Friday , December 15 2017
Breaking News

रजत पदक धारी सापकोटालाई मकाउ लभ लिजर फिट्नेश क्लवको तर्फबाट सम्मान।

कर्ण बहादुर अधिकारी मकाउ,चीन।
मकाउ ओपन बडी बिल्डिङ च्याम्पियनशीप २०१७ मा मकाउ लभ लिजर फिटनेश क्लवको तर्फबाट ७५ किलोग्राम तौल समुहमा भाग लिई दोस्रो स्थान हासिल गर्नु भएका ईन्द्र सापकोटालाई मकाउ लभ लिजर फिटनेश क्लवका संचालक सागर अधिकारीले एक बिशेष कार्यक्रमको आयोजनका गरी बधाई तथा सम्मान गरेको छ।उक्त कार्यक्रममा गैर आबासीय नेपाली संघ मकाउका अध्यक्ष मुकेश कुमार बरूवाल,सदस्य शेर बहादुर कोईराला लगाएत लभ लिजर फिटनेश क्लवका सदस्यहरूको उपस्थित रहेको थियो।
बिगतका दिनहरू देखि नै बिदेशी भूमि मकाउमा नेपालीहरूले यस्ता कार्यक्रममा भाग लिदै आएका छन।यसरी प्रतियोगीतामा भाग लिएर बिजयी हुनु भनेको नेपाल र नेपालीको लागि गौरवको कुरा हो।ड्युटीबाट बचेको समयलाई सदुपयोग गर्दै नेपाल र नेपालीको नाम चिनाउन सफल भएकोमा ईन्द्र सापकोटा एकदमै खुशी छन।सापकोटालाई बडि बिल्डिङ प्रतियोगीतामा भाग लिने वाताबरणको सृजना सागर अधिकारीले नै गरेका हुन।उक्त प्रतियोगीता २३/७/२०१७ मा भएको थियो।मकाउमा बिजनेश ब्यवशाय गरी रहेका सागर सामाजिक कार्यमा पनि जुटी रहेका छन।कार्यक्रममा सागर अधिकारीको तर्फबाट रात्री भोजको आयोजना पनि गरीएको थियो।

Leave a Reply

%d bloggers like this: