Sunday , August 20 2017
Breaking News

आजको राशिफल : वि.सं. २०७४ श्रावण २४ गते मङ्गलबार तदनुसार ई. सं. २०१७ अगस्ट ०८ तारिख

ज्योतिष कृष्णप्रसाद कोइराला

आजको राशिफल

वि.सं. २०७४ श्रावण २४ गते मङ्गलबार तदनुसार ई. सं. २०१७ अगस्ट ०८ तारिख

भोलिको चाडपर्व र उत्सव : गाई जात्रा, सापारु (नेवारी पर्व), धनिष्ठा पञ्चक प्रारम्भ, द्विपुष्कर योग राती ११।४७ देखि मध्यरात्रीपछि ०५।१९ बजेसम्म,
भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), वास्तुमुहूर्त,

भाद्रपद कृष्णपक्षको प्रतिपदा तिथि, मध्यरात्रीपूर्व ११:४७ बजेसम्म, त्यसपछि द्वितीया तिथि,
धनिष्ठा नक्षत्र, मध्यरात्रीपछि ०५:१७ बजेसम्म, त्यसपछि शतभिषा नक्षत्र,
भोलिको चन्द्रमा मकर राशिमा, दिउँसो ०४:४५ बजेसम्म, त्यसपछि कुम्भ राशिमा,
सौभाग्य योग, साँझ ०८:०१ बजेसम्म, त्यसपछि शोभन योग,
सुरुमा बालब करण दिउँसो ११:३५ बजेसम्म, त्यसपछि कौलव करण मध्यरात्रीपूर्व ११:४६ बजेसम्म, अन्तिममा तैतिल करण,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:३० बजे र सूर्यास्त : साँझ ०६:४७ बजे
भोलिको राहु काल, यमघण्ट र गुलिक काल :–

राहु काल : दिउँसो ०३:२८ देखि ०५:०७ सम्म
यमघण्ट : बिहान ०८:४९ देखि १०:२९ सम्म
गुलिक काल : दिउँसो १२:०९ देखि ०१:४८ सम्म
भोलिको वारवेला :–

रोग वारवेला : बिहान ०५:३० देखि ०७:१० सम्म, साँझ ०५:०८ देखि ०८:०७ सम्म र मध्यरात्रीपछि ०४:१० देखि ०५:३० सम्म
काल वारवेला : दिउँसो ०१:४८ देखि ०३:२८ सम्म र साँझ ०८:०७ देखि ०९:२८ सम्म
लाभ वारवेला : बिहान १०:२९ देखि १२:०९ सम्म र बेलुका ०९:२८ देखि १०:४८ सम्म
उद्वेग वारवेला : बिहान ०७:१० देखि ०८:४९ सम्म र बेलुका १०:४८ देखि १२:०९ सम्म
शुभ वारवेला : दिउँसो ०३:२८ देखि ०५:०७ सम्म र मध्यरात्रीपछि १२:०९ देखि ०१:२९ सम्म
अमृत वारवेला : दिउँसो १२:०९ देखि ०१:४८ सम्म र मध्यरात्रीपछि ०१:२९ देखि ०२:४९ सम्म
चर वारवेला : बिहान ०८:४९ देखि १०:२९ सम्म र मध्यरात्रीपछि ०२:४९ देखि ०४:१० सम्म
भोलिको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुँदैन, मिहिनेत गरेबमोजिम आम्दानी बढाउन सकिने छ । ठूलाबडाको आशीर्वाद प्राप्त भएमा कार्य सम्पन्न हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

घरपरिवारबाट टाढा बस्नेहरूमा आज अचानक वैराग्यको भावना पलाउन सक्छ । लगानीका क्रममा सचेत हुनुपर्छ, यद्यपि दीर्घकालीन व्यवस्थापनका क्षेत्रमा आर्थिक लगानी गर्दा रामै परिणाम हात पर्नेछ । मन दार्शनिक विषयवस्तुमा केन्द्रित हुनेछ । दाम्पत्यसुख, प्रेमसम्बन्ध, रतिराग तथा पारिवारिक सम्बन्धप्रति कुनै आकर्षण हुँदैैन ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

दिनको सुरुवातमा व्यक्तिगत स्वास्थ्य र दुर्घटनाप्रति सतर्क रहनु पर्छ । गरेका काममा पनि ढिलासुस्ती हुने देखिन्छ । आलस्य र थकानको अनुभूति हुनेछ, झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । सानो भूलका कारण अपमानित बन्न सक्नुहुन्छ । दिनभरि तनावपूर्ण समय रहे पनि साँझमा केही लाभमूलक काम हुनेछन् । परोपकारी काममा आकर्षण बढ्ने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

के गर्ने के नगर्ने भन्ने बेचैनी हुनसक्छ । सकेसम्म घरपरिवार र प्रेमसम्बन्धमा समय दिन सकेको जाति हुन्छ । बन्दव्यापार र व्यवसायबाट राम्रै लाभ हुनेछ । सँगीसाथी र परिवारका सदस्यले समय दिन सक्दैनन् । गरेका कार्यहरूमा ढिलोमात्र सफलता मिल्नेछ । बेलुका चन्द्रमाले आठौं भावमा प्रवेश गरेपछि समयमा अझ आफ्नो पकड रहने छैन ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आजको दिन चुनौती र परीक्षणका रूपमा देखा परेको छ । वादविवाद, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ, तर परिणाम तपाईंकै पोल्टामा आउने छ । बन्दव्यापार र उद्योगधन्दामा फाइदा छ । वैदेशिक प्रयोजनको वा लामो दूरीको यात्राका लागि प्रयास हुने सम्भावना छ । मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

चिन्तन र उपाय महत्त्वपूर्ण बन्नसक्छ, त्यसैले ज्ञानप्राप्तिको प्रयास गर्नु राम्रो हुन्छ । सन्ततिपक्षका समस्यामा केन्द्रित हुनुपर्ने सङ्केत छ, तिनीहरूको शैक्षिक र बौद्धिक उन्नयनका लागि लगानी बढाउने समय आएको छ । बन्दव्यापार र व्यवसायमा मिहिनेत गरेबमोजिम लाभै मिल्नेछ, तर सँगीसाथीले सहयोग गर्न सक्दैनन् ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

साथीभाइको जमघट वा भोजभतेरमा सहभागी बन्नुपर्ने छ, तर पाचनप्रणालीमा समस्या देखिनसक्छ । घरमा परपाहुनाको आगमन हुने सम्भावना पनि छ । सन्तति वा भाइबहिनीका समस्यामा खट्ने बेला आएको छ । लगानी र खर्च बृद्धिको योग छ । दिनभरि दुःख र झमेला व्यहोर्नु परे पनि साँझदेखि वातावरण आफ्नो पकडमा आउने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

राम्रो/नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । आम्दानीमा कमी आउने छैन । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक दिन हुनेछ । परोपकारी काम र समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने समय छ । भाइबहिनीका क्रियाकलापले हर्षित बनाउने छ । यात्राको सम्भावना छ । बेलुका घरायसी समस्याहरू देखापर्न सक्छन् । पतिपत्नी वा प्रेमी/प्रेमिकाका बीचमा मनोमालिन्य हुनसक्छ । मातापिता वा परिवारको ज्येष्ठ सदस्यको स्वास्थ्य चिन्ताको विषय बन्नसक्छ, तर डराउनु पर्दैन, समय तपाईंको पक्षमा नै रहने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

व्यापारबाट लाभ पाइने छ । कृषि, वन र माटोसम्बन्ध व्यवसायीले लाभ प्राप्त गर्नेछन् । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनुहुनेछ । मानप्रतिष्ठा र ख्याति बढ्ने समय आएको छ । घुमघाम र भेटघाटको समय छ, मेवामिष्ठान्न र परिकार मिल्नेछ । नातागोताको कामधन्दा गर्दा सन्तुष्टि प्राप्त हुनेछ । दिन ढल्दैजाँदा विशिष्ट व्यक्तिसँगको सामीप्यता बढ्ने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले साथ दिनेछन् । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धननिवेश गर्ने अनुकूलता हुनेछ । व्यवसायिक क्षेत्रबाट पनि लाभ मिल्ने योग छ । पारिवारिक सहयोग बढ्ने छ । मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन् । स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । अब पछाडि बसेर तपाईंका कुरा काट्नेहरू चुप लाग्नेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

बन्दव्यापारमा फाइदा नै देखिन्छ तर रकमको कारोबार र लेनदेनमा विवाद आउने सम्भावना छ । आर्थिक समस्या हल गर्ने कुनै नयाँ उपाय देखा पर्नेछ । ठूलो महत्त्वाकाङ्क्षा राखेर धनलगानी गर्नु राम्रो हुने छैन, जुवातास र सट्टाबाजीबाट जोगिनु पर्छ । अनिच्छित जिम्मेबारी वहन गर्नुपरे पनि ख्याति बढ्ने सम्भावना छ । मनोरञ्जनमा खर्च बढ्न सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

राजनैतिक र सामाजिक क्षेत्रबाट फाइदा लिने काम गर्ने अनुकूलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । मन फुरुङ्ग हुनेछ । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ । विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । घरपरिवार र सन्ततिप्रतिको जिम्मेबारी बढ्ने छ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ ।

ज्योतिष कृष्णप्रसाद कोइरालाद्रारा लिखित राशिफल र साथमा बिबिध जानकारीको सम्पर्क नम्बर ९८५२०५९७६४/९८१४३४८१११  www.jyotishsathi.com

Leave a Reply