Tuesday , August 22 2017
Breaking News

भुमिकालाई चुरोट मन पर्नुको कारण खुलासा (भिडियो सहित)

पछिल्लो समयकी एकदम चर्चित साथै स्टेज क्विन भनेर चिनिने यतिबेलाकी व्यस्त गायिकाले आफुलाई चुरोट मात्र किन मन परेको भन्ने कुरा खुलासा गरेकी छिन् । ओके नेपालको प्रस्तुती छुच्ची नानी शो.मा गायिकाले सो कुरा खुलासा गरेकी हुन् । धेरै दर्शकहरुको माग पश्चात उनी छुच्ची नानी शो.मा कुराकानीको लागि आएकी थिइन सो क्रममा गित संगितको बारेमा थुप्रै रमाइलो कुरा भएको थियो । स्टेजको कायैक्रममा धेरै व्यस्त हुने गरेकी उनले अहिले सम्म आफुले गरेको स्टेज कार्यक्रमहरु सधै गुनियो चोलीमा सजिने गरेको बताइन् । र अव आउने कार्यक्रमहरुमा पनि सोही पहिरनमा सजिने कुरा समेत बताइन् । साथै गित संगितमा भित्रिएको बिकृतिमा कलाकारहरुको मात्र दोष नभएर दर्शक श्रोताको पनि उत्तिकै हात रहेको कुरा बताइन् । दर्शक श्रोताहरुले खोजीखोजी नहेरे विकृति पुर्ण गित संगितले ठाँउ पाउँदैनन् भन्दै आफ्नो विचार व्यक्त गरिन् । साथै आफु छुच्ची भएको कारणले खासै प्रपोज नआउने कुरा समेत बताइन् । पछिल्लो समयकी चर्चित गायिका भुमिका गिरी संग भएको रमाइलो कुराकानी हेरौ ।
(भिडियो हेर्नुहोस्)

Leave a Reply