Sunday , August 20 2017
Breaking News

देशको भलो चिताउनेको कहिल्यै जय नहोस् : मन थामेर सुन्नु होला भिडियो

सयौं सुशीला कार्कीहरुलाई यसैगरी डाम्नेछन् यिनीहरुले (जो वर्षौवर्षदेखि डामिएकै थिए) यस्ता कयौं नवराज सिलवालहरुलाई बलिको बोको बनाउँदै (कत्लेआम) गरेको राजनीति हो यो । मलाई थाहा छैन सतिले सरापेको हो या होइन तर राजनीतिलेचाही सखापै पारेको देश हो –मेरो देश ! राजनीति पनि यतिसम्मको घिनलाग्दो कि, स्वाभिमानको ‘किड्नी’ बेचेर टोपी लाउनुपर्ने यिनीहरुलाई ! कस्ले भन्नसक्छ पर्दाअघिल्तिरको यो खेल हाम्रै नेताहरुको मात्रै विवेकले रचना गरेको हो भनेर ?
यिनकै हातमा तालाचाबी दिईरहँदा अबको दसौं वर्षका लागि यो देश ‘बुक्ड’ भइसकेको छ र को-को प्रधानमन्त्री हुनेछन् भनेर अहिलेदेखि नै भित्तामा फोटो झुन्ड्याए हुन्छ…भने सारा नेपालीहरु एक पटक देश जोगाउन तयार, त्यसपछि बनाउन तयार हुनुपर्नेछ ।
नागरिक समाज भन्ने नै नभएको देशमा अब को बोल्छ यो घोर अत्याचार र दमनविरुद्ध ? अब एक-एक मान्छे पवित्र उदेश्यसहितको आत्मघाती परिवर्तक भएर शहर छिर्ने बेला आएको छ ।
बीस वर्षदेखि न चुनाव हुन दिएको छ, न विकास । जनताको गतिलाई हिमनदी थुनेझैं थुनेर राख्नेहरु अझ पनि चुनाव हुन नदिने खेलमै छन् । व्यवस्था बदलेर के भो? अवस्था उस्तै छ ! (प्रेम बानियाको फेसबुकबाट) पुरा भिडियो मा सुन्नु होस्

Leave a Reply