Friday , December 15 2017
Breaking News

विदेशी केटिको नेपालमा बिचल्ली १ छोराकी आमालाई घर निकाला न्याय खोज्दै हारगुहार

भनिन्छ हरेक कुराको सीमा हुन्छ तर सीमा नाघेपछि त्यही कुराले भयङकर रूप पनि लिने गर्दछ आज यस्तै छटना घटेको छ । सुनसरीको धरान १० विशाल पथमा पनि ।

धरान १० विशाल पथ निवासी ईसुन राई र म्यानमार बर्मा घर भएकी युवती मिन्जुयाङग बर्मैली बिच करिब २ वर्ष अघि फेसबुकमा माया बस्यो र त्यही मायामा दुबैजना डुबे पनि । दुवै जना एक अर्कालाई जीवनको पाटो समेत बनाए तर समय बित्दै गएपछि । त्यही, फेसबुकको माया हाल आएर बर्मेली युवती मिन्जुयाङगको जीवनमा ठुला पहाड बनेर अडिएको छ ।

त्यो पनि समाजीक सञ्जालकै कारण उनको घर तहसनहस भएको छ । फेसबुक मार्फत चिनेका एक बर्मैली युवतीलाई प्रेमको नाटक मात्र गरेका छैनन् ती धराने युवकले । विवाह बन्धनमा समेत बाधेर उनीसँग भएको सबै सम्पत्ति सहित आफैले जन्माएको छोरोको माया समेत लुटिदियो ।

आज मङ्गलवार धरानको होटेल कोरियन रेष्टुरेन्टमा पत्रकार सम्मेलनमा बर्मैली युवती मिन्जुयाङग न्यायका लागी पहल गरिदिनुहुन पत्रकार सामु हार गुहार समेत गरिन । नेपाली भाषा भेषभुषा समेत नबुझेकी ती युवती धराने युवा इसुनको माया जालमा परेर सारा संसार त्यागेपनि तीनै राई आज उनलाई बेनाम बनाउन खोजेको आरोप उनको छ ।पुरा जानकारी भिडियोमा हेर्नुहोस

Leave a Reply

%d bloggers like this: