Sunday , December 17 2017
Breaking News

तिमीहरु जस्ता पापीहरुले दिएको श्रद्धाञ्जलीलाई दिर्घायुको कामना सम्झेर ग्रहण गरेको छु : रबि

भरतपुरमा माओबादी केन्द्रकि नेतृ रेणु दाहालले जिते पछि फेरि एक पल्ट सिधाकुराका प्रस्तोता रबि लामिछानेलाई केहि मानिसहरुले विवादमा तानेका छन् ।

भरतपुरमा रेणु दाहालले जितेमा टेलिभिजन कक्षमै रविले आत्माहत्या गर्छु भने भन्दै एउटा न्युज केहि समय अघि भाइरल भएको थियो तर रबि लामिछानेले आफुले त्यसो नभनेको र त्यो समचारलाई भाइरल बनाउने भनौ या त्यस्तो कुरा लेखेर पोस्ट गर्ने ब्यक्तिलाई नै सिधाकुरामा प्रतक्ष्यरुपमा ल्याएर कुराकानी गराएर उक्त व्यक्तिले माफी पनि मागेको थियो ।

 

तर अहिले भरतपुरमा रेणुको विजय पछि सामाजिक संजालमा फेरि रविले नभनेको उक्त कुरालाई भाइरल बनाए पछि आज रबि लामिछानेले अहिलेसम्मकै सर्वाधिक कडा भनाइ फेसबुक मार्फत सार्बजनिक गरेका छन ।

”पापीहरुले दिएको श्रद्धांजलीलाई मैले दिर्घीयुको कामना सम्झेर ग्रहण गरेको छु। धेरैको आशीषले मलाई जोगाउछ। मैले उहिले नै स्पष्ट पारेको विषयमा फेरी भुक्ने काम हुदैछ। तिमीहरु जस्ता दानवहरु छौ र त सत्कर्म गर्ने प्रेरणा मिल्छ। ऑखा च्यातेर र दिमागको बिर्को खोलेर फेरी हेर मैले त्यतिबेला के भनेको थिएं।” आज रविले आफ्नु सामाजिक संजाल फेसबुकमा लेखेको पोस्ट हो ।

आजको यो पोस्टलाई रबि लामिछानेले लेखेको सबै भन्दा कठोर र कडा पोस्टको रुपमा बुझेको देखिन्छ ।

 

सिधाकुरा जनतासंगका प्रस्तोता रबिलाई बदनाम गराउने व्यक्तिको बारेमा त्यो दिन प्रसारण भएको भिडियोमा ब्यक्त कुरा यस्तो थियो

माओवादीका केही कार्यकर्ताहरु सिधाकुरा जनतासंग कार्यक्रमका प्रस्तोता रवि लामिछानेलाई गलत आरोप लगाई बदनाम गराएको भन्दै हाम्रा धेरै दर्शकहरुले यस विषयलाई उठाउन आग्रह गरेका छन् ।

लामिछानेले भरतपुर चितवनबाट रेणु दाहालले जितिन भने टेलिभिजनकै कक्षमा आत्महत्या गर्छु भनेको भनि गलत प्रचार भएपछि हाम्रा दर्शकहरुले यस विषयलाई उठाउन आग्रह गरेका हन् ।

 

राष्ट्रनायक प्रचण्डलाई काम गर्न देउ नामक फेजको स्क्रिन सट सहित हाम्रा दर्शक रुक्मिणी तिमिल्सिनाले यस विषयको छानविन गर्न आग्रह गरेकीछिन् ।

यस्तै नेकपा माओवादी केन्द्र लेखिएको फेसवुक एकाउन्टले पनि लामिछाने केपीसंग सिधा कुरा प्रधानमन्त्री कार्यक्रम चलाउदाको फोटो हाल्दै यस्तो लेखिएको छ ।

झुटो आरोप लगाई चरित्र हत्या गर्ने माओवादी कार्यकर्ताको प्रयासको चिरफार भिडियो

Leave a Reply

%d bloggers like this: