Tuesday , October 17 2017
Breaking News

बाढी पीडितको पीडा – ३ दिन देखि केहि खान पाएको छैन (भिडियो)

दुई दिनदेखि भोकै रहेकी कलावती त्यही भिजेको आँगनमा गुइँठा बालेर गहुँको भिजेको पीठोबाट ‘भौवरी’ बनाउने कोशिशमा छिन् ।
घरमा भएको सबै अन्नबाली बाढीले भिजेको छ । यो पीठो पनि उनले पिप्रहवाबाट ल्याएकी हुन् । भन्छिन्, ‘घरमा भएको सबै अनाज कुहिसकेको छ । ८ जनाको परिवार छ, कसरी गुजारा गर्ने ? अहिले यो ‘भौवरी’ पोल्दैछु ।’
उनको परिवारले जम्मा तीन किलो मात्र गहुँको पीठो किन्न पाएको छ । त्यसपछि के खाने थाहा छैन ।
राप्ती र डुडुवा नदीको किनारका बस्तीका धेरै परिवारको अवस्था कलावतीको भन्दा फरक छैन । घरमा भएको अन्नबाली सबै भिजेर टुसा आउन थालिसके । भिडियो हेर्नुहोस

Leave a Reply