Friday , October 20 2017
Breaking News

ज्योतिले चर्चाको लागि हद गरिन, मरेर जाने बेलामा पनि थु भनेर भन्छन् मान्छेहरुले (भिडियो)

सेलिना कुँवर, गायिका तीज आएसँगै वर्षेनी दर्जनौं तीज गीतहरु सार्वजनिक हुन्छन् । तर, कमैले मात्र चर्चा बटुल्न सफल हुन्छन् । त्यस्तै नेपाली गीत संगीतको क्षेत्रमा पनि उस्तै प्रतिस्पर्धा छ । आफ्नो नाम चिनाउन सबैलाई उस्तै समस्या छ । त्यस्तै संघर्षमा लागिरहेकी गायिका हुन् सेलिना कुँवर । नाम चलेका धेरै गायकहरुसँग उनले काम गरिसकेकी छिन् ।

एक दर्जन भन्दा बढी गीत गाइसकिन् तर, पनि गायनको क्षेत्रमा उतिसारो जम्न भने सकेकी छैनन् । तर, उनको संघर्ष भने कायम नै छ । चितवनकी सेलिना काठमाडौंमा नै बस्दै आइरहेकी छिन् । उनलाई काठमाडौंमा डो¥याएको पनि गीत संगीतले नै हो । गीत संगीतमा फाइदा ठिकै भएपनि आफ्नो नाम सबैले चिन्ने भएकोमा उनी आफ्नो कामप्रति सन्तुष्ट छिन् ।

गायक गायिकाहरुको राम्रो आर्थिक पक्ष नै स्टेज सोहरु हुने भएको बताउँछिन् उनी । पहिला पहिला त घरबाट पनि उतिसारो साथ पाएनन् उनले । तर, सेलिनाले परिवारलाई आफ्नो शरिर नभएर गलाको प्रस्तुति देखाएर दर्शक कमाउने हो भन्दै सम्झाउन कोशिश गरिन् । अन्त्यमा परिवारले पनि साथ दियो । उनले राजेशपायल राईदेखि उदितनारायण झासँग पनि गीत गाइसकेकी छन् ।

हालसम्म एक दर्जन भन्दा बढि गीत गाइसकेकी सेलिना मेलोडी र फास्ट बिटका गीतहरु गाउन मन पराउँछिन् । आफ्नो गीतमा भने मोडलिङ गर्न रुचाउँदिनन् उनी । नेपाली फिल्म बेलाबेलामा हेर्ने गरेको बताउँदै आफूलाई सौगात मल्ल र प्रियंका कार्की मनपर्ने उनले बताइन् ।

गीत संगीतको क्षेत्रमा सेलिनालाई राजेशपायल राई र अञ्जु पन्त मन पर्छन् । आफूले काम गर्ने क्षेत्रमा विकृति भएको सुनाउँदै उनले भनिन्, ‘ज्योति मगरले त हद नै पार गरेकी छिन् । चर्चाको लागि त्यसो गरेको भएपनि त्यस्तो चर्चा कमाएर के नै भयो त ? मान्छेले मरेर जाने बेलामा पनि थु भनेर भन्छन् ।’ राम्रै काम गरेर माथि जाने इच्छा भएको भन्दै उनले भनिन्, ‘प्रगति विस्तारै हुन्छ । एकै पटक हुँदैन । समय लाग्न सक्छ तर धैर्य गर्न छोड्नु हुँदैन ।’

साभार नेपालआज

Leave a Reply