबी वा सिन्दूरे
अशुभ अङ्क ः १
अशुभ दिशा ः दक्षिण
कार्यसिद्धि मन्त्र ः ॐ सिद्धिविनायकाय नमः
न्यूनतम जापसङ्ख्या ः ०८
के गर्ने ः साथीभाइको सङ्गत र गफगाफमा नियन्त्रण
के नगर्ने ः घमण्ड

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
धनागमका दृष्टिले आजको दिन सामान्यतया ठिकैको दिन रहने छ, वित्तीय क्षेत्र र व्यापारिक लगानीका सानातिना फुटकर कामका लागि राम्रो समय छ, तर दूरगामी प्रभावको आर्थिक प्रयोजनका लागि अहिलेको समय सकारात्मक देखिंदैन । कृषि, वन र माटोसम्बन्ध व्यवसायीका लागि केही हदमा राम्रो हुन्छ । व्यवहारिक कठिनाइको सामना गर्नु पर्ला, त्यसैले बढी आशावादी बन्नु हुँदैन । आहारविहार र खानपानको समय बदलिन सक्छ । बोलीमा खासै प्रभाव रहने छैन, तपाईंको भावनाको कदर नहुन सक्छ, अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, मानप्रतिष्ठा र सामाजिक मर्यादाप्रति सचेत रहनुपर्छ ।
शुभरङ्ग ः घिउ रङ
शुभअङ्क ः २
शुभदिशा ः दक्षिण
इष्टदेवता ः लक्ष्मी माता
अशुभ रङ्ग ः पहेंलो
अशुभ अङ्क ः ९
अशुभ दिशा ः पूर्व
कार्यसिद्धि मन्त्र ः ॐ महालक्ष्म्यै नमः
न्यूनतम जापसङ्ख्या ः ११
के गर्ने ः सुमधुर बोलीवचनको प्रयोग गर्ने
के नगर्ने ः अनावश्यक खानपान

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मध्यम खाले समय छ । आज मन दोधार नबनाउनु होला, नत्र तपाईंले तिनलाई पूर्ण उपयोग गर्न सक्नुहुन्न । स्वास्थ्यस्थितिमा असर पुग्ने खानपान वा काममा नियन्त्रण गर्नु राम्रो हुन्छ । मित्र, परिवार र सहयोगीले तपाईंको काममा सरसहयोग गर्ने अनुकूलता हुँदैन । जेगरे पनि आफ्नै पाखुरी र मस्तिष्क खियाउनु पर्नेछ । सानातिना यात्राबाट छिटपुट फाइदा देखिए पनि लामो दूरीको यात्राबाट खासै उपलब्धी नहुनसक्छ । आर्थिक पक्षमा मन्दी भए पनि बेफाइदा नै हुने छैन । सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । मन भावुक र उत्ताउलो बन्नेछ, आफूलाई अनुशासित र संयम बनाउनु पर्छ ।
शुभरङ्ग ः सिन्दूरे रातो
शुभअङ्क ः ९
शुभदिशा ः पूर्व
इष्टदेवता ः हनुमान्
अशुभ रङ्ग ः हरियो
अशुभ अङ्क ः ८
अशुभ दिशा ः उत्तर
कार्यसिद्धि मन्त्र ः ॐ हं हनुमते नमः
न्यूनतम जापसङ्ख्या ः १०
के गर्ने ः निर्णय गर्दा राम्ररी सोचविचार गर्ने
के नगर्ने ः हडबड र शीघ्रता

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मिश्रित प्रभाव भएको दिन छ । बाह्रौं भावमा रहेको चन्द्रमा बेलुका तपाईंको राशिमा प्रवेश गर्नेछ । त्यसैले दिनभरि संयम र अनुशासित भई व्यवहार गर्नु पर्नेछ । साँझबाट मनमा उत्साह र उमङ्गमा सकारात्मकता देखिन सक्छ । तर दिनभरि असन्तुष्टि र चिडचिडेपना बढ्ने छ । परिस्थितिमा क्रमशः सुधार आउने छ । सामाजिक काममा मन जाने छैन । बन्दव्यापारका लागि समय दिन सकिंदैन । लामो दूरीको यात्रा हानीकारक हुनसक्छ, आवश्यक यात्रा गर्नै पर्ने छ भने साँझपखमा गर्नु राम्रो हुन्छ । दिन ढल्दै जाँदा साथीभाइ र घरपरिवारबाट पनि साथसहयोग प्राप्त हुनेछ । रामरमाइलोमा खर्चबृद्धि हुनसक्छ ।
शुभरङ्ग ः सेतो वा बैैजनी
शुभअङ्क ः ४
शुभदिशा ः उत्तर
इष्टदेवता ः धर्मराज
अशुभ रङ्ग ः हरियो÷चम्किलो
अशुभ अङ्क ः ७
अशुभ दिशा ः पश्चिम
कार्यसिद्धि मन्त्र ः ॐ चित्रगुप्ताय नमः
न्यूनतम जापसङ्ख्या ः १९
के गर्ने ः दान, धर्म, परोपकार
के नगर्ने ः रिसराग, उद्वेग र क्रोध

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
लाभस्थानको चन्द्रमा कमजोर देखिन्छ । त्यसैले दैनिक कामकाजमा बाधा आउने छ । यद्यपि प्रशासनिक झैझमेला र मुद्दामामिलाबाट केही हदमा लाभ लिन सकिने छ । सामाजिक तथा साँस्कृतिक कार्यक्रममा सहभागी बन्नु पर्ने भएकाले बन्दव्यापार र पेसा÷व्यवसायमा असर पर्नसक्छ । दिनभरि पारिवारिक वातावरण आफ्नै पक्षमा रहने छ, तर साँझपख चन्द्रमा अझ खर्चबृद्धि गराउने घरमा पुग्नेछ । काममा अवरोध आउने एवं अपजस ब्यहोर्नु पर्ने समय आउने छ । कामधन्दामा समय दिन मन लाग्दैन, आलस्य जाग्नसक्छ, असन्तुष्टि, चिडचिडेपना आदि बढ्न थाल्नेछ । व्यर्थमा वादविवाद गर्नु पर्ला ।
शुभरङ्ग ः कालो
शुभअङ्क ः ३
शुभदिशा ः पश्चिम
इष्टदेवता ः सरस्वती माता
अशुभ रङ्ग ः घिउरङ्ग÷क्रिम
अशुभ अङ्क ः ६
अशुभ दिशा ः दक्षिण
कार्यसिद्धि मन्त्र ः ॐ नीलसरस्वत्यै नमः
न्यूनतम जापसङ्ख्या ः २३
के गर्ने ः छोराछोरीको उन्नति÷प्रगतिको जानकारी लिने
के नगर्ने ः ठूलाबडा र मान्यजनको बेवास्ता

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
धैर्यधारण गरी परिश्रम गर्ने कर्मसिद्धिको समय आएको छ । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुँदैन, मिहिनेत गरेबमोजिम आम्दानी बढाउन सकिने छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । ठूलाबडाको आशीर्वाद प्राप्त भएमा कार्य सम्पन्न हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । सन्ततिपक्षबाट सहयोग प्राप्त हुनेछ । अविवाहितहरूमा विपरीतलिङ्गीबाट सहयोग प्राप्त हुनेछ । परिश्रमका माध्यमबाट आम्दानी बढ्ने छ ।
शुभरङ्ग ः ध्वाँसे
शुभअङ्क ः ६
शुभदिशा ः दक्षिण
इष्टदेवता ः महालक्ष्मी
अशुभ रङ्ग ः कलेजी
अशुभ अङ्क ः ५
अशुभ दिशा ः पूर्व
कार्यसिद्धि मन्त्र ः ॐ भूमिदेव्यै नमः
न्यूनतम जापसङ्ख्या ः २३
के गर्ने ः हाकिम, मान्यजन र पिताका चाहना बुझ्ने
के नगर्ने ः लोभ र मोह

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सार्वजनिक हीतका लागि गरिएको कामबाट सम्मान र पुण्य बढाउन सकिने दिन छ । परिवारभित्रै वा छरछिमेकमा सम्पन्न हुने धार्मिक÷सांस्कृतिक गतिविधिमा संलग्न हुने पर्नेछ । मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । भाग्यबलमा अभिबृद्धि हुनेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा र सम्मान पाइनेछ । ठूलाबडाको साथसहयोग पाइनेछ । कामको दायित्व थपिने सम्भावना छ । नयाँ ठाउँमा निवेशको वातावरण बन्नेछ । रोकिएका काम सम्पादन गर्न मद्दत पाइने छ । रकम उठाउन गरिएको प्रयास सफल हुनेछ । भाग्यमा चन्द्रमा छ, जे गरे पनि सफलता तपाईंको मुट्ठीमा छ ।
शुभरङ्ग ः सेतो वा पहेंलो
शुभअङ्क ः ५
शुभदिशा ः पूर्व
इष्टदेवता ः कुलगुरु÷शिवजी
अशुभ रङ्ग ः चम्किलो÷उज्यालो
अशुभ अङ्क ः ४
अशुभ दिशा ः उत्तर
कार्यसिद्धि मन्त्र ः ॐ गुरवे नमः
न्यूनतम जापसङ्ख्या ः १९
के गर्ने ः बृद्धबृद्धा, असहाय र दीनहीन अवस्थाका व्यक्तिको सहयोग
के नगर्ने ः आडम्बर र ढोंगीपन

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
समग्रमा निराशा र वैराग्यका भावना त्यागेर अघि बढेमा श्रेयस्कर हुने दिन छ । दिनको सुरुवातमा व्यक्तिगत स्वास्थ्य र दुर्घटनाप्रति सतर्क रहनु पर्छ । गरेका काममा पनि ढिलासुस्ती हुने देखिन्छ । आलस्य र थकानको अनुभूति हुनेछ, झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । सानो भूलका कारण अपमानित बन्न सक्नुहुन्छ । दिनभरि तनावपूर्ण समय रहे पनि साँझमा केही लाभमूलक काम हुनेछन् । परोपकारी काममा आकर्षण बढ्ने छ । बौद्धिक, प्राज्ञिक र सृजनात्मक काममा कडा मिहिनेत गर्न मन जानेछ र अन्ततः सन्तुष्टि मिल्नेछ । दीर्घकालिक लगानी गर्नु छ भने बेलुकीपखमात्र राम्रो हुनेछ ।
शुभरङ्ग ः कालो
शुभअङ्क ः ८
शुभदिशा ः उत्तर
इष्टदेवता ः कालभैरव
अशुभ रङ्ग ः हरियो
अशुभ अङ्क ः ३
अशुभ दिशा ः पश्चिम
कार्यसिद्धि मन्त्र ः ॐ कालभैरवाय नमः
न्यूनतम जापसङ्ख्या ः १०
के गर्ने ः उत्ताउलोपन, चञ्चलता र हडबडीमा नियन्त्रण्
के नगर्ने ः असुरक्षित यात्रा

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
दिनको सुरुवातमा मन प्रफुल्ल रहने छ र आत्मबल बढ्नेछ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुने छ । प्रेममा सफलता प्राप्त हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउने छन् । कतै छोटो दुरीको लाभदायी यात्रा पनि हुनसक्छ । घरायसी प्रयोजनका र भोगविलाससँग सम्बद्ध सामाग्रीको किनमेल गरिने छ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रो फाइदा दिनेछ । स्वास्थ्य राम्रो रहने छ । रात छिप्पिंदै जाँदा के गर्ने के नगर्ने भन्ने बेचैनी हुनसक्छ । स्वास्थ्यमा सामान्य कमजोरी भएको अनुभूति हुनेछ । मन भावना र कल्पनामा रुमल्लिन सक्छ ।
शुभरङ्ग ः गुलाबी वा सिन्दूरे
शुभअङ्क ः ७
शुभदिशा ः पश्चिम
इष्टदेवता ः शिवर्पावती
अशुभ रङ्ग ः पहेंलो
अशुभ अङ्क ः २
अशुभ दिशा ः दक्षिण
कार्यसिद्धि मन्त्र ः ॐ गृहलक्ष्म्यै नमः
न्यूनतम जापसङ्ख्या ः ११
के गर्ने ः परिवारमा अधिकतम समय दिने
के नगर्ने ः ख्यालठट्टा र जिस्क्याउने काम

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सुरुमा मनमा अशान्ति र छटपटीले डेरा जमाउने दिन छ, तर बेलुकीपख निराशाको अन्त्य हुनेछ र अनुकूल समय आउने छ । दिनभरि झैझगडा र तर्कवितर्कमा समय बित्न सक्छ । पुरानो रोगव्याधि वा समस्या बल्झिने समय छ । निर्णयक्षमता र दृष्टिशक्तिमा कमी आउने छ । साँझपख सातौं भावमा चन्द्रमाको प्रवेश हुँदैछ । मातृशक्तिको उपासना र विपरीतलिङ्गीको सहयोग लिनसके गरेको काममा सफल भइन्छ । पारिवारिक सम्बन्धमा देखिएको निराशाको समाप्ति हुनेछ । प्रणयसम्बन्धका लागि अनुकूलता मिल्नेछ । यद्यपि मन कल्पना र भावनामा रुमल्लिने छ र भोगविलासमा तिर्सना जाग्नसक्छ ।
शुभरङ्ग ः हलुका सेतो
शुभअङ्क ः ६
शुभदिशा ः दक्षिण
इष्टदेवता ः भगवान् शङ्कर
अशुभ रङ्ग ः सुन्तले÷गुलाबी
अशुभ अङ्क ः १
अशुभ दिशा ः पूर्व
कार्यसिद्धि मन्त्र ः ॐ रां राहवे नमः
न्यूनतम जापसङ्ख्या ः ०८
के गर्ने ः समस्या र सङ्कटर्लाइ सार्वजनिक गर्ने
के नगर्ने ः स्वास्थ्यप्रति बेवास्ता

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
बेलुकाका तुलनामा बिहानको समय लाभदायक छ । सुरुमा बौद्धिक क्षेत्र राम्रो देखिन्छ । बिहानको चिन्तन र सोचले समग्रमा फाइदा नै हुनेछ । मानसम्मानमा बृद्धि हुनेछ । आज मुखमा सरस्वतीको बास भएको दिन हो, त्यसैले महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । अपराह्नपछि अशान्ति र अराजकताका समाचार सुन्नु पर्ने हुनसक्छ । शरीरमा अचानक आलस्यपना देखापर्ने छ । निराशा र वैराग्यका भाव मँडारिन थाल्नेछन् ।
शुभरङ्ग ः हलुका नीलो वा हरियो
शुभअङ्क ः १
शुभदिशा ः पूर्व
इष्टदेवता ः सरस्वती माता
अशुभ रङ्ग ः कालो
अशुभ अङ्क ः ३
अशुभ दिशा ः उत्तर
कार्यसिद्धि मन्त्र ः ॐ सरस्वत्यै नमः
न्यूनतम जापसङ्ख्या ः ०७
के गर्ने ः सिर्जनात्मकता र रचनात्मकतामा जोड दिने
के नगर्ने ः बुद्धिको दुरुपयोग

(द्रष्टव्य ः आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी÷सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

ज्योतिष कृष्णप्रसाद कोइरालाद्रारा लिखित राशिफल र साथमा बिबिध जानकारीको सम्पर्क नम्बर ९८५२०५९७६४/९८१४३४८१११  www.jyotishsathi.com

Leave a Reply