Sunday , December 17 2017
Breaking News

साप्ताहिक राशिफल (वि.सं. २०७४ श्रावण २९ गतेदेखि वि.सं. २०७४ भाद्र ०३ गतेसम्म)

ज्योतिष कृष्णप्रसाद कोइराला

आगामी ७ दिनभित्रका चाडपर्व र उत्सव तथा शुभ मूहुर्त ः–

भोलिको मूहुर्त ः रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), द्रव्यप्रयोग वा लगानी, दैलो राख्ने,
३० गते ः श्रीकृष्णजन्माष्टमी व्रत, अष्टमी व्रत, मोहरात्री, मन्वादि,
३१ गते ः गोरखकाली पूजा, श्रीकृष्ण यात्रा, हिलेजात्रा (रामेछाप, चिसापानी), भगवती यात्रा (पाल्पा, तानसेन), नारायणी यात्रा, मष्टजाँत (सिलगढी, डोटी), विभिन्न कृष्णमन्दिरहरूमा राधाकृष्ण रथयात्रा, रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), कलशचक्र,
३२ गते ः गुँगा नवमी, भीम यात्रा (ललितपुर), बनारसी मेला समाप्त (बैतडी, गुजर), कलशचक्र,
०१ गते ः भाद्र सङ्क्रान्ति, वल्के पर्व, अन्नप्राशन(पास्नी), अग्निवास(होमादि), शिलान्यास (सामान्य), द्रव्यप्रयोग वा लगानी, घर छाउने÷ढलान गर्ने, डेरा सर्ने, दैलो राख्ने, कलशचक्र,
०२ गते ः अजा एकादशी व्रत, रुद्राभिषेक(रुद्रीपूजा), कलशचक्र,
०३ गते ः शनि प्रदोष व्रत, जुग यँ पञ्चदान (नेवारी पर्व), त्रिपुष्कर योग बिहान ०५।५७ बजेसम्म, रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), द्रव्यप्रयोग वा लगानी, कलशचक्र,

साप्ताहिक राशिफल

(वि.सं. २०७४ श्रावण २९ गतेदेखि वि.सं. २०७४ भाद्र ०३ गतेसम्म)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

यो साता तपाईंको राशिबाट पहिलो, दोस्रो र तेस्रो घरमा चन्द्रमाले भ्रमण गर्नेछ, त्यसैले कुनै नयाँ उद्योगधन्दा वा व्यवसायको थालनी गरेमा व्यवहारिक रूपमा फाइदा पुग्नेछ । उपलब्धीमूलक यात्रा हुने योग छ, संयमता र धैर्यतालाई त्याग्नु हुँदैन । घरायसी मामिलामा समय दिन नसक्नाले केही केही धमिलोपन आउन सक्छ । मङ्गलबारपछि सम्पति प्राप्त गर्ने सम्भावना छ । पारिवारिक जीवन संतोषप्रद हुनेछ । साझेदार वा सहयोगीको सङ्गतले लाभ प्राप्त हुने सम्भावना छ । व्यस्त समयचर्या कायम हुनेछ । परदेश वा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । बिहीबारपछि धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ । नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने त्यसका लागि अनुकूल समय आएको छ । साताको अन्त्यमा राम्रो समय छैन । आफूमुनिका परिवारजनसँगको आत्मीयतामा कमी आउनसक्छ । कुनै महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्दै हुनुहुन्छ भने गोप्य राखेमा सफलता पाउनुहुनेछ । मित्रको व्यवहार पनि शत्रुतापूर्ण हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

यो साता तपाईंको राशिबाट बाह्रौं, पहिलो र दोस्रो घरमा चन्द्रमाले भ्रमण गर्नेछ, त्यसैले सुखी जीवन व्यतीत गर्न मन लालायित हुनेछ । भोगविलास र शृङ्गारिक सामाग्री खरिद गर्न धन खर्च हुनेछ । अभिभावक वर्गसँगको सम्बन्धमा तिक्तता आउन सक्छ । घुमघाम र मनोरञ्जनका क्रममा निराशा भोग्नु पर्छ । मङ्गलबारपछि क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । नियमित तथा दैनिक कामधन्धा र व्यवसायबाट राम्रो फाइदा हुनेछ । गुमेको वा सापटीमा गएको धन फिर्ता आउनेछ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा राम्रो छ । बिहीबारपछि व्यवसायिक क्षेत्रमा बोलीको कदर हुने समय छ । वाणि र व्यवहारप्रति विपरीत लिङ्गीको आकर्षण बढ्नेछ । जोस र जाँगर बढ्नेछ । धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ । भौतिक सम्पत्तिको जोहो हुनेछ । साताको अन्त्यमा दाजुभाइ र बन्धुबान्धवको सल्लाहले रोकिएको काम बन्न सक्छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । आध्यात्मिक भावनाको विकास हुनेछ । दिनदुःखीलाई दिएको सानो सहयोगले भाग्यबलमा अभिबृद्धि हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

यो साता तपाईंको राशिबाट एघारौं, बाह्रौं र आफ्नै घरमा चन्द्रमाले भ्रमण गर्नेछ, त्यसैले भेटघाट र मनोरञ्जनमा समय व्यतीत हुनेछ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । समाजमा बुद्धिको प्रशंसा हुनेछ । घरपरिवार र नातेदारमा सुमधुर सम्बन्ध कायम हुनेछ । मङ्गलबारपछि खर्चको मात्रा ह्वात्तै बढ्नसक्छ । प्रशासनिक झैझमेला वा आरोप व्यहोर्नु पर्ने हुनसक्छ । प्रेम सम्बन्धमा तिक्तता आउने योग छ । तपार्इंले भने जस्तो काम सम्पन्न हुन कठिन छ । लामो दूरीको यात्रा हानीकारक बन्नसक्छ । बिहीबारपछि महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन् । लाभदायक वस्तुको किनमेल र कारोबार गरिने छ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । घरायसी वातावरण आफ्नै पक्षमा रहनेछ । समग्रतामा राम्रो परिणाम प्राप्त हुनेछ । साताको अन्त्यमा मन प्रसन्न रहनेछ । आर्थिक लाभ प्राप्त हुनेछ । परिवारमा मेलमिलापको बातावरण कायम हुनेछ । मित्र र सहयोगीले सकेसम्म सहयोग गर्नेछन् । यस समयको जति सदुपयोग गर्नुहुनेछ त्यत्ति नै लाभकारी हुने सङ्केत छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

यो साता तपाईंको राशिबाट दसौं, एघारौं र बाह्रौं घरमा चन्द्रमाले भ्रमण गर्नेछ, त्यसैले पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले स्वास्थ्यमा सकारात्मक सङ्केत देखिने छ । भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । मङ्गलबारपछि साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ । यतिबेलाको समय विगतका कमीकमजोरी सम्झने समय होइन । राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । बिहीबारपछि शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । यतिबेला तपार्इंलाई नै भनेर कुनै ठूलो सहयोग सद्भाव मिल्न कठिन छ । विचार गरेर काम गर्नुहोला । मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ, खर्चको मात्रा बढ्न सक्छ । साताको अन्त्यमा निर्णय सार्थक हुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । मनमा केही कमी भएझैं लागे पनि समग्रमा लाभकारी नै हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

यो साता तपाईंको राशिबाट नवौं, दसौं र एघारौं घरमा चन्द्रमाले भ्रमण गर्नेछ, त्यसैले हातमा अचानक सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ । मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन् । कतिपय राम्रा अवसर प्राप्त गर्नुहुनेछ । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । मङ्गलबारपछि विभिन्न जिम्मेवारी निर्वाह गर्नुका साथै दौडधूप गर्नु पर्नेछ । यात्रा रमाइलो हुनेछ । स्वास्थ्यमा अचानक सानो समस्या देखिन सक्छ, तर डराइहाल्नु पर्दैन । आफन्तहरूबाट भनेजस्तो सहयोग नपाइएला, तर काममा बाधा हुनेछैन । बिहीबारपछि बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन् । अपूरा कार्य पूर्ण हुनेछन् । धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्नेछ र त्यस पाटोका काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ । साताको अन्त्यमा ठूला आशा र महत्वाकांक्षा त्यागी अघि बढ्नु श्रेयस्कर हुनेछ । आँफूले गरेका प्रयास र उद्यममा निराशा भोग्नुपर्छ । परिवारको कुनै सदस्यको स्वास्थ्यसम्बद्ध चिन्ता हुनसक्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

यो साता तपाईंको राशिबाट आठौं, नवौं र दसौं घरमा चन्द्रमाले भ्रमण गर्नेछ, त्यसैले स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने योग छ । अनाहकमा अरुले गरेका गल्तीको पनि सजाय भोग्नु पर्ने अवस्था आउला । बोलेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । नातेदारले अपमानित तुल्याउन सक्छन् । मङ्गलबारपछि जीवनसाथी वा बालबच्चासँग कुराकानी गरी व्यवहारिक जानकारी लिनु असल हुनेछ । आफूमुनिका नातेदार वा बालबच्चासित राम्रो व्यवहार गर्नुहोला । इष्टमित्रको शुभकामना प्राप्त गर्न सकेमा शुभफल प्राप्त हुनेछ । बिहीबारपछि व्यवसायिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ, चिन्तनमूलक काम र अध्ययन, अध्यापन एवं लेखनका क्षेत्रमा बाधा छ । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न नसक्नाले थोरै तनावको सामना गर्नुपर्ने छ । साताको अन्त्यमा राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । व्यापारबाट सोचेजस्तै मुनाफा प्राप्त हुने योग छ । पशुव्यवसाय र कृषिपेसाबाट सन्तोष मिल्नेछ । नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । गरेका कामबाट सन्तुष्ट भइन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

यो साता तपाईंको राशिबाट सातौं, आठौं र नवौं घरमा चन्द्रमाले भ्रमण गर्नेछ, त्यसैले प्रेमसम्बन्धमा सुधार आउने छ । कामको चाप र दायित्व बढ्नेछ । शरीर फुर्तिलो हुनेछ, जोस र जाँगर बढ्नाले आम्दानीमा समेत बढोत्तरी हुनेछ । अभिभावकवर्गको आशीर्वाद प्राप्त हुनेछ । राम्रो समाचार सुन्न पाउनु हुनेछ । मङ्गलबारपछि स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना छ । सानोतिनो चोटपटक नै पनि लाग्न सक्छ, सचेत एवं सावधान रहनु होला । तपार्इंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ, कुनै पनि नयाँ काम नथाल्नु होला । बिहीबारपछि लामो दूरीको यात्रामा निस्कन वा यातायातको साधन किन्न अनुकूल छ । धार्मिक तथा सामाजिक कार्यमा महत्वपूर्ण भुमिका रहनेछ । टाढा रहेका आफन्तजनको उन्नति र प्रगतिको समाचार सुन्न पाउनु हुनेछ । साताको अन्त्यमा घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुने छ । सानो प्रयासले रोजगारीको राम्रो अवसर हात पर्न सक्छ । सरकारी जागिरेका लागि प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । कुनै अप्रत्याशित काममा सहयोग गर्नु पर्ला ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

यो साता तपाईंको राशिबाट छैटौं, सातौं र आठौं घरमा चन्द्रमाले भ्रमण गर्नेछ, त्यसैले प्रतिस्पर्धीहरूले औंला ठड्याउने अवसर पाउने छन् । कुनै कुराले विचलित गराउनुका साथै अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु बेस हुनेछ । विलासिता र मनोरञ्जनका लागि समय र धन खर्च हुनसक्छ । मङ्गलबारपछि दूरदर्शिताको सर्वत्र चर्चा हुनेछ । मायाप्रेम र भावनात्मक क्रियाकलापमा समय व्यतीत हुनेछ । विपरीतलिङ्गी सहयात्रीबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । सन्तानपक्षको राम्रो माया मिल्नेछ । बिहीबारपछि गर्नु नपर्ने कामबाट जोगिने बेला हो, छोटो दूरीको निरर्थक यात्रा हुने योग छ । गुप्त र मानसिक रोगले सताउन सक्छ । गर्न बाँकी काम पनि केही समयका लागि थाती राख्नु नै बेस हुनेछ । हरबखत सजग एवं सचेत भई कार्य गर्नु होला । साताको अन्त्यमा छात्रछात्रालाई भोजन प्रदान गरेमा भाग्यबल बढ्ने छ र रोकिएका काम बन्न थाल्नेछन् । धार्मिक वा आध्यात्मिक प्रवचन वा गाथा सुन्दा सन्तुष्टिको अनुभूति गर्नुहुनेछ । घरायसी सम्बन्ध राम्रै रहने छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

यो साता तपाईंको राशिबाट पाँचौं, छैटौं र सातौं घरमा चन्द्रमाले भ्रमण गर्नेछ, त्यसैले कल्पना र भावुकतामा रमाउँदा रमाउँदै समय गएको पत्तो पाउनुहुन्न । स्वास्थ्यमा देखापरेका समस्या निराकरण हुनेछन् । जोसँग जतिबेला बोले पनि बडो विचार पुर्याएर मात्रै बोल्नु राम्रो हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । मङ्गलबारपछि भोगविलासमा आकर्षण बढ्न सक्छ, विलासिता र मनोरञ्जनका लागि समय र धन खर्च हुनसक्छ । आमा वा मामाको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने दिन छ । तर्क, विवाद र झैझगडाबाट टाढा रहनु राम्रो हो । बिहीबारपछि सोचेजस्तै सफलता प्राप्त हुनेछ । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ । दाम्पत्य जीवन सुखमय रहनेछ । साझेदारी वा पार्टनरसीपमा कुनै काम गर्ने योजना बनाउनु भएको छ भने त्यसका लागि अनुकूल छ । साताको अन्त्यमा विगतमा आफूले गरेका कमीकमजोरीको नकारात्मक नतिजा देखा पर्नसक्छ । घरेलु समस्यामै अल्मलिएर समय व्यतीत हुनेछ । लामो दूरीको यात्रामा ननिस्कनु राम्रो हुन्छ । परिवारका सदस्य अस्वस्थ हुनसक्छन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

यो साता तपाईंको राशिबाट चौथो, पाँचौं र छैटौं घरमा चन्द्रमाले भ्रमण गर्नेछ, त्यसैले घरगृहस्थीमा धेरै समय खर्चनु पर्नेछ । वैदेशिक रोजगारी गर्नेेहरूले घरायसी कुरा सम्झेर समय बिताउने छन् । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्छ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । मङ्गलबारपछि अध्ययन, अध्यापन र लेखनकार्यमा उच्च सफलता प्राप्त हुने छ । व्यावहारिक र प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ । बौद्धिक क्रियाकलापप्रति झुकाव बढ्ने छ । भाइबहिनी र छोराछोरीले सहयोग गर्नेछन् । बिहीबारपछि काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न समस्या आइलाग्न सक्छन् । झिनामसिना कामका लागि पनि निक्कै खट्नु पर्छ । भरिसक्य मुद्दामामिला र झैझगडाबाट टाढा रहनु होला, निर्णय क्षमताले काम नगर्न सक्छ । साताको अन्त्यमा दाम्पत्य जीवन असल हुनेछ वा अविवाहित हुनुहुन्छ भने कसैले नयाँ सम्बन्धको प्रस्ताव राख्न सक्छ । छलफल, वादविवाद र झैझगडामा आफ्नो जित हुनेछ । उपहार, चिट्ठा, पुरस्कार आदिबाट आकस्मिक धनप्राप्तिको सम्भावना छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

यो साता तपाईंको राशिबाट तेस्रो, चौथो र पाँचौं घरमा चन्द्रमाले भ्रमण गर्नेछ, त्यसैले कृषिकार्यतिर मन जानेछ । प्रयाससाध्य समय छ धैर्य गर्नुहोला । साथीहरूसित मनोरञ्जनको अवसर जुर्नेछ । आत्मविश्वासमा अभिबृद्धि हुनेछ । व्यापार गर्नेले पनि सोचेजस्तै लाभ लिन सक्नेछन् । आर्थिक लगानी हुनेछ । मङ्गलबारपछि घरायसी कामधन्दा र पारिवारिक आवश्यकता पूर्तिका लागि खट्नु पर्ने छ । छरछिमेकमा कसैसँग व्यर्थमा वादविवाद हुनसक्छ । प्रेमसम्बन्ध र रतिरागका कारण निराशा भोग्नु पर्ने छ । सन्तानपक्षको मायामा कमी आउने छ । बिहीबारपछि विद्यार्थीहरुले आफ्नो क्षमता प्रदर्शन गरी स्याबासी पाउने समय हो । अन्य सबैका लागि भौतिक सुविधाको दीर्घकालिक जोहो गर्ने अवसर र मौका देखापर्ने छ । चिन्तन र बौद्धिकताको क्षेत्रमा राम्रो छ । साताको अन्त्यमा साथीभाइ टाढिने र व्यवहार पनि शत्रुतापूर्ण हुने सम्भावना छ । पुख्र्यौली सम्पत्तिको विवादले अझ धेरै तनावको सिर्जना हुनसक्छ । प्रतियोगिताबाट निराशा हात लाग्नेछ । तार्किक र बौद्धिक क्षेत्रबाट सफलता लिन सकिंदैन ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

यो साता तपाईंको राशिबाट दोस्रो, तेस्रो र चौथो घरमा चन्द्रमाले भ्रमण गर्नेछ, त्यसैले उत्साहवर्द्धक समय छ । कतै रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । व्यवसाय र पेसाबाट राम्रै प्रतिफल प्राप्त हुनेछ, चिताएभन्दा बढी कमाउने योग छ । समय राम्रो छ । मङ्गलबारपछि सामाजिक काममा संलग्न हुनुपर्ला । धार्मिक वा सामाजिक सेवाका काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ । दाजुभाइ वा नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । समय मध्यम खालको छ । बिहीबारपछि विदेश वा प्रवासमा बसेर कामधन्दा र व्यवसाय गर्नेहरूले राम्रो लाभ प्राप्त गर्नसक्छन् । तर घरमा बस्नेले अनावश्यक दौडधुप गर्नु पर्नेछ । काममा किसिमकिसिमका चुनौती देखा पर्नेछन् । नयाँ काममा हात हाल्नु श्रेयस्कर हुँदैन । साताको अन्त्यमा बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समययापन हुनेछ । धनलाभ हुने सङ्केत छ । शत्रुहरू पराजित हुनेछन् । सृजनात्मक सफलता मिल्नेछ । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुनेछ । नयाँ योजना कार्यान्वयन हुनेछन् ।

ज्योतिष कृष्णप्रसाद कोइरालाद्रारा लिखित राशिफल र साथमा बिबिध जानकारीको सम्पर्क नम्बर ९८५२०५९७६४/९८१४३४८१११  www.jyotishsathi.com

Leave a Reply

%d bloggers like this: