Monday , October 23 2017
Breaking News

भारत पछि रुपन्देही मै डरलाग्दो घटना महिलाहरुको कपाल आँफै काटिन थाल्यो महिलाहरु बेहोस भिडियो

रुपन्देहीको सीमा क्षेत्रमा कपाल कटने अपत्यारिलो घटना
बिन्दु कुमार चौहान
लुम्बिनी ३ भदौ । यस्तो कुराले तपाई लाई पत्यार नलाग्ला ! तर रुपन्देहीको सीमा क्षेत्रमा दुई युवतीको स्वतःस्फूर्त ढंग कपाल काटिदा मुर्छित भएको अपत्यारिलो घटनाले यर्थाथमा चित्रण गरिदिएको छ । सो कुरा रुपन्देहीको पश्चिमी क्षेत्र लुम्बिनी साँस्कृतिक नगरपालिका कालीदह गाँउमा शुक्रवार दुई युवतीको घरपरिवारका अगाडी चार ईन्चको कपाल घरपरिवारकै अगाडी अकस्माद कटेर भूई खस्ने बित्तिकै मुर्छित भएको घटना यथार्थमा परिणत भएको हो ।

स्थानीय प्रत्यक्षदर्शिले दिएको अनुसार लुम्बिनी साास्कृतिक नगरपालिका वडा नं. स्थित कालीदह बस्ने किशोर यादवको छोरी १९ बर्षीया गंगायादवको शुक्रवार बिहानै सात बजे अकस्माद कपालको टुप्पो कटेर खसे पछि उनी अचेत भए पछि भारतको ककरहवा स्थित निजी क्लिीनिकमा उपचार भईरहेको छ ।
त्यसै सोही गाँउ बस्ने घरभरन यादवको २१ बर्षीया बबिता यादवको ुशक्रवार बिहानै रााँझ साढे ६ बजे कपाल काटिएर भूईमा झरे पछि उनी पनि अचेत भएकी छन । बिरामी यादवको बोली बन्द भई सक्दा पनि ईशाराले टाउको दुख्ने प्रतिक्रिया जनाए पछि सामान रुपमा सलाईन पानी चढाउने गरेको उपचारमा संलग्न चिकित्सिक मोहम्मदजमा ले बताए ।

त्यति मात्र नभई शनिवार दिउसो चार बजे लुम्बिनी साँस्कृतिक नगरपालिका २ भुजहिया बस्ने प्रहलाद यादवको बुहारी ३५ बर्षीया शान्ती यादव,समरीमाई गाँउपालिका वडा नं. ३ थुम्हवापिपरहवा निवासी ४० बर्षीया मैनाधवल, लुसाँनपा १३ बस्ने पूजारी यादवको १६ बर्षीया छोरी अनिता यादव ,लुसाँनपा वडा नं. १३ ओडवलिया बस्ने राजेश यादवको श्रीमती चन्द्रकला यादवको पनि अकस्मात कपाल काटिएको घटनाले अचेत भए पछि प्रहरी तथा स्थानीयको सहयोगमा एम्बलेन्स मार्फत भीम अस्पताल भैरहवा पठाईएको प्रहरी चौकी कालीदहका ईन्चार्ज चिन्तामणि न्यौपानेले जानकारी गराए ।

अकस्मात कपाल काटिएको घटनाले बिरामीहरु त्रसित भई सके पछि सामान्य सलाईन पानी चढाए पछि कातिपय निको भई घर फर्कि सकेको र केही महिला बिरामीहरुको उपचार जारी रहेको उपचारमा संलग्न भीम अस्पतालका चिकित्सक सुर्दशन ज्ञवालीले बताए । अकस्मात महिलाहरुको कपाल कटिएर भूईमा झर्ने बित्तिकै मुर्छित हुने घटनाको यथार्थ कुरा बारे भीम अस्पतालका मेडिकल अधिकृत अनन्तशर्मा सँग जिज्ञासा राख्दा उनले रोग बारे अनुसन्धान भईरहेको हुदा प्रमाणित भए पछि मात्र प्रतिक्रिया दिने बताए ।

यस्तो घटना चुडैल,भूत,प्रेतले गराउन थालेको बिश्वाश राखी धामी झाक्री कहाँ गई झारफूक गराउनुका साथै घरको ढोकामा नीबु,खुर्सानी र नीमको पात झुण्डयाउन थालेको आमा निबर्तमान गाबिस उपाध्यक्ष रामलखन यादवको भनाई छ ।
चमत्कारिक रुपमा युवतीहरुको कपाल काटिदा मुर्छित भएको घटनाले आसपासका गाँउहरुमा सनसनी फैलिए पछि गाँउले महिलाहरु आफूलाई असुरक्षित समेत ठान्न थालेको हुदा उक्त घटना पत्ता लगाई औषधी उपचारको ब्यवस्था मिलाउन राज्य बिशेष चासो लिनु पर्ने पीडित पक्षको माँग छ ।
यद्यपि सीमावर्ती क्षेत्रमा अकस्मात कपाल काटिएर भूईमा खस्ने प्रकोपको कारण यो समाचार तयार पर्दा सम्म पुष्टी हुन नसक्दा अपत्यार लाग्दो अन्यौल रहेको छ ।

Leave a Reply