Saturday , August 19 2017
Breaking News

नम्रताविना बाँच्न नसक्ने रञ्जनले यसरी माग्दैछन् मायाको भीख (भिडियो)

काठमाडौँ । गायक शरद ढुंगेलको पहिलो एल्बम ‘प्रतिध्वनी’मा समावेश ‘तिमी विना’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । काठमाण्डौमा आयोजित एक कार्यक्रममा गीतकार डाक्टर कृष्णहरि बरालले विमोचन गरेको एल्बममा समावेश शीर्ष गीतको भिडियोमा मोडलद्धय रञ्जन रिमाल र नम्रता योगीले मोडलिङ गरेका छन् । भिडियोमा रञ्जन नम्रता बिना बाँचन नसक्ने भन्दै नम्रताको पर्खाइमा मात्रै बस्दैनन् उनको अंगालोमा समेत बाँधिन पुग्छन् ।

यो एल्बममा समावेश सबै गीतमा हेमन्त ढुंगेलको शब्द छ । ५ वटा गीत समावेश एल्बमका ५ वटा गीत मध्ये २ वटा गीतको भिडियो पनि तयार भएका छन् । निशान घिमिरेले सम्पादन गरेको भिडियोमा उत्सव दाहालको छायांकन छ । यूवराज वाइवाले भिडियोको निर्देशन गरेको भिडियो निकै नै कलात्मक र जिवन्त बनेको छ ।

Leave a Reply