Tuesday , October 17 2017
Breaking News

दु:ख पछि मान्छेकाे जीवनमा सुख अाउँछ भन्छन् । एकदिन तपाईकाे जीवनमा पनि सुख अवश्य अाउनेछ ।

सबिता सापकोटा,

म सामाजिक कार्य विषयकाे विद्यार्थाे । हामीले पढेकाे समाजसेवाले भन्छ बाटाेमा माग्न बसेका व्यक्तिलाई खाेजीबाट ५० रुपैयाँ निकालेर दिनु सामाजिक कार्य हाेईन् । उसलाई जिवीकाे पार्जनका लागि बाटाे देखाउनु पर्छ । एकदिन दिएकाे पैसाले उसले क्षणिक चाहाना पुरा गरेपनि दिगाे जीवन यापन गर्न सक्दैन् । गरिबीकाे चपेरामा परेर दुई छाक खानाबाट बन्चित मानिसहरुलाई खाना दिनुभन्दा पनि खाना अाफै उत्पादन गर्ने सिप दिनु भन्छ हाम्राे शिक्षाले । माछा मार्न नजान्ने मान्छेलाई माछा मारेर दिने हाेईन माछा मार्न सिकाउनु पर्छ ।सामाजिक कार्यकै नाममा धेरै संस्थाहरु खाेलेका छन् । ति संस्थाहरुमम कति सामाजिक कार्य अध्ययन गरेकै कर्मचारी छन् भने कतिमा अन्य विषय पढेका पनि छन् ।जुनसुकै पेसामा पनि हाम्राे देशमा जसकाे शक्ति उसकाे भक्ति त चलिरहेकै छ । याे विषय पढेर यहि क्षेत्रमा जागिर पाईन्छ भन्ने निकै कम छ ।

हुन त गर्नेहरु यहाँ २,३ वटा अफिसमा काम गरेर दिनरात नभनी दाैड धुप गरिरहेका छन् । अाफ्नै संस्था , अाफ्नै राज भनेर कतिपय संस्थाहरुमा अाफन्तहरु मात्र कर्मचारी भएकाे मैले देखेँ । मान्छेकाे सिप भन्दा पनि राजनीति, अाफ्नाे मान्छे यस्ता कुराहरुले यहाँ ठूलाे महत्व राख्छ ।
फेसबुककाे भित्तामा मैले भाेजपुर घर भएका निलमणी भण्डारीकाे जीवनकाे दु:ख पढेँ ।गरिबीले अगाडी बढ्न नसकेकाे उहाँकाे कलाकाे बारेमा पढेँ । जन्मिएकाे ६ महिनामा पाेलियाे भएर अपाङग भएपनि उहाँकाे साहासिक जीवनकाे प्रसंशा जति गरेपनि अपुरै हुन्छ । हाम्राे देशमा अपाङग मैत्री वातावरण छैन् । धेरै समस्याहरुबाट गस्रित छन् मानिसहरु ।तर पनि तपाई हिम्मत नहार्नुहाेला । लेख्दै गरेकाे पुस्तक पढेर धेरैजना तपाईकाे प्रेरणाकाे स्राेत बन्नेछन् । हाे यहाँ मानिसहरु अाफ्नै नाम बनाउन र कमाउनका लागि तछाड मछाड गर्छन् । हिजाे भेटेकाे अाफ्नाे साथीलाई अलिअलि नाम र दाम कमाएपछि बिर्सन्छन् । याे तपाई प्रति मात्र भएकाे हाेईन् । अाजकल मानिसहरुबाट मानवता हराउँदै गएकाे छ । सबैलाई यस्तै गर्छन् । तर यस्ता कुराहरुले अाफ्नाे साहसिकता कमजाेर नबनाउनु हाेला । लेख्दै गरेकाे तपाईकाे पुस्तक छिटै पढ्न पाईयाेस । तपाईलाई धेरै धेरै शुभकामना ।दु:ख पछि मान्छेकाे जीवनमा सुख अाउँछ भन्छन् । एकदिन तपाईकाे जीवनमा पनि सुख अवश्य अाउनेछ ।

Leave a Reply