Friday , October 20 2017
Breaking News

तीजका लागि थानेश्वरले लियर आय एक फरक गजल भिडियो

गायक थानेश्वर गौतम शास्त्रीय शैलीका गजलमा सुमधुर सुनिन्छन् । यसका साथै उनी सालैजो, रोइला, पञ्जेबाजा शैलीका गीतमा पनि जमेका छन् । चलचित्रका गीतमा समेत पाश्र्व गायन गरिसकेका यी गायकले पहिलो पटक तीज गीत गाएका छन्, त्यो पनि गजल शैलीमा ।
‘आफु त तीजमा पनि गजल गाइन्छ’ शीर्षकको उक्त गजलको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । तीजको पूर्व सन्ध्यामा सार्वजनिक भएको उक्त गजलका शब्दहरु प्रभा बर्तौलाद्वारा रचना गरिएका हुन् भने संगीत गायक गौतमकै छ । उक्त गजलमा गायक गौतमलाई गायिकाहरु सरु गौतम तथा कविता गौतमले गायनमा साथ दिएका छन् । आशिष अविरल यो गीतका संगीत संयोजक हुन् ।
भुवन स्याङबोद्वारा निर्देशित उक्त गजलको म्युजिक भिडियोमा नयन डिसी तथा बिनिताले आकर्षक नृत्य गरेका छन् । उत्सव दहालद्वारा छायांकन गरिएको भिडियोका सम्पादक माधव बेल्बासे हुन् ।
तीज गजलको म्युजिक भिडियो

(कान्तिपुरसाप्ताहिकको सहयोगमा)

Leave a Reply