Tuesday , October 24 2017
Breaking News

सुन्नुहोस किन म देश छोडेर हिड्नु पर्यो ? प्रेम बानिया (भिडियो सहित !!)

#जापानवासीनेपाली…तपाईहरुलाई धेरैधेरै धन्यवाद / धन्यवाद सबैसबैलाई।
************************************
भौगोलिकरुपले जो जहाँ रहेपनि नेपालीत्व कहिल्यै मर्दैन र कमजोर हुदैन अनि राष्ट्रियता र स्वाभिमान भूगोलभन्दा धेरै फराकिलो हुन्छ भन्ने सत्यलाई जापानमा रहेका नेपालीहरुले हार्दिक/व्यवहारिक रुपमा उजागर गर्दै आएका छन् र गरे यसपाली पनि । जीवनकै स्मरणीय कार्यक्रममा उल्लेखनीय उपस्थिती र उनीहरुको हार्दिकताले जापानमा रहेका सबै नेपालीप्रति उच्च सम्मान जागेको छ । र, हामीले एकै स्वरमा भन्यौं ‘हामी केही गर्नका लागि विदेश आएका हौं मर्न होइन ! कार्यक्रमका दौरान उपस्थित भएका दुई वक्ता डा. केदारभक्त माथेमासँग यसपालीको संगतले मलाई झन् बलियो बनाएको छ र साझा पार्टीका संयोजक रबीन्द्र मिश्रसँगको उठ्बसबाट उहाँमा रहेको ‘देश बदल्ने अठोट’प्रति सम्मान बढेको छ । डा. कमल लामिछानेप्रति अरु सम्मान । इन्द्रेणीजस्तै मेरो जीवनको एउटा रंग प्रिय साथी अनुज थापाप्रति अतुलनीय प्रेम बढेको छ । सम्मानका उच्च शब्दहरु कार्यक्रम संयोजक महेश श्रेष्ठप्रति, त्यस्तै आदरणीय रोशन केसी, राम गिरी, जिग्यानकुमार थापा, भबन भट्ट, भुषण घिमिरे, सुदीप सापकोटा, पत्रकार महासंघ जापान, अध्यक्ष र त्यसमा आवद्ध साथीहरु अनि पत्रकार साथीहरु सबैलाई एकमुष्ठ हार्दिकताको बुकी ! पवनवर्षाजी, दुई दीपा, आयोजक समूहका जोशिला युवा साथीहरु सबैलाई धेरै धन्यवाद । साथीहरु सन्तोष चोखाल, रबिन शर्मा, दीपक नेपाल अनि एचबी ताम्राकार, उत्तम गौडेल, आनन्द पा्ख्रेललगायत सबैसबैलाई धेरै धन्यवाद । हामी जहाँ रहे पनि त्यहीँ छौं ‘जहाँ नेपालीत्व छ र नेपालीत्व हामीभित्रभित्रै छ! संसारको कुनै कुनामा हाम्रो भेट फेरि हुनेछ ! (प्रेम बानियाको वाल बाट जस्ताको तस्तै)

Leave a Reply