Tuesday , October 17 2017
Breaking News

भारतीय विदेशमन्त्रीले गरिन् नेपालको टिप्पणी !

एजेन्सी– भारतीय विदेशमन्त्री सुस्मा स्वराजले भारत ग्लोबल पावरको रुपमा अघि बढेको बताएकी छन् । आइतबार प्रधानमन्त्री नरेन्द्र मोदीले लिएको परराष्ट्र नीति र त्यसको वरिपरि रहेर लेखिएको दि मोदी डक्ट्रिन नामक पुस्तकको लोकापर्ण गर्दै स्वराजले सो दाबी गरेकी हुन् ।

विदेशमन्त्री स्वराजले नेपाल लगायतका छिमेकी मुलुकहरुमा रोकिएका विकास परियोजनाहरुले पछिल्लो समयमा गति लिन थालेको बताउँदै उनले प्रधानमन्त्री नरेन्द्र मोदीले लिएको नेवरहुड फस्ट पोलिसी सफल हुँदै गएको समेत दाबी गरिन् ।

प्रधानमन्त्री मोदीले क्षेत्रीय समृद्धिलाई मुख्य प्राथमिकतामा राखेको बताउँदै उनले मोदी प्रधानमन्त्री भएपछि भारतको परराष्ट्र नीति निकै अघि बढेको दाबी गरिन् । विदेशमन्त्री स्वराजले छिमेकी मुलुकहरु नेपाल, अफगानिस्तान, श्रीलंका र बंगलादेशमा विगत दुई वर्षमा नयाँ परियोजनाहरु सुरु गरिएको र ती परियोजनाहरु अघि बढिरहेको स्पष्ट पारेकी थिइन् ।

उनले प्रधानमन्त्री नरेन्द्र मोदी काठमाण्डु भ्रमणमा जाँदा उद्घाटन गरेको ट्रमा सेन्टरको भने नाम समेत लिएकी थिइन् । अन्य छिमेकी मुलुकहरुमा भारतीय सहयोगमा सुरु भएका परियोजनाहरुको नाम पनि उनले लिएकी थिइन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले अख्तियार गरेका पछिल्ला भिजनहरु मोदी डक्ट्रिनमा आधारित भएको समेत उनको भनाई थियो ।

Leave a Reply