Monday , October 23 2017
Breaking News

अझै रोकिएन बाढी- मर्नेको संख्या ७० नाघ्यो, कोशीका सबै ढोका खुलेनन्

हालैका दिनमा आएको भीषण वर्षाका कारण तराई क्षेत्र जलमग्न छ । गत शुक्रबारदेखिको अविरल वर्षाका कारण तराईका अधिकांश जिल्ला डुबानमा परेका छन् । गृह मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार बाढीमा परी मृत्यु हुने संख्या ७० पुगिसकेको छ ।
अविरल वर्षाबाट भएको भौतिक क्षति पनि ठूलो छ । प्रभावित क्षेत्रमा आवास, कृषि बाली, सडक, विद्युत, टेलिफोन, उद्योगधन्दामा व्यापक क्षति पुगेको छ । १२ वैशाख ०७२ को महाभूकम्पको जस्तै ठूलो क्षती बाढी पहिरोबाट भएको सरकारी र निजी क्षेत्रका अधिकारीहरुको अनुमान छ । मानवीय क्षति र पुनर्निर्माणमा लाग्ने समय र बजेट बराबर नरहे पनि मुख्य उत्पादन र औद्योगिक क्षेत्रमा पुगेको नोक्सानीको आँकडा कम नरहेको उनीहरु बताउँछन् । भिडियो हेर्नुहोस

Leave a Reply