Friday , December 15 2017
Breaking News

कपिलवस्तुमा साझेदारी वन बृक्षारोपणलाई यसरी गर्न खोजियो अबरोध। (भिडियो सहित)

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकाले कपिलवस्तु साझेदारी वनको क्षेत्रमा रहेको वन क्षेत्रलाई चरिचरनका लागी भन्दै ठेक्का आव्हान गरे पछि साझेदारी र नगरपालिका बिच बिवाद श्रृजना भएको छ । स्थानिय तहमा जनप्रतिनिधी निर्वाचित भए लगत्तै साझेदारी वनको अधिकार क्षेत्र मिच्दै नगरपालिकाले टेन्डर आव्हान गरेको हो । साझेदारी वन क्षेत्रमा टेन्डर आव्हान गरिए पछि जिल्ला वन कार्यालयको टोली र साझेदारी वनको टोलीले शिवराज नगरपालिका ५ मधवाको वन क्षेत्र संरक्षणका लागी तारबार गरि बृक्षारोपण शुरु गरेको छ । साझेदारी वनको अगुवाईमा शुरु गरिएको बृक्षारोपण कार्यको प्रतिरोध गर्न शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारी, स्थानिय अगुवा महादेब पोख्रेल, छत्र बहादुर खत्री र हरि पोख्रेल नेतृत्वको समुह पुगेको थियो । स्थानिय अगुवा र साझेदारी वन पदाधिकारी बिवाद भै बिवाद उत्कर्षमा पुगेको थियो । यस अघि गत श्रावण ३ गते शिवराज नगरपालिकाले मधवा क्षेत्रमा चरिचरण र वन क्षेत्रकै भितरिया तालको ठेक्काका लागी सार्वजनिक सुचना आव्हान गरेको थियो । वन क्षेत्रलाई अनियमित तरिकाले ठेक्का प्रक्रियामा लैजाने र बृक्षारोपणलाई प्रतिबाद गर्ने कार्य गलत भएको स्थानिय राम अधिन यादवले बताए ।

साझेदारी वन क्षेत्रलाई निती र नियम मिचेर ठेक्का प्रक्रियामा लग्ने कार्य र बृक्षारोपण गरि वन क्षेत्र जोगाउने अभियानलाई प्रभावित गर्ने कार्यको आफुहरुले प्रतिबाद गर्ने कपिलवस्तु साझेदारी वनका संयोजक गंगेश नाथ तिवारीले बताए । केहि समुहको मिलेमतोमा न्युन शुल्कमा ठेक्का लगाई अनियमितता गर्ने दुराशयले वन क्षेत्रलाई नगरपालिकाले ठेक्का लगाउन थालेको उनले आरोप लगाए । नेपाल सरकारको वन मन्त्रालयको बार्षिक कार्ययोजनाको कार्यक्रम सगै साझेदारी वनको बार्षिक योजना अनुसार सो क्षेत्रमा बृक्षारोपण गरिएको जिल्ला वन कार्यालय कपिलवस्तुका प्रमुख कृष्णदत्त भट्टले बताए । वन क्षेत्रको क्षेत्राधिकार मिचेर निती बिपरित ठेक्का आव्हान गर्ने कार्य बिरुद्ध कानुनी कारवाहीमा अगाडी बढिने उनले स्पष्ट पारे । सो बिषयमा प्रतिक्रिया लिदा शिवराज नगरपालिकाका कार्यकारी अधिकृत शेषकान्त पौडेलले नगरपालिकाको चौथो नगर परिषदले ठेक्का लगाउने निर्णय गरेको र सो निर्णयलाई नगर कार्यपालिकाको बैठकले समेत अनुमोदन गरेकाले सो क्षेत्रलाई अतिक्रमण गर्ने उद्धेश्यले नभई संरक्षण गर्ने उद्धेश्यले ठेक्का आव्हान गरिएको बताए ।

साझेदारी वन क्षेत्रलाई शिवराज नगरपालिकाले ठेक्का लगाउन थाले पछि कपिलवस्तु साझेदारीले गर्न थालेको तारबार र बृक्षारोपणलाई यसरी गर्न खोजियो अबरोध । अबरोध गर्न क–कस्को संलग्नता छ हेरौ यो दृश्य ।
निहित व्यक्तिहरुका कारण सिंङ्गो समुदाय बदनाम हुने बिषयको बिरोध गर्न सक्नु पर्छ ।

Leave a Reply

%d bloggers like this: