Sunday , August 20 2017
Breaking News

अपडेट: पहिरोमा मृत्यु हुनेको संख्या ४९ पुग्यो, १७ घाइते, ३६ बेपत्ता साथै ३५ हजार ८ सय घर डुबानमा

केही दिनदेखिको अविरल वर्षाका कारण मुलुकभर गएको पहिरो, बाढी र डुबानका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ । १७ घाइते, ३६ जना वेपत्ता छन् ।
प्रभावित क्षेत्रमा औषधी सहितको स्वास्थ्य टोली पुरयाउने,यातायात सुचारु राख्ने, आपुर्ति व्यवस्थालाई सुचारु राख्ने, प्रभावित क्षेत्रमा राहत सामाग्री तत्काल वितरण गर्ने, जोखिममा रहेका भौतिक पूर्वाधारहरुको संरक्षण गर्ने, स्थानीय तहका जनप्रतिनिधिहरुको सक्रिय सहभागितालाई अभिवृद्धी गर्ने निर्णय गरेको छ ।

खोज तथा उद्धारका लागि हेलिकोप्टर,मोटर वोट, रयाफटिङ वोट, डोरी, ट्युव लगायतका साधनहरु प्रयोग गरिएको गृहमन्त्रालयले जनाएको छ ।

गृहमन्त्रालयले दिएको जानकारी अनुसार ३५ हजार ८ सय ४३ घर डुबानमा परेका छन् । आइतबार दिउँसो सवा १ बजेको तथ्यांकअनुसार १ हजार घरमा क्षति, ३४ अन्य भौतिक संरचना नस्ट भएका छन् भने ३ सय ९७ पशु चौपाया मरेका गृहमन्त्रालयले तथ्यांक उपलब्ध गराएको छ । हजारौं परिवार विस्थापित भएका छन् ।

गृहमन्त्रालयले प्राप्त गरेको विवरण यस्तो छ

सिन्धुली ४
सुनसरी ८
बाँके ३
बारा १
सर्लाही २
मोरङ ५

धनुषा १
बर्दिया १
झापा ३
मकवानपुर २
रौतहट ८
पाँचथर १

दाङ २
पाल्पा १
कपिलवस्तु १
सुर्खेत ३
चितवन १
थप विवरण प्राप्त हुन बाँकी रहेको छ ।

२९ साउन २०७४

Leave a Reply