Saturday , November 18 2017
Breaking News

५० भन्दा बढीको आवाज निकाल्ने मदन भिडियो सहित

काठमाडौँ भदौ १,

अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका साबीकको चीदीका गाविसमा जन्मीएका मदन पौडेलले नेता, कलाकार, जनावार गरी ५० भन्दा बढीको आवाज निकाल्ने गर्दछन् । प्रत्यक्ष रूपमा उनले भैंसी , कुखुरालाई बोलाउने पनि गर्दछन् ।गाउँमा रहदा काम गर्दा विभिन्न खालका जनावर र पन्छीहरुको आवाज निकाल्ने उनी अहिले ५० भन्दा बढीको आवाज निकाल्ने भयका छन् ।

आफूले सुरुमा क्यारीकेचर गरेको धुर्मुसको अर्को रूप खड्का जीबाट सुरु गरेको बताउने उनी आफ्नो क्यारीकेचरको गुरु खडका जीलाई मान्ने मान्ने गर्दछन् । १२ को परीक्षा दीइसकेपछी बुटवल आएका उनी रेडियो हुँदै अहिले बुटवलको लोकपीरय टेलिभिजन बुद्ध टेलिभिजनमा पनि कमेडी कार्यक्रम चलाउने गर्छन ।

१९ वर्षका मदन अहिले रेडियो र टेलिभिजन सङ्ग सङ्गै स्कुलका कार्यक्रम र बाहिरका सांस्कूतीक कार्यक्रममा पनि देखा पर्न थालेका छन् । ‘क्यारीकेचर गर्न सजिलो छैन ‘मदनले भने ,आफूले नयाँ नयाँ क्यारीकेचर गर्दै जाँदा पहिले गरेका क्यारीकेचरको आवाज भुल्ने पनि गरेको छु। मदनले नेताहरू केपी वली , शेरबहादुर देउवा, रामचन्द्र पौडेल, प्रचण्ड, झलनाथ खनाल र अन्यको पनि गर्दछन् । कलारको साथ साथै बच्चाहरुलाई असाध्यै मनपर्ने कार्टुन मोटू-पात्लु, र अन्यको पनि गर्ने गर्दछन् । उनले नेपालका महानायक राजेश हमाल र बलिउडका नायक शारुखानको पनि आवाज निकाल्ने गर्दछन् ।

मदनले जनावर र पंछीहरुको आवाज निकालेर प्रत्यक्ष बोलाउने पनि गर्दछन् । बिबिएस प्रथम वर्षमा अध्यनरत मदन पुरै समय कलाकारीतामा दिन भने पाएका छैनन् । उनी भन्छन् “म अहिले पढाई , अनि जागिरले गर्दा रेडियो अनि टेलिभिजनमा कार्यक्रम गर्ने मात्रै गरेको छु” । म पुरै समय कलाकारीतामा दिएभने अझै दर्शक माझ लोकप्रिय र नयाँ नयाँ आवाज निकाल्ने छु । मदनले भने ।

हिमाल पोस्टको सहयोगमा
हेरौ भिडियो मदनले देखाको आफ्नो लाइव प्रस्तुति सहित !!

Leave a Reply