Thursday , August 24 2017
Breaking News

कालिका अवार्डमा ‘सुर्के थैली खै’ हाबी

कालिका यमाह १२ औँ संस्करणको म्युजिक अवार्डमा वरिष्ठ लोक तथा दोहोरी गायक कुमार बस्नेतलाई कालिका लाईफ टाईम एचिभमेन्ट अर्वाडबाट सम्मानित भएका छन् । उनलाई कालिका गु्रपका निर्देशक निकोलस पाण्डे सम्मान र अर्वाड प्रदान गरेका थिए ।

नेपाली लोक संगीतको संरक्षण र सम्र्वद्धनमा अतुलनिय योगदान पु¥याको ठहर सहित बस्नेतलाई सम्मान गरीएको कालिका एफ.एमकी स्टेशन म्यानेजर रिना गुरुङ्गले जानकारी दिईन् ।

म्युजिक अवार्ड तथा लाईफ टाईम एचिभमेन्ट अवार्डले कलाकारहरुलाई प्रतिस्पर्धा तथा गुणस्तरीयतामा अघि बढ्न उत्प्रेरणा मिल्ने कालिका मिडियाले विश्वास लिएको छ । समारोहमै विभिन्न २६ विधामा म्युजिक अवार्ड पनि वितरण गरिृएको छ । म्युजिक अवार्डको यो संस्करण हो । २६ विधामा २६ अवार्ड वितरण गर्दा कालिका मिडियाले एसएमएस मार्फत आएको मतलाई मुख्य आधार गरेको कालिका ग्रुपका निर्देशक पाण्डेले बताए ।

यस्तै अर्वाड वितरण कार्यक्रममा चलचित्र ६ एकान ६ को गित सुर्के थैली खै यस वर्षको बेष्ट संङ अफ दि ईयर बन्न सफल भएको छ । यससंगै नेपाली चलचित्र गित गायन महिलातर्फ सुर्कै थैलीबाटै अन्जु पंन्त, शब्दमा राजनराज शिवाकोटी र सर्वाेत्कृष्ट संगीत संयोजनमा सोही गितबाट राजन ईशानले अवार्ड प्राप्त गर्न सफल भएको छ । वसन्त सापकोटालाई निर्देशक समाजका उपाध्यक्ष दिपक खाडले प्रदान गरेका थिए । भने सो कायृक्रममा हास्यकलाकार, निर्माता तथा निर्देशक दिपाश्री निरौला अवार्ड लिन आफै आएकी थिईन् ।

सर्वाेत्कृष्ट म्युजिक भिडियो तर्फको अवार्ड प्रदेशी नभन गितबाट निकेश खड्काले प्राप्त गरेका छन् । यस्तै सर्वाेत्कृष्ट युगल गितमा सरोज ओली र ईन्दिरा जोशीले प्राप्त गरेका छन् ।
यस्तै स्थानिय कलाकार तर्फ सर्वाेत्कृष्ट स्थानिय लोक दोहोरी कलाकारमा विशाल पौडेल, स्थानिय कलाकारमा प्रविण भण्डारी, नव प्रवेशी कलाकार लक्ष्मी नेपालीले कालिका म्युजिक अवार्ड प्राप्त गर्नूृ भएको हो । यस्तै सर्वाेत्कृष्ट लोेक दोहोरी पुरुषमा रामजी खाँड, महिलामा राधिका हमाल, लय संकलन रामजी खाँड र लोक दोहोरी शब्दमा विरही कार्कीले अवार्ड प्राप्त गरे ।
यस्तै सर्वाेत्कृष्ट आधुनिक गित गायन पुरुषमा रामकृष्ण ढकाल, आधुनिक गित गायन महिलामा रजिना रिमाल, आधुनिक गित संगीतमा राजकुमार बगर र शब्दमा दिलिप पियाले अवार्ड प्राप्त गर्नु भएको हो । यस्तै नेपाली चलचित्रको गित तर्फ गायन पुरुषमा युवराज चौलागाई, संगीतमा बसन्त सापकोटाले अवार्ड प्राप्त गर्न सफल भएका हुन् ।

यस्तै यस वर्षको कालिका पप गित तर्फ पुरुषमा भरत सिटौला, महिलामा ईन्दिरा जोशी, शब्दमा रोशन भटट्राई, पप गित संगीतमा शंकर स्माईल, सर्वाेत्कृष्ट ब्याण्डमा दि ऐज ब्याण्डले अवार्ड हात पारेको हो । यस्तै सर्वाेत्कृष्ट स्वदेश गान शिव परियार र धन्सी माधव धिमिरेले प्राप्त गर्नूृभयो भने सर्वाेत्कृष्ट गजलमा अजर जंगम र भुपेन्द्र महतले अवार्ड कब्जा गरेका छन् । मध्य नेपालकै सर्वोत्कृष्ट रेडियो कालिका एफ.एम प्रा.लिको १४ औँ तथा टि.भी कालिकाको तेस्रो वाषिर्कोत्सवको अवसरमा आयोजित कार्यक्रम कालिका गु्रपका निर्देशक निकोलस पाण्डेको अध्यक्षता एवम् वरिष्ठ लोक तथा दोहोरी गायक कुमार बस्नेतको प्रमुख आतिथ्यता र स्थानीय विकास अधिकारी श्रवण कुमार पोख्ररेलको विशष्टि आतिथ्यतामा सम्पन्न भएको थियो । kailkaकार्यक्रममा कालिका एफ एमका १३ बर्ष देखी काम गर्दै आएका कार्यक्रम प्रस्तोता मधुसुदन घिमिरेलाई लगनशिल ईमान्दर कर्मचारीको रुपमा काम गरेको भनि हरेक बर्ष प्रदान गर्दै आएको बर्षको उत्कृष्ट कर्मचारीको रुपमा सम्मान समेत गरेको छ । सोही कार्यक्रममा नयाँ संविधानमा अपाङ्गगता भएका व्यक्तिहरुको सवाल र यसको कार्यान्वयनमा सरोकारवालाहरुको भुमिका’ विषक अपागंता भएका व्यक्तिहरु विच प्रतियोगीतमा प्रथम हुनु भएका माडीका दृष्टिविहिन भुपराज पाठकलाई सम्मान गरेको छ भने अन्तर कर्मचारी प्रतियोगीता कबर्डी र डण्डी वियोका विजेता टोलीलाई पनि सम्मान गरेको थियो । यस्तै राष्ट्रिय पन्चै बाजा तथा गन्धर्व सारङी बाजा प्रतियोगीता मा प्रथम हुन सफल सरीखेत मकवानपुरका मञ्याङ्गकाली पञ्चे वाजा समुह लाई पनि सम्मान गरेको छ ।

यसअघि वाषिकोत्सवको अवरसमा असोज १ गते देखि करिब एक महिना विभिन्न कार्यक्रम भएका थिए । देवघाटमा रहेका वृद्धवृद्धालाई सम्मान गरी वाषिकोत्सवका कार्यक्रमको सुरुवात गरेको कालिका मिडियाले अपाङ्गगता भएका व्यक्तिहरु बिच वक्तृत्वकला प्रतियोगिता, जिल्लाका उद्यमीहरु बिच अन्तरक्रिया, अन्तर महिला फुटसल प्रतियोगिता,सडक बालबालिकाको प्रतिभा प्रस्फुटन कार्यक्रम, अन्तर आमा समूह हाजिरीजवाफ प्रतियोगिता, राष्ट्रिय पञ्चै तथा गन्धर्व सारङी बाजा प्रतियोगिता, साहित्य सरगम कार्यक्रम, सेवाबाट निवृत्त भएका व्यक्तिहरुको प्रतिभा प्रस्फुटन, अन्तर कर्मचारी खेलकुद प्रतियोगिता, कालिका दशै धमाका र बृहत राष्ट्रिय लोक दोहोरी तथा विविध सास्कृतिक महोत्वस सम्पन्न गरिसकेको थियो ।

-Socre: Saurahaonline

Leave a Reply