Tuesday , October 17 2017
Breaking News

जहाँ आपत विपत त्यहाँ धुर्मुश, फेरी एकपटक सबैको मन जिते धुर्मुशले

-राम ढुंगाना

सिन्धुपाल्चोक,काभ्रे र महोत्तरीको बर्दिबासमा एकिकृत नमूना वस्ती बनाएर हस्तान्तरण गरिसकेका कलाकार धुर्मुशको नाम नेपाली कलाक्षेत्रमा मात्रै नभई सामाजिक कार्यमा समेत फराकिलो हुँदै गईरहेको छ। भुइचालोले थिलोथिलो पारेको बेलामा उद्धार कार्य लगायत तिन-तिनवटा नमूना वस्ती बनाएर समुदायलाई हस्ताण्तरण गर्नु चानचुने कुरा होइन।जुन धुर्मुश-सुन्तली दम्पत्तिले गरेर देखाए।

रातदिन नभनी कलाक्षेत्रमा खटिएर दु:खको पैसाले जोडेको एउटा घर सम्म बेचेर नमूना बस्ती बनाउँने अठोट गरेका थिए धुर्मुशले। सामाजिक कार्यमा अगाडि बढ्न र हरेक दु:खसुखमा उनकी धर्मपत्नी सुन्तलीले चट्टान झैँ रहेर धुर्मुशलाई साथ दिइरहेकी छिन्।

आफ्नो र आफ्ना आफन्तको मात्रै हित हेर्ने स्वार्थी समाजमा धुर्मुश साच्चिकै नेपाली समाजका चम्किला तारा र नेपाल आमाको एक असल सन्तानको रुपमा स्थापित भईसकेका छन्।

धुर्मुशको ईमान्दारीता,उनले दिनदु:खी देखाउँने सद्भभाब र आँटेको काम फत्ते गरेरै छोड्ने स्वभाबले पनि थुप्रै नेपालीहरुले धुर्मुशलाई विश्वास र भरोसा गर्छन्।

यतिबेला देश बाढिपहिरोको चपेटामा परेको छ। राष्ट्रिय बिपत्ति परेको छ।देशका पहाडी भू-भागमा बाढि-पहिरो, तराई डुबानमा परेको छ। मृत्यु हुनेको संख्या लगभग सय को हाराहारीमा पुग्न लागिसक्यो। कैयौ बिस्थापित भएका छन्।

जहाँ आपत विपत त्यहाँ धुर्मुश भने हुन्छ। तराई डुबेको बेलामा धुर्मुश उद्धार,राहत बितरण र व्यबस्थापनको लागी तराई पुगेका छन्।

उनको आधी जिउ डुबेको छ। हातले लट्ठी टेकेर काँधमा बालक बोकेका र उनको अलि पछाडी अरु बाढिपिडितहरु पनि छन्।धुर्मुशको यो तस्बीर यतिबेला सामाजिक संजालमा भाईरल भइरहेको छ। तराईमा बाढिको चपेटमा परेका एक बालक सहित उद्धार गर्दै गरेको तस्बीर हो।

उनको यो फोटोले पक्कै मन छुन्छ। मानवताको खडेरी परेको समयमा देशको जिम्मेवारी बोकेर बसेका नेताहरु मस्त निन्द्रामा रहेको बेलामा धुर्मुश यतिबेला उद्धारमा खटिदा धेरैलाई प्रेरणा पक्कै मिल्छ।


-सामाजिक संजालमा राज छत्कुलीले इजरायल बाट धुर्मुशको फोटो पोष्ट गर्दैँ लेखेका छन्- मानवता अझैँ मरेको छैन,धुर्मुश दाइलाई हार्दिक नमन
-त्यस्तै दुर्गा बिसीले पनि इजरायल बाटै लेखेका छन्-जन्मेदेखि आजसम्म सबैखाले मान्छे देखे तर धुर्मुशको जस्तो विशाल हृदय भएको मान्छे देखेको थिइन र सायद देख्दिन होला।

त्यस्तै लण्डन बाट बिदुर अधिकारीले धुर्मुशको यो महान् कार्यको तारिफ गर्ने कुनै शब्दै छैन। सम्मान् छ लेखेका छन्।

थुप्रैले धुर्मुशको यो फोटो शेयर गरेका छन् र उनिप्रति गहिरो सम्मान देखाएका छन्।

धुर्मुशको यो फोटोले युवापुस्ताले पनि धेरै कुरा सिकोस् र देख्ने भएर पनि आखाँ बन्द भएका नेताहरुको पनि चाडैं आखाँ खुलोस।देशलाई आपत-विपत पर्दा धुर्मुशकै बाटो हिड्ने प्रेरणा र धुर्मुश-सुन्तली जस्ता हजारौं छोराछोरीहरु जन्मिउन् नेपालमा ।

प्रकाशित :साउन ३० सोमबार-२०७४

Leave a Reply