Monday , December 11 2017
Breaking News

आजको राशिफल वि.सं. २०७४ श्रावण २६ गते बिहीबार तदनुसार ई. सं. २०१७ अगस्ट १० तारिख

ज्योतिष कृष्णप्रसाद कोइराला

आजको राशिफल

वि.सं. २०७४ श्रावण २६ गते बिहीबार तदनुसार ई. सं. २०१७ अगस्ट १० तारिख

भोलिको मूहुर्त : अन्नप्राशन(पास्नी), अग्निवास(होमादि), गृहारम्भ (घरको जग राख्ने), वास्तुमुहूर्त, द्रव्यप्रयोग वा लगानी, डेरा सर्ने, दीक्षाग्रहण,

भाद्रपद कृष्णपक्षको तृतीया तिथि, मध्यरात्रीपूर्व ११:३१ बजेसम्म, त्यसपछि चतुर्थी तिथि,
शतभिषा नक्षत्र, बिहान ०६:०१ बजेसम्म, त्यसपछि पूर्वाभाद्रा नक्षत्र,
भोलिको चन्द्रमा कुम्भ राशिमा, मध्यरात्रीपछि १२:१० बजेसम्म, त्यसपछि मीन राशिमा,
अतिगण्ड योग, साँझ ०५:५८ बजेसम्म, त्यसपछि सुकर्मा योग,
सुरुमा वणिज करण दिउँसो ११:४६ बजेसम्म, त्यसपछि विष्टि (भद्रा) करण मध्यरात्रीपूर्व ११:३१ बजेसम्म, अन्तिममा बब करण,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:३१ बजे र सूर्यास्त : साँझ ०६:४५ बजे
भोलिको राहु काल, यमघण्ट र गुलिक काल :–

राहु काल : दिउँसो ०१:४८ देखि ०३:२७ सम्म
यमघण्ट : बिहान ०५:३१ देखि ०७:११ सम्म
गुलिक काल : बिहान ०८:५० देखि १०:२९ सम्म
भोलिको वारवेला :–

शुभ वारवेला : बिहान ०५:३१ देखि ०७:११ सम्म, साँझ ०५:०७ देखि ०८:०६ सम्म र मध्यरात्रीपछि ०४:१० देखि ०५:३१ सम्म
अमृत वारवेला : दिउँसो ०१:४८ देखि ०३:२७ सम्म र साँझ ०८:०६ देखि ०९:२७ सम्म
चर वारवेला : बिहान १०:२९ देखि १२:०८ सम्म र बेलुका ०९:२७ देखि १०:४८ सम्म
रोग वारवेला : बिहान ०७:११ देखि ०८:५० सम्म र बेलुका १०:४८ देखि १२:०८ सम्म
काल वारवेला : दिउँसो ०३:२७ देखि ०५:०६ सम्म र मध्यरात्रीपछि १२:०८ देखि ०१:२९ सम्म
लाभ वारवेला : दिउँसो १२:०८ देखि ०१:४८ सम्म र मध्यरात्रीपछि ०१:२९ देखि ०२:५० सम्म
उद्वेग वारवेला : बिहान ०८:५० देखि १०:२९ सम्म र मध्यरात्रीपछि ०२:५० देखि ०४:१० सम्म

भोलिको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

मन फुरुङ्ग हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिक/सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुने योग छैन । आम्दानीमा कमी आउने छैन । गर्नैपर्ने काममा समेत जाँगर चल्ने छैन, यद्यपि बन्दव्यापारमा बेफाइदा हुँदैन । पारिवारिक चाप बढ्नाले काममा बाधा पुग्नसक्छ । नयाँ पेसा र बन्दव्यापारमा लगानी नगर्नु राम्रो हुन्छ । शत्रु र प्रतिस्पर्धीहरूको चलखेल बढ्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

अध्यात्म र दर्शनप्रति मन आकर्षित बन्न सक्छ । परोपकारी विचार आउन सक्छन्, त्यस्तै प्रेम र भाइचारा जीवन्त तुल्याउने अवसर प्राप्त हुनेछ । मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । परिवारभित्रै वा छरछिमेकमा सम्पन्न हुने धार्मिक/सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । सार्वजनिक हीतका क्षेत्रमा सक्रियता बढ्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

बोलीको विपरीत अर्थ लाग्न सक्छ । शरीर भारि र मन अस्थिर रहने संकेत छ । आलस्य र थकानको अनुभूति हुनेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यात्रा नगरेको जाति हुन्छ, चोटपटकको भय हुनेछ वा यात्राका क्रममा झर्कोलाग्दो र धनमाल हराउने सम्भावना पनि देखिंदैछ । परिवारका सदस्य वा नजिकैको साथीले पनि तपाईंका मनका भावना बुझी दिंदैनन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

बन्दव्यापार र व्यवसायबाट राम्रै लाभ हुन सके पनि घरायसी मामिला र प्रेमसम्बन्धका दृष्टिले कमजोर दिन छ । मानप्रतिष्ठा र उन्नति/प्रगतिका लागि दौडधूप गरिने छ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले हाँके/ताकेका काममा सफलता मिल्नेछ । परिवारजनका भावनालाई समेटेर अघि बढ्नु राम्रो हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

सामान्यतया झैझगडा र वादविवादमा फँस्नु राम्रो हुँदैन, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । आफन्त र मित्रवर्गको सहयोग पाइने समय नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । आफ्नै सवारी साधनमा रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ । बन्दव्यापार र उद्योगधन्दामा फाइदा छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

सन्ततिका क्रियाकलापमा सामान्य समस्या देखिन सक्छन । जानकार व्यक्ति वा गुरुजनले सहयोग गर्नाले आत्मबल बढ्ने छ । बन्दव्यापारबाट लाभ नै हुनेछ । पठनपाठन र चिन्तनमननमा ध्यान केन्द्रित हुनसक्छ । पारिवारिक सहयोग र सद्भावमा कमी आए पनि आफैंले गरेको निर्णय फलदायी हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

एकोहोरो र जिद्दीपना त्याग्नु राम्रो हुनेछ । छरछिमेकमा भएका असमझदारीको सुलह हुनेछ । धार्मिक र सामाजिक क्षेत्र एवं मित्रवर्गको सहयोग प्राप्त हुनेछ । बन्दव्यापारमा सोचेजस्तै लाभ लिन सकिने छ । घरपरिवारमा आनन्दको वातावरण सिर्जना हुनेछ । स्वास्थ्य सबल रहने छ । प्रणयसम्बन्ध र दाम्पत्य जीवनमा रमाइलोपन देखिने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

अल्छीपन र आलस्य त्यागेर कडा परिश्रम गर्न सकेमा आजको दिन राम्रो हुनेछ । धार्मिक वा सामाजिक काममा खट्नु पर्ने समय आएको छ । बन्धुबान्धव वा दाजुभाइका काममा सहयोग गरिने छ । स्वास्थ्यमा मौसमी प्रभाव पर्नसक्छ, ख्याल राख्नुपर्छ । ठूलाबडा र सम्मानित भनौंदाहरूको आश्वासनको भर पर्नु हुँदैन । यात्राबाट भनेजस्तो सफलता प्राप्त गर्न सकिंदैन ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग छ । कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट र मित्रता हुनेछ । घुमघाम र भेटघाटको समय छ, मेवामिष्ठान्न र परिकार मिल्नेछ । आत्मविश्वास बढ्नेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । चेलीेबेटी र कुटुम्बका काममा सहयोग गर्नु पर्नेछ । नसोचेको ठाउँबाट धनागमको सङ्केत पनि छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

सामाजिक र घरायसी काममा दौडधूप गर्नुपर्ने देखिन्छ । खानपिनको समयमा फेरबदल हुनसक्छ । तथापि आज मन दोधार बनाउनु हुँदैन, राशिमा चन्द्रमा छ, अतः शीघ्र समाप्त हुने काम गरिहाल्नु असल हुनेछ । स्वास्थ्यस्थितिमा असर पुग्ने खानपानमा नियन्त्रण गर्नु राम्रो हुन्छ । परिआएका काममा सहयोग माग्दा पाउन गाह्रो छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

सानातिना सरसामान हराउन सक्ने वा चोरी हुने सम्भावना छ । दूरदराजबाट प्रसन्नता र खुसीको समाचार आउन सक्छ । परोपकारका क्षेत्रमा काम गर्न मन लाग्नेछ । रकमको कारोबार र लेनदेनमा विवाद आउने सम्भावना छ, यद्यपि आज आर्थिक समस्या हल गर्ने उपाय देखा पर्नेछ । ठूलो महत्त्वाकाङ्क्षा राखेर धनलगानी गर्नु राम्रो हुनेछैन ।

ज्योतिष कृष्णप्रसाद कोइरालाद्रारा लिखित राशिफल र साथमा बिबिध जानकारीको सम्पर्क नम्बर ९८५२०५९७६४/९८१४३४८१११  www.jyotishsathi.com

Leave a Reply

%d bloggers like this: