Tuesday , October 24 2017
Breaking News

आजको राशिफल वि.सं. २०७४ श्रावण २५ गते बुधबार तदनुसार ई. सं. २०१७ अगस्ट ०९ तारिख

ज्योतिष कृष्णप्रसाद कोइराला

आजको राशिफल

वि.सं. २०७४ श्रावण २५ गते बुधबार तदनुसार ई. सं. २०१७ अगस्ट ०९ तारिख

भोलिको चाडपर्व र उत्सव : रोपाइँ जात्रा (नेवारी पर्व दथुसाया यलमतया), विश्व आदिवासी दिवस,
भोलिको मूहुर्त : अन्नप्राशन(पास्नी), गृहारम्भ (घरको जग राख्ने), वास्तुमुहूर्त, डेरा सर्ने, दीक्षाग्रहण,

भाद्रपद कृष्णपक्षको द्वितीया तिथि, मध्यरात्रीपूर्व ११:५४ बजेसम्म, त्यसपछि तृतीया तिथि,
शतभिषा नक्षत्र, (अहोरात्र व्याप्त)
भोलिको चन्द्रमा कुम्भ राशिमा (अहोरात्र व्याप्त),
शोभन योग, साँझ ०७:१२ बजेसम्म, त्यसपछि अतिगण्ड योग,
सुरुमा तैतिल करण दिउँसो ११:५६ बजेसम्म, त्यसपछि गर करण मध्यरात्रीपूर्व ११:५४ बजेसम्म, अन्तिममा वणिज करण,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:३१ बजे र सूर्यास्त : साँझ ०६:४६ बजे
भोलिको राहु काल, यमघण्ट र गुलिक काल :–

राहु काल : दिउँसो १२:०८ देखि ०१:४८ सम्म
यमघण्ट : बिहान ०७:१० देखि ०८:५० सम्म
गुलिक काल : बिहान १०:२९ देखि १२:०८ सम्म
भोलिको वारवेला :–

लाभ वारवेला : बिहान ०५:३१ देखि ०७:१० सम्म, साँझ ०५:०७ देखि ०८:०७ सम्म र मध्यरात्रीपछि ०४:१० देखि ०५:३१ सम्म
उद्वेग वारवेला : दिउँसो ०१:४८ देखि ०३:२७ सम्म र साँझ ०८:०७ देखि ०९:२७ सम्म
शुभ वारवेला : बिहान १०:२९ देखि १२:०८ सम्म र बेलुका ०९:२७ देखि १०:४८ सम्म
अमृत वारवेला : बिहान ०७:१० देखि ०८:५० सम्म र बेलुका १०:४८ देखि १२:०८ सम्म
चर वारवेला : दिउँसो ०३:२७ देखि ०५:०७ सम्म र मध्यरात्रीपछि १२:०८ देखि ०१:२९ सम्म
रोग वारवेला : दिउँसो १२:०८ देखि ०१:४८ सम्म र मध्यरात्रीपछि ०१:२९ देखि ०२:५० सम्म
काल वारवेला : बिहान ०८:५० देखि १०:२९ सम्म र मध्यरात्रीपछि ०२:५० देखि ०४:१० सम्म
भोलिको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा गतिशीलता आउने छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट प्रतिष्ठा प्राप्त हुनेछ । प्रेममा उच्च सफलता प्राप्त हुने योग छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

मिहिनेत र दौडधूप गरेको काममा सफलता प्राप्त भई छाड्ने छ । अचल सम्पत्तिको कारोबार गर्दा सामान्य रूपमा फाइदा लिन सकिने छ । बन्दव्यापारका क्षेत्रमा झिनामसिना समस्या देखिन सक्छन् । घरायसी समस्यामा समय व्यतीत हुनसक्छ । कडा मिहिनेत र परिश्रमका कारण गुमेको प्रतिष्ठा प्राप्ति हुने सम्भावना छ । मनोरञ्जन वा खेलवाडबाट टाढा रहनु पर्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । कीर्तिमानी काम गर्ने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले साथ दिनेछन् । आँटेका काम पनि सजिलै बन्नेछन् । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ । गर्नु नपर्ने काम पनि बढी समय लगाएर गर्नु पर्ला । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ । तपार्इंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

रसरङ्ग र मनोरञ्जनको चाहना पूर्ण गर्ने समय आएको छ । तर दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ । घरायसी वातावरण र बालबच्चाको क्रियाकलापले समय लिनसक्छ, संयम भई व्यवहारिक काममा जुटेको राम्रो हुन्छ । यात्रामा सोचेजस्तो रमाइलो पाउन सकिंदैन । आर्थिक पक्ष सबल नै देखिन्छ । खानपानको समयमा फेरबदल हुने सम्भावना छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । ऋणसापटी लिनदिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । प्रतिद्वन्द्वीहरूका माझमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो, आज । घरपरिवार र साथीभाइको राम्रो साथसहयोग प्राप्त हुनेछ । जीवनसँगीसित रहेको वैचारिक मतभिन्नताको समाप्ति हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

भाइबहिनी र छोराछोरीका समस्यामा पनि समय दिने बेला आएको छ । तिनको उन्नति, प्रगति र शैक्षिक क्षेत्रमा ध्यान दिनु पर्नेछ । दाजुभाइ, दिदीबहिनीले तपाईंका सकारात्मक धारणालाई समर्थन गर्नेछन् । खानपान र मनोरञ्जनमा भुलिन सक्नुहुन्छ, तर स्वास्थ्यप्रति सचेत हुनुपर्छ । व्यवसायिक क्षेत्रमा दौडधूप गरेजति सफलता प्राप्त हुने छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

अस्थिरता र अधैर्यतालाई त्यागेर हिम्मतका साथमा अघि बढ्ने आत्मबल प्राप्त हुनेछ । छरछिमेकीसँग टाढिंदै गएको सम्बन्धमा सुधार आउने छ, त्यस्तै आफन्त, नातागोता वा घरपरिवारबाट आवश्यक सहयोग प्राप्त हुनेछ । मान्यजनको सुझावबमोजिम व्यवहार गर्नसकेमा फाइदा हुनेछ । परिश्रम गरेबमोजिम आम्दानी र प्रतिष्ठा प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

दाजुभाइ र बन्धुबान्धवले सकेको सहयोग गर्ने छन् । पेसा वा व्यवसायमा समेत सन्तुष्टि नै हुनेछ । तर पुराना रोगव्याधि र समस्याले सताउने सम्भावना छ । सामाजिक काममा जस पाइँदैन, तथापि धार्मिक र आध्यात्मिक गतिविधिमा संलग्न हुनु राम्रो हुन्छ । कडा मिहिनेत र परिश्रम गरेमा हाँकेको ताकेको काममा सफलता प्राप्त भई छाड्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

परिवारमा ठूलो जमघट वा कुनै धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ । विशिष्ट व्यक्तिले तपाईंको विचारको कदर गर्नेछन् । स्वास्थ्यस्थिति सन्तोषजनक रहनेछ । बन्दव्यापार फस्टाउने योग छ । प्राविधिक काममा विशेष सफलता प्राप्त हुनाले आत्मसन्तुष्टि प्राप्त हुनेछ । आभूषण, श्रृङ्गार, साजसज्जा, फेसनडिजाइन र सञ्चार क्षेत्रका व्यवसायीले राम्रो लाभ प्राप्त गर्नेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

आफ्नै घरमा चन्द्रमाको उपस्थिति भए पनि समय त्यत्ति भरपर्दो छैन । श्रममूलक काममा निकै खट्नु पर्ने समय छ । व्यवहारिक समस्याले सताउन सक्छ । बन्दव्यापार र पेसा/व्यवसायमा सफलता नै मिल्ने समय छ । भोगविलास र मनोरञ्जनका क्षेत्रमा खर्च गर्न मन आकर्षित बन्नेछ । नयाँ काम गर्ने सोच पलाउन सक्छ, तर कार्यान्वयन पक्ष जटिल छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

व्यवसायिक जीवन यथावत रहने छ । व्ययस्थानमा चन्द्रमा रहेकाले काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ ।

ज्योतिष कृष्णप्रसाद कोइरालाद्रारा लिखित राशिफल र साथमा बिबिध जानकारीको सम्पर्क नम्बर ९८५२०५९७६४/९८१४३४८१११  www.jyotishsathi.com

Leave a Reply