Wednesday , January 24 2018
Breaking News

यसपालीको तिजमा दुई दिदि बहिनिको भेट हुदा यसरी आशु झरे… कल्पना को तिज कोसेली भिडियो

हरितालिका तिज आउन अब एक हप्ता बाँकी हुदा पनि तिजका गीतहरु आउने क्रम जारी छ । ३ महिना अघि देखि गीतहरु आउन थालेका हुन । निकै ढिला गरेर कल्पना खरेलले ‘यसपालिको तीजमा’ बोलको गीत बजारमा ल्याएकी हुन । गीतमा सुमधुर स्वरकी धनी गायिका रिता केसीको स्वर रहेको छ । गायिका रितालाई साथ दिएकी छन चन्द्रकला प्रसाईले । मनोहर सुनुवारको संगीत रहेको उक्तमा विशेष गरेर दिदी बहिनीको कथालाई समावेश गरिएको छ ।

विदेशमा रहेकी दिदीले नेपालमा भएकी बहिनीलाई भेटन नपाएको पीडा र यसपालिको तीज विदेशमा नै मनाउ भनेर यतै आउ भन्ने खालका शब्दहरु यस गीतमा समावेश गरिएको छ । निकै राम्रो शब्द संमायोजन भएको यो गीत सर्वोकृष्ट गीतको रुपमा लिन सकिन्छ । सोही गीतको म्युजिक भिडियो युटयुवमा सार्वजनिक भएको छ । दिनेश माङ्मु लिम्बु को कोरियोग्राफमा सोम कुस्कुमाझीले निदेशन गरेको उक्त गीतमा सञ्चार कर्मी कमल फुयाँलले सह निर्देशन गरेका छन ।

गीतलाई आकर्षक तरिकाले छायाँकन तथा सम्पादन एकान्त मगरले गरेका छन । गीतको म्युजिक भिडियोमा शोभा, कुसुम, निशा, सरिता, गंगा, मनिषा, सीता भण्डारी लगायतले अभिनय गरेका छन ।

Leave a Reply

%d bloggers like this: