Friday , December 15 2017
Breaking News

“आउन प्यारा आउन” बोलको गित रेकर्डिङ गर्दैगर्दा चर्चित लोक दोहोरी गायिका सीता श्रेष्ठको आवाजमा सुनी दिनु होला !!

आलाप रेकर्डिङ स्टुडियो काठमाडौंमा “आउन प्यारा आउन” बोलको गित रेकर्डिङ गर्दैगर्दा चर्चित लोक दोहोरी गायिका सीता श्रेष्ठको आवाजमा यो छाेटाे भिडियो क्लिप (clip) जस्ताको तस्तै।

काठमाडौँ ३० जुलाई २०१७ : पछिल्लो समय लोकसंगितमा आफ्नो छुट्टै पहिचान गराउन सफल स्वरकी धनी लोक गायिका सिता श्रेष्ठको नयाँ गीत कठै मेरो माइती गाँउ सार्वजनिक भएको छ ।
युटुब च्यानल हाइलाइट नेपाल मार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो । चितवनको लोथरमा जन्मेर झण्डै एक वर्ष अघिदेखि गायन क्षेत्रमा प्रवेश गरेकी सिताले १० वटा गीतमा आफ्नो सुमधुर स्वर दिइसकेकी छन् । श्रेष्ठ गुन्यो चोलो,रोदीमा झरियो लगायतका गीतले निकै चर्चा बटुल्न सफल भएको थियोे ।
गायिकाले गीत मार्फत आफ्नो माइतीघर बाट एउटी चेली बिदाई हुनाको पिडा र माइती घरको सम्झना गीत मार्फत व्यक्त गरिकी छिन । माइती गाउमा भिर पाखामा संगै दाउरा काटेको , आमाको सम्झना यस गीत मार्फत अभिव्यक्त गरिएको छ ।
रोधिमा झरियो र कि कसैको भैसकेको हौर भन्ने गीतले उनलाई गायन क्षेत्रमा प्रवेश गराएको हो । अहिले अनलाईन रोधी मध्ये उत्कृष्ट लोकदोहरी ग्रुप ई नेपाल खबर लोकदोहोरी ग्रुपमा रहेर आफ्नो गायन क्षेत्रलाई अझ तिखार्ने प्रयासमा लागिपरेकी छन् निकै मिजासिली र शान्त स्वाभावकी सिता गीतसंगितमा निकै रुची राख्ने गर्छिन् ।
लोकदोहोरी क्षेत्रमा विष्णु माझिको विकल्पको रुपमा उदाएकी नव गायिका सिता श्रेष्ठ । उनको स्वरले लामो समयसम्म लोकदोहोरीमा खड्किएको विष्णु माझिको अभाव अव मेटिने सम्भावना रहेको यो क्षेत्रका जानकार बताउछन । (इनेपालखबरको सहयोगमा)

Leave a Reply

%d bloggers like this: