Saturday , September 23 2017
Breaking News

सुन्दर दृश्यमा छायांकन गरिएको भिडियो सार्वजनिक

छायाँकनको लागि बुटवल आसपासमा पनि सुन्दर स्थान हरु को केहि कमि छैन l रुपन्देही र रुपन्देहीका आसपासका जिल्ला पाल्पा कपिलवस्तु नवलपरासी का विभिन्न स्थानमा धार्मिक तथा ऐतिहासिक क्षेत्रहरु भएकै कारणले गर्दा पनि यहाका दृश्यहरु छायाँकनको लागि उपयुक्त हुन थालेको छ l पहिले पहिले भिडियोको छायांकन काठमाडौँका आसपासमा मात्रै सिमित गरिन्थियो भने पछिल्लो समयमा सुन्दर दृश्य को खोजीमा बुटवल र सेरोफेरोमा छायांकन गरिएका भिडियो हरु बजारमा धेरै आएका छन्, त्यस्तै हेर्दै मनमोहक लाग्ने केहि दृश्यहरुलाई समेटेर बुटवलकै सेरोफेरोमा स्वाभिमान क्रियशनले बजार व्यवस्थापन गरेको लोक दोहोरि गीतको दृश्य छायांकन गरि बजारमा सार्बजनिक गरिएको छ l टिकाराम गौतम र अनुराना को स्वर रहेको गीतमा लय बिधान कार्कीले दिएका छन भने शब्द टिकाराम गौतमकै रहेको छ l बुटवलको आसपासमा शूटिंग गरिएको म्युजिक भिडियोको निर्माण अविरल फिल्म्सले गरेको छ भने निर्देशन सम्पादन बिष्णु भट्टराई को रहेको छ l सगुन शर्माले शृंगार गरेको भिडियोमा किशोर थापा , मनिषा छेत्री, विजय सापकोटा , नेत्र, कमल गौतम लगाएतको भूमिका रहेको छ. माया र बिछोडमा देखिने यथार्थ कुराहरु समेटिएको गीतले दर्शक श्रोतको मन जित्ने निर्देशक बिष्णु भट्टराई बताउछन l अविरल फिल्म्स को अफिसियल युटुब च्यानल देखि सार्बजनिक गरिएको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

Leave a Reply