Monday , December 11 2017
Breaking News

बेलायतमा नेपाली पाठशाला तथा नेपाली नृत्य संचालन।।।

नेपालको प्रा बि तहमा सिकाइने क ,ख ,ग ,घ अब स्कोट्ल्यान्डको एडिन्बर्गका साना नानीहरूलाई पनि पढाईन्छ भन्दा अचम्म मान्नु पर्दैन।
बेलायतमा नेपाली पाठशाला
नेपालको प्रा बि तहमा सिकाइने क ,ख ,ग ,घ वर्णमाला अब स्कोट्ल्यान्डको एडिन्बर्गमा साना नानीबाबुलाई पनि पढाईन्छ भन्दा अचम्म मान्नु पर्दैन ।
२०१६ को जुलाइ देखी नेपाली पाठशाला संचालन भएको छ।
नेपाली भाषा ,नृत्य र सस्कृतिको प्रवर्धन तथा बिदेशमा जन्मिएका अनी नेपाल र नेपाली कला सस्कृति र भाषा प्रति अभिरुची राख्ने बालबालीकाहरू लागि नेपाली कक्षा संचालन स्कट्ल्यान्डको एडिन्बर्गमा बसोबास गर्दै आएका एक सफल ब्यवसायि तथा समाजसेवी गोविन्द राम कंडेल बाट गरिएको छ। गोविन्द राम कंडेल यस क्षेत्रमा धेरै अगाडि देखी योग्दान पुर्याउॅदै आएका छन् र यस क्षेत्रको सामाजिक काममा पारीचित नाम हो।
नेपाल र नेपाली प्रति को मोह, सम्मानले उहाॅलाई आफ्नो जन्मथलो देशको परिचय अनुकुल र उपयुक्त स्थानमा दिन पछि पर्नुहुन्न। धेरै पहिले देखी यस् क्षेत्रमा केही गर्ने सोच हुँदाहुँदैपनी समयको अभावमा अगाडि बड्न नसकेको बताउॅछन्। यो बाबजुद पनी आत्माभिश्वास को साथ अगाडि बढेर नेपाली कक्षामा अहिले सात देखी बारह बर्ष सम्मको २५ जना बालबालिकाहरूको सहभागिता छ र यस्को लोकप्रियता दिनानुदिन बढ्दै गएको छ।
स्थानिय काउन्सिल हल भाडामा लिएर कक्षा सन्चालन गर्दै आउनु भएका गोविन्द राम कंडेल बालबालिकाहरु को साहभागिता र रुची देखेर अत्यन्तै खुशी बताउॅछन्। गोविन्द राम कंडेल नेपाल स्कट्ल्याण्ड एसोसियसन का सकृय सदस्य पनि हुनूहुन्छ र यस संस्था बाट धेरै सहयोग पाएको कुरा ब्यक्त गर्दछन उनी।
नेपाली पाठशाला को लोकप्रियता बढेको कुरा यहाँ का अविभावक हरु को भनाइ छ।
यसै सस्था अन्तर्गत युथ समिती को गठन पनि भएको छ् र महिना को १ पटक बैठक बसी बालबालिका को प्रगती को समिक्षा गर्ने गर्दछ्।
समिती का अधक्ष्य तथा सदस्य अविभावक सबै जना सक्रियताकासाथ लगिपरेको कुरा र यसलाई निरन्तरता दिदै नेपाली दाजुभाइ दिदी बहिनि हरु लाई नेपालीमाझ सधैं साथ लियर जान चाह्न्छन।
साथै नेपाली सस्कृति तथा कला क्षेत्रलाई जोगाई राख्न र अघि बढाउन नृत्य गुरू चरन प्रधान द्ववारा नेपाली नृत्य कक्षा पनि संचालन गरिएको जनकारि दिएका छन्।
विजय डङ्गोल – स्कोट्ल्यान्ड एडिन्बर्ग

Leave a Reply

%d bloggers like this: