Tuesday , October 17 2017
Breaking News

बलिउड अभिनेत्री क्याटरिना किन दुःखी ?

बलिउड अभिनेत्री क्याटरिना कैफका केही समययता रिलिज भएका फिल्मले खासै राम्रो गर्न सकेका छैनन् । त्यति मात्र होइन, अभिनेता रणवीर कपुरसँग सम्बन्धविच्छेद भएपछि उनले त्यसअघि गरेका विभिन्न सम्झौता पनि गुमाउनुपर्‍यो । यो कुरा स्वयं क्याटरिनाले स्वीकार गरेकी छिन् । ३३ वर्षीया क्याटरिनाले भनेकी छिन्, ‘यो मेरा लागि कष्टकर समय थियो, तर फिल्मका कारण होइन । जीवनले आखिर गर्ने नै त्यस्तै रहेछ । जीवनमा अप्ठ्यारो समय आउने रहेछ र तपाईंलाई समस्यामा पार्दो रहेछ ।’ पत्रकारहरूसँग कुरा गर्दै क्याटरिनाले थपेकी छिन्, ‘तर, हाम्रो जीवन बक्स अफिसले निर्धारण गर्नुहुँदैन ।’

Leave a Reply