Thursday , August 17 2017
Breaking News

आजको राशिफल वि.सं. २०७४ श्रावण २७ गते शुक्रबार तदनुसार ई. सं. २०१७ अगस्ट ११ तारिख

ज्योतिष कृष्णप्रसाद कोइराला

आजको राशिफल

वि.सं. २०७४ श्रावण २७ गते शुक्रबार तदनुसार ई. सं. २०१७ अगस्ट ११ तारिख

मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा),

भाद्रपद कृष्णपक्षको चतुर्थी तिथि, बेलुका १०:३९ बजेसम्म, त्यसपछि पञ्चमी तिथि,
पूर्वाभाद्रा नक्षत्र, बिहान ०६:१६ बजेसम्म, त्यसपछि उत्तराभाद्रा नक्षत्र,
भोलिको चन्द्रमा मीन राशिमा (अहोरात्र व्याप्त),
सुकर्मा योग, दिउँसो ०४:२२ बजेसम्म, त्यसपछि धृति योग,
सुरुमा बब करण दिउँसो ११:११ बजेसम्म, त्यसपछि बालब करण बेलुका १०:३९ बजेसम्म, अन्तिममा कौलव करण,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:३२ बजे र सूर्यास्त : साँझ ०६:४५ बजे
भोलिको राहु काल, यमघण्ट र गुलिक काल :–

राहु काल : बिहान १०:२९ देखि १२:०८ सम्म
यमघण्ट : दिउँसो ०३:२६ देखि ०५:०५ सम्म
गुलिक काल : बिहान ०७:११ देखि ०८:५० सम्म
भोलिको वारवेला :–

चर वारवेला : बिहान ०५:३२ देखि ०७:११ सम्म, साँझ ०५:०६ देखि ०८:०५ सम्म र मध्यरात्रीपछि ०४:११ देखि ०५:३२ सम्म
रोग वारवेला : दिउँसो ०१:४७ देखि ०३:२६ सम्म र साँझ ०८:०५ देखि ०९:२६ सम्म
काल वारवेला : बिहान १०:२९ देखि १२:०८ सम्म र बेलुका ०९:२६ देखि १०:४७ सम्म
लाभ वारवेला : बिहान ०७:११ देखि ०८:५० सम्म र बेलुका १०:४७ देखि १२:०८ सम्म
उद्वेग वारवेला : दिउँसो ०३:२६ देखि ०५:०५ सम्म र मध्यरात्रीपछि १२:०८ देखि ०१:२९ सम्म
शुभ वारवेला : दिउँसो १२:०८ देखि ०१:४७ सम्म र मध्यरात्रीपछि ०१:२९ देखि ०२:५० सम्म
अमृत वारवेला : बिहान ०८:५० देखि १०:२९ सम्म र मध्यरात्रीपछि ०२:५० देखि ०४:११ सम्म
भोलिको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

गरेका प्रयास र उद्यममा निराशा भोग्नुपर्छ । परिवारको कुनै सदस्यको स्वास्थ्यसम्बद्ध चिन्ता हुनसक्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ, किनभने बाह्रौं चन्द्रमा छ, घुमघाम र मनोरञ्जनका क्रममा निराशा भोग्नु पर्छ । सुखी र विलासितापूर्ण जीवन व्यतीत गर्न मन लालायित हुनेछ । भोगविलास र शृङ्गारिक सामाग्री खरिद गर्न धन खर्च हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन् । साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नु पर्नेछ र त्यसबाट प्रशंसित हुने अवसर प्राप्त हुनेछ । समाजसेवाबाट वा साथीभाइको विचारलाई अनुसरण गर्दा लाभ हुनेछ । ज्ञानविज्ञान र चिन्तनमननमा समय बित्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आत्मविश्वासमा कमी आए पनि साथीभाइ र सहयोगीको मद्दतले सोचेजस्तै लाभ लिन सकिने छ । मातापिता वा कुनै मान्यजनको सेवासुश्रुषाका लागि खट्ने परिस्थिति छ । पेसा वा व्यवसायमा आबद्ध हुनुहुन्छ भने मिहिनेत र लगनशीलतामा कमी आउन नदिनु होला, नत्र सानो त्रुटिका कारण काम बिग्रन सक्छ । श्रममूलक वा कृषिक्षेत्रका काममा मन जानेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

धेरै उमङ्ग र उत्साह देखाउनु राम्रो हुँदैन । मातापिताका चाहना पूरा गर्न आजको दिन अनुकूल छ । भाग्यबललाई बलियो तुल्याउन आज दिनदुःखीलाई प्रसन्न तुल्याउनु पर्दछ । धार्मिक तथा सामाजिक गतिविधिमा संलग्न हुँदा बन्दव्यापारमा प्रभाव पर्नसक्छ, तर बेफाइदा नै हुने छैन । करकुटुम्बको आगमन हुनसक्छ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

राम्रा र प्रसन्नताका समाचारहरू सुन्न पाउनु हुनेछ । सानातिना घरायसी समस्याहरू देखिए पनि तिनले दैनिकीमा खास फरक पार्ने स्थिति छैन । जीवनसाथीसित वैचारिक मतभेद हुनसक्छ, तर अन्त्यमा मेलमिलापको वातावरण बन्नेछ । लामो समयदेखि गर्न नभ्याएका आवश्यक काम पुनः थालनी गर्न आज अनुकूल समय छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

गरिएको प्रयास सफल हुन सक्छ । तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइने छ । दिन भाग्यशाली भएर देखा पर्नेछ । दिउँसोबाट प्रणयसुखका लागि अनुकूल समय बन्नेछ । प्रेमसम्बन्ध र दाम्पत्य जीवन सुखमय रहनेछ । सोच्दै नसोचेका कामहरू सजिलै सम्पन्न हुनेछन् । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

झिनामसिना र सानातिना कामका लागि पनि निक्कै खट्नु पर्छ । कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक हुनु पर्नेछ । भरिसक्य मुद्दामामिला र झैझगडाबाट टाढा रहनु होला, निर्णय क्षमताले काम नगर्न सक्छ । प्रतिस्पर्धीहरूले औंला ठड्याउने अवसर पाउने छन् । अनपेक्षित वादविवाद पनि हुनसक्छ, संयमता अपनाउनु बेस हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

दिउँसोबाट ज्ञानगुन र दार्शनिक विषयमा आकर्षित भइने छ, कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन अनुकूल हुनेछ । आत्मबलमा अझ बृद्धि हुनाले सन्तुष्टि प्राप्त हुनेछ । विद्यार्थीहरूले आफ्नो क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्नेछन् र अन्य सबैले ज्ञानगुन, अध्यात्म र दर्शनका विषयमा आकर्षण देखाउने छन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

सानातिना पारिवारिक समस्यामा रुमल्लिनु पर्ने छ । शरीरमा थकानको अनुभूति हुनसक्छ तथापि घरपरिवार, पारिवारिक सुख, मान्यजनको सेवासुश्रुषामा समय बितेको पत्तो पाउनुहुन्न । विदेश वा प्रवासमा बसेर कामधन्दा र व्यवसाय गर्नेहरूले राम्रो लाभ प्राप्त गर्नसक्छन् । यता घरैमा बस्नेले समेत सरलताको अनुभूति गर्नेछन् । काममा विविध चुनौतीको सामना गर्नु पर्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । साथीभाइ र बन्धुबान्धवले सहयोग गर्नेछन् । यात्रा सम्पन्न र सफलतम सिद्ध हुनेछ । सामाजिक काममा दौडधूप हुनसक्छ, मान पाइने छ, राज्यपक्षबाट सम्मानित हुने अवसर मिल्नेछ । धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

नोकरी र व्यवसायिक क्षेत्रमा आज तपाईंको बोलीको प्रतिकूल अर्थ लाग्नेछ, होस पुर्याएर बोल्नुहोला । उमङ्ग, जोस र जाँगरलाई संयम भई प्रयोग गर्नु श्रेयस्कर हुनेछ । दैनिक कारोबारबाट फाइदा नै हुनेछ । साझेदार वा सहयोगीको साथ पाइने छैन, त्यसैले व्यस्त रहेर दिन व्यतीत हुनेछ । दूरदराजमा रहेको स्थान अथवा विदेशबाट सुखद समाचार आउने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

तपाईंको खराब र दिक्क लाग्दो समयको समाप्ति हुँदैछ, अब हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । धेरै दिनपछि आज साँझ पारिवारिक रमझमका लागि समय र धनको जोहो हुनेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । मित्र र सहयोगीले तपाईंको सहायता गर्नेछन् । तपाईंका महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन् ।

ज्योतिष कृष्णप्रसाद कोइरालाद्रारा लिखित राशिफल र साथमा बिबिध जानकारीको सम्पर्क नम्बर ९८५२०५९७६४/९८१४३४८१११  www.jyotishsathi.com

Leave a Reply