Wednesday , October 18 2017
Breaking News

अहिले सम्म हुन नसकेको काम गगनले गराएः पत्रकार सम्मेलनबाट घोषणा


स्वास्थ्यमन्त्री गगन थापाले विपन्‍न गरीब, अपाङ्ग र एकल महिलाका लागि निजी अस्पतालले १० प्रतिशत नि:शुल्क उपचार गर्ने घोषणा गरेका छन्।

सोमबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री थापाले पुस १ गतेदेखि यो कार्यक्रम देशभरी नै लागू हुने जानकारी दिएका हुन्।

स्वास्थ्य मन्त्री थापाका अनुसार सुशान ऐन २०६४ को दफा ४५ बमोजिम स्वास्थ्य संस्था र निर्देशिका जारी भएकाले निजीस्तरको स्वास्थ्य संस्थासँग छललफल गरेर १० प्रतिशत नि:शुल्क उपचार सेवा गर्न लागिएको हो।

उनले भने, ‘ सुशान ऐन २०६४ को दफा ४५ बमोजिम हामीले यो सेवा उपलब्ध गराउन लागेका छौ। स्वास्थ्य मन्त्रालय र निजी अस्पतालसँग लगातार पटक पटकको छलफलपछि हामीले यो सुविधा सुरु गर्न लागेका हौ। तर कुरा अझै मिलिसकेको छैन।’

उनले कामको सुरुवात हुदै गर्ने र थप छलफल र सहकार्य गरी १० प्रतिशत निशुल्क सेवा कायम गराउँदै जाने प्रतिवद्धता व्यक्त गरे। उनले गरीब, अपाङ्ग र एकल महिलाका लागि स्थानीय निकाय, जिविस, गाविस, जनस्वास्थ्य कार्यालय, स्वास्थ्य मन्त्रालय र काठमाडौंको हकमा वीर अस्पतालले सिफारिस गरिदिएमा बिरामीले कुनै पनि नीजि अस्पतालमा १० प्रतिशत निशुल्‍क उपचार पाउने बताए।

उनका अनुसार चिकित्सक परामर्श शुल्‍क, परामर्श शुल्‍क, शैया शुल्‍क, नर्सिङ शुल्‍क, अस्पतालमा उपलब्ध भएमा डाइलासिस शुल्‍क र अक्सिजन तथा बिरामीले पाउने निशुल्‍क औषधि बाहेकका औषधि पनि पाउने बताए। उनले सर्जरीमा पनि निशुल्‍क हुनुपर्नेमा चिकित्सकहरुसँग छलफल भइरहेको र कुरा नमिलेकाले थप छलफल गर्ने बताए।

उनले यो सेवाको लागि सबै जिल्ला जिस्पतालमा परिपत्र गरिसकेको र पुस एक गतेदेखि लागू गर्न निर्देशन दिइसकेको जानकारी दिए। उनले भने, ‘अब सरकारी अस्पताल वा निजी अस्पतालले निशुल्‍क सेवा दिएको कुरा रेकर्डमा देखाउनुपर्छ। निशुल्‍क सेवा दिए भनेर कुनै पनि अस्पतालले भन्‍न पाउँदैन।’

Leave a Reply